single page header banner

म्यानमार भुकम्प पिडतलाई नेपाली चर्च समुदायको सहयोग (फोटोहरु )

Pramodkhadka Pramodkhadka
बुधबार, श्रावण 23, 2082
Social buttons loaded
समाचार सारांश
  • संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक पा.
  • भव घलेको संयोजनमा नेपाली ख्रीष्टियन समुदायको तर्फ वाट एनसिआरएस मार्फत म्यानमार भुकम्प पिडितहरुका लागी नेपालका लागि म्यानम्यार राजदुतावासमा महामहिम राजदुत म्यो मिन्ट मङ्ग लाई राहत रकम बापत रु ५ लाखको चेक हस्तान्तरण गरिएको छ ।

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक पा. भव घलेको संयोजनमा नेपाली ख्रीष्टियन समुदायको तर्फ वाट एनसिआरएस मार्फत म्यानमार भुकम्प पिडितहरुका लागी नेपालका लागि म्यानम्यार राजदुतावासमा महामहिम राजदुत म्यो मिन्ट मङ्ग लाई राहत रकम बापत रु ५ लाखको चेक हस्तान्तरण गरिएको छ ।

राहत सहयोग हस्तान्तरण कार्यक्रममा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक भव घले, राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य डा.केवि रोकाया, नेपाल राष्ट्रिय मण्डलि सङ्गतीका अध्यक्ष हनोक तामाङ्ग, एनसिआरएस का अध्यक्ष प्रकाश सुव्वा, नेपाल ख्रीष्टियन समाज का डिल्लीराम पौडेल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उद्धव चिमोरिया र राष्ट्रिय गिर्जाघर नीजि गुठिका पदम पराजुलीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संयोजक भव घलेले नेपाली डेलीगेसनका सवै सदस्यहरुको परिचय गराउनुभए पछि म्यानमार भुकम्पको कारण आफु र सिंगो नेपाली ख्रिष्टियन समुदाय दुखि भएको वताउनुभयो । संयोजक घलेले आफुहरुले हस्तान्तरण गर्न लागेको यो राहत रकम पैसा मात्र नभएर यो हाम्रो प्रार्थना र प्रेमको हृदय पनि भएको वताउंदै पा. प्रकाश सुव्वालाइ समय दिनुभयो र नेपाली चर्च र ख्रीष्टियन समुदायको तर्फवाट एनसिआरएसका अध्यक्ष प्रकास सुव्वाले राजदुत म्योङ्गलाइ रु पांच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै राजदुत म्योङ्गले नेपाल र नेपाली ख्रीष्टियन समुदाय प्रति धनयवाद व्यक्त गर्नुभयो । धन्यवाद व्यक्त गर्दै वहांले नेपाल म्यानमार संवन्ध र म्यानमार र नेपाली ख्रीष्टियन समुदाय विचको संवन्ध अमर रहने वताउनु भयो । म्यानमारका लागी पा. उद्धव चिमोरियाले प्रार्थना गरेपछि अौपचारिक कार्यक्रम समापन भएको थियो ।

म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर मन्डले नजिकै थियो। यो भूकम्प म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ। यस भूकम्पबाट हालसम्म ३,७३५ जनाको मृत्यु भएको छ भने,५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् । भूकम्पले म्यानमारका छ वटा क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ। यसले ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ। यस भूकम्पले म्यानमारको पहिले नै जटिल मानवीय संकटलाई अझ गम्भीर बनाएको छ, जहाँ ३ मिलियनभन्दा बढी मानिसहरू विस्थापित भएका छन् र लगभग २० मिलियन मानिसहरूलाई सहयोग आवश्यक छ। यस दुखद परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग प्रयासहरू जारी छन्, तर निरन्तर परकम्पहरू, संसाधनहरूको अभाव, र आसन्न मनसुन मौसमले उद्धार र पुनर्निर्माण कार्यहरूमा चुनौतीहरू थपेका छन्।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली चर्च एकता  : आजको आवश्यकता
नेपाली चर्च एकता : आजको आवश्यकता
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको  बधाई
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम