येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
- पा.
- प्रवजन शाही, सह संस्थापक, गुड न्युज नेपाल एकजना धनी मानिस आफ्नो घरको कौसीमा बिहान उठेर चिया पिउँदै सडकतिर नियालिरहेको थियो ।
पा. प्रवजन शाही, सह संस्थापक, गुड न्युज नेपाल
एकजना धनी मानिस आफ्नो घरको कौसीमा बिहान उठेर चिया पिउँदै सडकतिर नियालिरहेको थियो । त्यही समयमा एउटा साइकल चलाएर हिँडिरहेको यूवालाई कारले ठक्कर दिएर दुर्घटना भयो । दुर्घटना हुनासाथ उक्त कार भागिहाल्यो । वरिपरि भएका मानिसहरुले युवालाई घेरिहाले । कारको ठक्कर लागेर घाइते युवा अति नै सिकिस्त भएको थियो । यसको धेरै रगत बगिसकेको थियो । त्यो घटना देख्नासाथ कौसीमा भएको मानिस दगुर्दै घाइते भएको ठाउँमा पुग्यो र आफ्नो कारमा घाइते युवालाई हस्पिटलमा लगे । हस्पिटलमा लगेपछि उसलाई रगत दिनुपर्ने अवस्था भयो । रगत खोज्दा नपाएपछि एउटै समूहको भएकाले त्यही मानिसले रगत दिए । उसको हस्पिटलको सम्पूर्ण खर्च पनि चुक्ता गरिदिए र उक्त युवाले फेरि जीवन पायो ।
यसरी नै येशू खीष्ट पनि सम्पूर्ण मानव जातिहरु पापको दुर्घटनामा फँसेको देखेर स्वर्गबाट तल पृथ्वीमा ओर्लि आउनुभयो र आफ्नो रगतले मानव जातिको सम्पूर्ण पाप धोइदिनु भयो र कलवरीको क्रूशमा आफ्नो जीवन अर्पण गरी संसारभरकै मानव जातिको पापको मूल्य चुक्ता गरिदिनुभयो । जुन कुरामा विश्वास गर्ने प्रत्येकले नयाँ जीवन पाउने छन् र ख्रीष्टमाथिको विश्वासले स्वर्गमा प्रवेश गर्नेछन् ।
अतः नयाँ जीवन मानिसको कमाई होइन । पूर्ण पापमोचन धर्मकर्मको फल पनि होइन तर येशू खीष्टको प्रेम र बलिदानका कारण संसारभरका सम्पूर्ण मानव जातिले पाएको सितैको उपहार हो । हो मानिस कोही १०%, कोही २०% गर्दै ९९% धर्मि हुन सक्लान् तर १०० को १००%, धर्मि कोही पनि मानिस हुन सक्दैन । एउटा पाप गर्नेको ज्याला पनि नरक नै हुन्छ भने धेरै पाप गर्नेको ज्याला पनि त्यही नरक हुन्छ र हाम्रो पापको मूल्य कुनै धन पैसा र पशुवलीले पुग्दैन । त्यसैले मानव जातिका जानि नजानी गरेका सबै पापलाई १०० को १००% तथा पूर्ण रुपले धुलाई स्वर्ग जान योग्य बनाउन येशू खीष्ट यस पृथ्वीको भौगोलिक केन्द्र विन्दु यही एशिया महादेश कै इजराइल भन्ने देशको बेथलेहेममा जन्मी क्रुशमा मरी तेश्रो दिनमा मृत्युबाट बौरी उठी सत्य ईश्वरको प्रमाणका साथ साँचो सल्लाह दिएर स्वर्गमा वरण हुनुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
चार्ली च्याप्लिनको : प्रेरक जीवन
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न







