single page header banner

कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव

Pramodkhadka Pramodkhadka
बुधबार, माघ 16, 2081
Social buttons loaded
समाचार सारांश
  • कर्णाली प्रदेशका सम्पूर्ण चर्चहरूको संयुक्त प्रयासबाट यही असोज २२-२४ गतेसम्म प्रादेशिक स्तरमा दोश्रो संयुक्त जवान शिखर सम्मेलन सफलपूर्ण सम्पन्न गरेको छ ।
  • कार्यक्रमका अध्यक्ष रेभ.

कर्णाली प्रदेशका सम्पूर्ण चर्चहरूको संयुक्त प्रयासबाट यही असोज २२-२४ गतेसम्म प्रादेशिक स्तरमा दोश्रो संयुक्त जवान शिखर सम्मेलन सफलपूर्ण सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष रेभ. पदम गैरे ज्यू र सम्पूर्ण आयोजक समिति धन्यवादका पात्र हुनुहुन्छ । प्रदेशका सम्पूर्ण जिल्लाबाट लगभग ३,५०० युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको यस सम्मेलनले नेपाली चर्च समुदायलाई उत्साहपूर्ण दीर्घकालीन प्रभाव राख्ने महत्त्वपूर्ण संदेश दिएको छ । साथै ख्रीष्टियन समुदायको तर्फबाट राज्यलाई नयाँ चुनौती दिन पनि सम्मेलन सफल भएको छ ।

(१) एकताको संदेश : नेपाली सभ्यताको थलो कर्णाली, नेपाली चर्च एकताको थालनीको थलो सिद्ध भएको छ । विभिन्न चर्च सम्प्रदायहरु; ए. ओ.जी., एन.सी.एफ., ब्याप्टिस्ट, विलिभर, ग्रेस, विश्राम, इङ्लिकन, म्याथोडिस, पेन्तिकोस्तल, गोस्पाल, साथै बहुसंख्यक स्वतन्त्र चर्चहरुको संयुक्त प्रार्थना, सहभागिता, साझेदार, सहकार्य र परिश्रममा यो शिखर सम्मेलन सम्मपन्न भएको छ । आ-आफ्नो निजी स्वार्थ र इच्छाहरुलाई थाती राखेर परमेश्वरको महिमा र समग्रह चर्चहरूको हितलाई प्राथमिकता राखी महान आज्ञा पूरा गर्न एक ठाउँमा एकतामा खडा भई यस सम्मेलनलाई सफल पार्नु नै समग्र नेपाली ख्रीष्टियन समुदायले अनुशरण गर्नुपर्ने एकताको संदेश हो । कर्णालीबाट सुरुवात भएको यो एकता र सहकार्य अब नेपालका अन्य प्रदेशहरुले पनि सिक्नु पर्दछ ।

(२) चर्च सबल भएको सन्देश : शिखर सम्मेलनलाई सफल पार्न आवश्यक आर्थिक व्यवस्थापन नेपाली मण्डलीहरुबाट नै गरिनु अर्को एक महत्त्वपूर्ण प्रयास हो । नेपाली मिसनको लागि आवश्यक श्रोत जुटाउन नेपाली मण्डलीहरु सबल छन् भन्ने बलियो सन्देश प्रवाह भएकोछ । राष्ट्रिय स्तरका विज्ञ र योग्य वक्ताहरुले विभिन्न विषयमा प्रशिक्षण गर्दा अब अन्तराष्ट्रिय प्रशिक्षकहरुको खासै अनिवार्यता नभएको प्रष्ट हुन्छ । चर्चहरु सबल भएका छन् । तर हामीमा स्रोत-साधनको पहिचान, उचित व्यवस्थापनको लागि योग्य अगुवापनको जरूरत छ । दर्शन देख्ने र दर्शन अनुसारको मिसनमा कटिबद्ध हुने नेतृत्व विकास अबको आवश्यकता भएकोछ ।

(३) राज्यको दृष्टि उघ्रनु पर्छ : कर्णाली प्रदेशका मुख्य मन्त्रीले सम्मेलन उद्घाटन सत्रमा बोल्दै गर्दा भन्नु भएको कुरा, “अब ख्रीष्टियन समुदाय नीतिगत रुपमा अगाडि आउनु पर्छ । र राज्यको मूलधारमा सहभागिता हुनुपर्छ ।” यो भनाई भित्र धेरै कुराहरु लुकेका छन् । ख्रीष्टियन समुदाय र यसले ओगट्ने जनसंख्या देखेर राज्यको आँखा खुल्नु जरूरत छ । राज्यको नीति निर्माणमा चर्च समुदायको सहभागिता अनिवार्य छ । त्यतिले मात्र पुग्दैन । त्यसकारण अब नेपाली ख्रीष्टियन युवाहरुलाई व्यवस्थापिका, न्यापालिका, कार्यपालिका, राज्यका सबै अंगहरुमा पुर्याउने रणनितीक प्रयास अब चर्चहरुको हुनुपर्दछ । संघीय, प्रदेश र स्थानीय निकायहरुले चर्च समुदायको संगठन, स्रोतसाधन र जनशक्तिलाई राज्य निर्माणमा समान सहभागिताको अवसर प्रदान गर्न उदार हुनुपर्दछ ।

निष्कर्ष : कर्णाली प्रदेशको जवान शिखर सम्मेलन २०८१ ले युवा पुस्तहरुमा नयाँ अभियानको आरम्भ गरेको छ । प्रविधिको अधिकतम विकास भएको युवाहरुको युगमा नेपाली ख्रीष्टियन समुदायको सहभागिता राज्यको हरेक तह र निकायमा पुर्याउनु पर्छ । कर्णाली ख्रीष्टियन समुदायको यो प्रयास अब सबै प्रदेशले सिकौ । नेपाली मण्डली, नेपाली मिशन, यसैबाट गरौं नेपालको रूपान्तरण ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम