single page header banner

पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल

Pramodkhadka Pramodkhadka
आइतबार, श्रावण 9, 2080
Social buttons loaded
समाचार सारांश
  • गणेश प्रसाद ढकाल कसैले भनेका छन्, “जिन्दगी एउटा जाँतो जस्तै हो।
  • यसमा के पिस्ने र कति पिस्ने भन्ने कुरा हामीमा भर पर्छ।

गणेश प्रसाद ढकाल

कसैले भनेका छन्, “जिन्दगी एउटा जाँतो जस्तै हो। यसमा के पिस्ने र कति पिस्ने भन्ने कुरा हामीमा भर पर्छ।” हामी सबैले जीवनमा मन नपर्ने थुप्रै तरिकाहरुलाई अनुभव गरेकाछौं। कुनै न कुनै तरिकामा, चाहे ठूलो वा सानो, हामी हाम्रो कारणले गर्दा दुःख पाउँछौं। जब हामीलाई वा हामीले माया गर्नेहरूलाई त्यस्ता समस्याहरू पर्छन्, अनि हामी भन्छौं, “जीवन राम्रो छैन।” यस्ता अनुभवहरूले हामीलाई असल वा खराब बनाउन सक्छ। 

येशूले जीवनका यी परीक्षाहरू राम्ररी बुझ्नुभयो। बाइबलले हामीलाई बताउँछ कि उहाँ “दु:खमा परेको मानिस जस्तै हुनुभयो र शोकसँग परिचित हुनुभयो।” त्यही समयमा, उहाँले ठूलो आनन्दको पनि अनुभव गर्नुभयो। ठूलो संख्यामा, मानिसहरू उहाँतर्फ आकर्षित भए। सामान्य मानिसहरू उदास मानिससँग संगत गर्दैनन्। लाजरसलाई मृत्युबाट जिवीत पार्नुभन्दा ठीक अघि, येशूले आफ्नो अनुभवमा अरू कसैकोभन्दा धेरै उच्च तरिकाले जीवन अनुभव गर्नुभएको कुरा मानिसहरूलाई थाहा थियो, उहाँले शोकमा परेकी मार्थालाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” यी सरल शब्दहरूमा, येशूले आफूलाई लाजरसलाई पुनरुत्थान गराउने अधिकार मात्र होइन, तर सम्पुर्ण मानवजातिको पुनरुत्थानको अधिकारको घोषणा गर्दै हुनुहुन्थ्यो।

हाम्रो जीवनमा, हामी  सबैले मृत्यु अनुभव गर्छौं – प्रियजनहरूको मृत्यु, आशाहरुको र सपनाहरूको मृत्यु, अनि आदर्शहरूको मृत्यु। बाल्यकाल र युवावस्थामा पनि, संकटले हाम्रा सबै आशाहरूलाई तोड्न सक्छ, जसले गर्दा हामी जीवनलाई घृणा गर्छौं। त्यो दिनहरुमा, येशूको आफ्नै फलदायी सेवकाई, पापी र अन्यायी मानिसहरूको हातबाट काटियो। केही समयको लागि, उहाँका निकटतम चेलाहरू पनि डराए। येशू जस्ता असल मानिसको जीवन यति निर्दयी ढङ्गले खोस्न सक्थे भने, चेलाहरूसँग के आशा थियो र?

शुक्रबारको दिन, येशूले क्रूसमा आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले त्याग गर्नुभयो। तर आइतबार बिहान येशू चिहानबाट पुनरुत्थान भई उठ्नुभयो। यो स्पष्ट छ कि जब उहाँ मरियम मग्दलिनी, चेलाहरू र ५०० भन्दा बढी मानिसहरूकहाँ देखा पर्नुभयो, संसारमा केही नयाँ कुरा प्रवेश भएको थियो। पावलले येशूलाई “दोस्रो आदम” भनेर सम्बोधन गर्दछन् किनभने उहाँको पुनरुत्थानले नयाँ युगको शुरुवात गर्यो-आशाहीन मानवताको लागि आशा सहितको नयाँ शुरुवात। उहाँको पुनरुत्थानको केही दिनपछि, चेलाहरूले पवित्र आत्मा पाए। येशूले उहाँका चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको जीवन अब तपाईं र मेरो लागि उपलब्ध छ।

येशू क्रूसमा मर्नुभन्दा अघि, उहाँले यस संसारको सेवकाईमा पुनरुत्थानको जिवनमा के समावेश हुनेछ भन्ने कुरा देखाउनु भयो – 

  • पिता परमेश्वरसँग एकतामा रहनु,
  • पिता परमेश्वरको जस्तै कार्य गर्नु,
  • पिता परमेश्वरलाई प्रार्थना गर्नु, 
  • येशूलाई माया गर्नु र उहाँको आज्ञा पालन गर्नु, 
  • परमेश्वर पितालाई प्रेम गर्नु र उहाँको आज्ञा पालन गर्नु, 
  • आत्माले भरिएको जीवन जिउनु,
  • परमेश्वर पिताले सिकाउनु भएका सबै कुराहरू जान्नु,
  • सङ्कष्टको बीचमा परमेश्वर पिताको शान्तिको अनुभव गर्नु,
  • भ्रष्टताको बीचमा ख्रीष्टको मनलाई जान्नु,
  • परमेश्वरसँग मित्र बन्नु,
  • फलदायी र विजयी जीवन जिउनु,
  • एक-अर्काको लागि प्रेमको अनुभव गर्नु, 
  • हामी परमेश्वरको जीवनको जीवित साक्षी बन्नु,
  • सतावटको अनुभव गर्दै रहनु।

हो, यस पतित संसारमा अन्याय एक अपरिहार्य भएको छ, येशूको लागि पनि यस्तै भएको थियो। अनि उहाँका अनुयायीहरूलाई पनि। तर सतावटमा पनि हामी परमेश्वरको शक्तिको अनुभव गर्छौं। आमेन।

विश्वासीहरूको रूपमा हामीले पुनरुत्थान र जीवनको पूर्ण अनुभव भने लिइसकेका छैनौं, किनभने ईसाई जीवनमा केहि पनि स्वचालित छैन। हामीले उहाँलाई खोज्नु र भेटाउनु पर्छ। उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको अनुभव गर्ने एकमात्र तरिका उहाँसँगको सम्बन्धमा बढ्नु हो। वृद्धि एउटा प्रक्रिया हो। जब हामी आफूलाई उहाँमा समर्पण गर्छौं, उहाँले क्रमशः आफ्नो जीवन हामीमा प्रकट गर्नुहुन्छ। हामी उहाँका विचारहरू सोच्न र उहाँको मार्गमा बाँच्न थाल्छौं। हामी एउटा महिमाबाट अर्को महिमामा परिवर्तन हुनेछौं। दु:खको समयमा पनि हामी पुनरुत्थानको शक्तिको अनुभव गर्न सक्छौं, जसले उहाँको मृत्युलाई जीवनमा परिणत गर्यो, अनि हार चाहिँ विजयमा। 

आज पनि, संसारभरिका धेरै मानिसहरूले अझै पनि येशूले प्रत्येक व्यक्तिलाई दिनुहुने जीवनको बारेमा केही थाहा पाएका छैनन्। उनीहरू जितभन्दा पनि हारमा बाँचिरहेका छन्। उनीहरु जवाफको पर्खाइमा छन्। उनीहरूलाई येशूको सन्देश पुर्‍याउन हामीसँग सामेल हुनुहोस् – प्रभु येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।”

प्रार्थना – “हे पिता परमेश्वर, आजको दिन म तपाईलाई खोज्न र पुनरुत्थान भएको जीवनको व्यावहारिक वास्तविकतालाई जान्न चाहान्छु। प्रभु येशू ख्रीष्ट मार्फत मलाई यो पुनरुत्थान र जीवन उपलब्ध गराउनु भएकोमा तपाईलाई धेरै-धेरै धन्यवाद।” आमेन।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
ख्रीष्टियानहरुले विश्वास गर्ने  मुख्य 14 कुराहरु
ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम