एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
- आमूल परिवर्तन पार्टि र संयुक्त नागरिक पार्टि विच एकीकरण सम्पन्न भएकाे छ ।
- आज ललितपुर स्थित सिद्धार्थ कटेजमा एकता घाेषणा कार्यक्रम आयाेजना गरेर दुई पार्टि एक भइ नयां पार्टि आमुल परिवर्तन नागरिक पार्टि काे जन्म भएकाे घाेषणा गरिएकाे हाे ।
आमूल परिवर्तन पार्टि र संयुक्त नागरिक पार्टि विच एकीकरण सम्पन्न भएकाे छ । आज ललितपुर स्थित सिद्धार्थ कटेजमा एकता घाेषणा कार्यक्रम आयाेजना गरेर दुई पार्टि एक भइ नयां पार्टि आमुल परिवर्तन नागरिक पार्टि काे जन्म भएकाे घाेषणा गरिएकाे हाे ।
पार्टिका अध्यक्ष दलमर्दन कामिले सभापतित्व गर्नुभएकाे घाेषणा सभामा भरत गीरी, कमला हेमचुरी, हनाेक तामाङ्ग र सिमाेन पाण्डेलाई विशिष्ट अतिथिकाे रुपमा आसन ग्रहण गराइएकाे थियाे । सहभागीहरुलाइ वि.आर. लामाले स्वागत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन संयुक्त रुपमा पार्टिका उपमहासचिवद्वय विदुर अधिकारी र नरेश क्षितिजले गर्नुभएकाे थियाे ।
उपमहासचिव विदुर अधिकारीले कार्यक्रमको सुरुवाती संवोधन गर्दै अध्यात्मिक नैतिकता र ईश्वरीय भयमा रही पहिचान, संघीयता, धर्मनिरपेक्षता, पूर्णसमानुपातिकता, समावेशीता र सर्वजातीय सामाजिक लोकतन्त्रको सैद्धन्तिक मार्गदर्शनद्वारा सम्वृद्धि र विकासको लक्ष लिनका लागि यी दुइ दलहरू आमूल परिवर्तन रिपब्लिकन पार्टी तथा संयुक्त नागरिक पार्टीको एकता हुन लागेको घोषणा गर्नुभएको थियो ।

अध्यात्मिक नैतिकता र ईश्वरीय भयमा रही सम्वृद्धि र विकासको लक्ष लिनका लागि यो पार्टी एकता भएको हो ।
उपमहासचिव, विदुर अधिकारी
करिव एक हजार सहभागीहरुकाे विचमा दुवै अध्यक्षहरुले संयुक्त रुपमा पानसमा वत्ति वालेर औपचारिक उद्घाटन र दुवै अध्यक्षहरुले नयां व्यानर खाेलेर नयां पार्टिकाे नाम, झण्डा र चुनाव चिन्ह घाेषणा गर्नुभएकाे कार्यक्रममा पहिचान पक्षधर भनी चिनिएका केही अभियन्ताहरु र इसाइ समुदायका केही लव्ध प्रतिष्ठित अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे ।

पार्टिका सल्लाहाकार डा.ऋषि रिमालले संक्षिप्त संवाेधन गर्दै नयाँ पार्टिकाे पदाधिकारी सहित केन्द्रीय समितिकाे घाेषणा गर्नुभएकाे थियाे । वहांले ८ जना सल्लाहाकार सहित ११९ जनाको केन्द्रीय कार्यसमिति घोषणा गर्नुभएको थियो । ( केन्द्रीय कार्यसमितिको नाम लिस्ट तल छ )
पार्टिकाे केन्द्रीय कार्यसमितिकाे नामावली घाेषणा गर्दै साविक आमुल परिवर्तन पार्टिका अध्यक्ष भरत गिरिले एकताकाे औचित्य र आवश्यक्ता वारे सम्वाेधन गर्दै घाेषणापत्र वाचन गरेर सुनाउनु भएकाे थियाे । कार्यक्रमलाइ सम्वाेधन गर्दै अध्यक्ष गीरीले याे एकीकरण एउटा अर्काे सुरुवात मात्रै नभएर याे नयां र ऐतिहासिक सुरुवात भएकाे जिकिर गर्नुभयाे । याे ऐतिहासिक एकिकरणले सिमान्तकृत र अल्पसंख्यकहरुमा नयां उर्जा र तरंग ल्याउन सफल हुने वताउनुभयाे ।

याे ऐतिहासिक एकिकरणले सिमान्तकृत र अल्पसंख्यकहरुमा नयां उर्जा र तरंग ल्याउन सफल हुनेछ ।
अध्यक्ष, भरत गिरि
प्रा.डा. महेन्द्र लावती, डा. इशुजंग कार्कि, डा. सलाउद्दिन अख्तर सिद्धिकि, डा.केवि राेकाया, आंकाजी शेर्पा, सुवाश सुब्बा, डा.मित्र परियार, प्रकाशचन्द्र परियार, डा. निर्मल विश्वकर्मा, कमला हेमचुरी लगाएतले शुभकामना व्यक्त गर्दै आमुल परिवर्तन नागरिक पार्टि भविस्यमा संसद हल्लाउने र देशमा आमूल परिवर्तन ल्याउने पार्टिकाे रुपमा स्थापीत हाेस भन्दै पार्टिकाे सुखद भविष्यकाे कामना गर्नुभयाे ।
घाेषणा सभाकाे समापन संवाेधन गर्दै पार्टिका नवनिर्वाचित अध्यक्ष दलमर्दन कामिले अब आफ्नाे पार्टिले भइरहेका अन्य पार्टिहरुले जस्ताे नेता माेटाउने देश खाेक्राे बनाउने, जनतालाइ गरिव वनाएर अन्तराष्ट्रिय जगतमा वेच्ने राजनिति हैन तर देशमा भएका सवै किसिमका अन्याय, अत्याचार, दमन र उत्पिडनकाे अन्त्य गरेर समतामुलक समृद्ध नेपाल निर्माण गर्ने राजनिती गर्ने वताउनु भयाे । वहांले अब नागरिक पार्टि सवै प्रकारका धार्मिक तथा जातिय अल्पसंख्यकहरुकाे पक्षमा खम्वा वनेर खडा हुने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

अब नागरिक पार्टि सवै प्रकारका धार्मिक तथा जातिय अल्पसंख्यकहरुकाे पक्षमा खम्वा वनेर खडा हुनेछ ।
अध्यक्ष, दलमर्दन कामि




प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
आत्मिक अगुवापन के हो | भिडियो पोडकास्ट
प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
खेलकुद वारे बाइबलले के भन्छ







