single page header banner

बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा

adminsangam adminsangam
शनिबार, फाल्गुन 11, 2080
Social buttons loaded
समाचार सारांश
  • परमेश्वरले मानिसहरुलाई सृष्टिको उत्तम सृष्टिको रुपमा सृष्टि गर्नुभएको छ ।
  • यसैले परमेश्वरले मानिसलाई एक्लै रहनको निम्ति होइन तर सँगै बस्नको निम्ति नर र नारी सृष्टि गर्नुभयो ।

परमेश्वरले मानिसहरुलाई सृष्टिको उत्तम सृष्टिको रुपमा सृष्टि गर्नुभएको छ । यसैले परमेश्वरले मानिसलाई एक्लै रहनको निम्ति होइन तर सँगै बस्नको निम्ति नर र नारी सृष्टि गर्नुभयो । परमेश्वरले मानिसलाई उहाँकै स्वरुपमा र उहाँकै प्रतिरुपमा बनाउनुभयो । आदिमा परमेश्वरले परिवारको सुरुवात गर्नुभयो ताकि मानिस खुशी रहनु र सन्तान जन्माउनु र आशिष प्राप्त गरुन तर दुष्टले यस योजनामाथि आक्रमण गरे । यसैले दुष्टले परिवारलाई धेरै आक्रमण गरेको पाइन्छ । शैतानको हातको आज धेरै परिवारहरु परिरहेको छन् जसको कारणले परिवारमा अशान्ती र बिभाजनहरु र वेमेलता भएको घटना हामीहरुको माझमा स्पष्ट छन् । परमेश्वरले आज पनि परिवारलाई आशिष दिन चाहानुहुन्छ यसैले परमेश्वरले परिवारबाट चाहानु हुने कुरा महिमा र आशिषको स्रोत हो । यदि परिवार परिवार परमेश्वरको नजरमा ठिक अनुसार जीवन जिएको छ भने परमेश्वरले त्यस परिवारलाई आशिषित बनाउनुहुन्छ ।

     विवाह परमेश्वर नै सुरु गर्नुभएको विधि हो । यो विधि श्रीमान र श्रीमती बीच मृत्युले अलग नगरे सम्मको निम्ति परमेश्वरबाट दिइएको करार हो ।  तसर्थ विवाह भनेका कुनै पुरुष र स्त्री बीच औपचारिक धार्मिक विधिबाट एक हुने प्रकृया हो । दुई फरक पृष्ठभुमिको स्त्री र पुरुष अब देखी जीवन भरी सँगै बस्नको लागि धार्मिक विधिबाट मिलन हुने प्रक्रिया नै विवाह हो । आफ्नो जाति, भाषा र संस्कृति अनुरुप मानिसहरुले विवाह गरिरहेको पाइन्छ तर वास्तवमा विवाहको सुरुवात भएको बिन्दु बाइबलमा नै प्राप्त गर्न सकिन्छ । त्यो विवाह परमेश्वरले नै गरिदिनुभएको थियो । यसैले विवाहको शुरुवातकर्ता र योजनाकार परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा कुनै दुई मत छैन ।

                 हामीले विवाहको बारेमा बुझ्नु पर्ने कुरा के हो भने विवाह कुनै सम्झौता होइन तर यो दई व्यक्तिहरु बीच हुने पवित्र करार र असल समझदारी हो किनकि दुई जनाले नै जीवनमा जिउने बाचा बाधेको हुन्छ । यो कुनै एक निश्चित समयको लागि गरिने करार जस्तो होइन तर यो त मृत्युले नछुटाएसम्म सँगै रहने करार हो । विवाह चाहिँ बैकमा पैसा जम्मा गर्नु जस्तै हो यसले भबिष्यमा आफैलाई नै फाइदा दिने गर्दछ ।

      दैनिक रुपमा सँगै बस्ने मानिसहरुको समुहलाई परिवार भनिन्छ । चाहे यो एकल परिवार होस वा संयुक्त परिवार । जब परिवार शक्तिशाली हुन्छ त्यहाँ परमेश्वरको प्रेमाको प्रर्दशन हुदछ । परिवारको सुरु गर्ने पनि परमेश्वर नै हुनुहुन्छ यसैले परमेश्वरको नजरमा परिवार निकै महत्वपूर्ण रहेको पाइन्छ । परिवार विवाह र्भइ सके पछि सुरु गर्ने प्रक्रिया हो । परिवारमा बिशेषत दैनिक रुपमा जिउने कुरा पर्दछ । असल परिवार परमेश्वरलाई आदर गर्ने परिवार हुन्छ । परमेश्वरले परिवार निमार्ण गर्नुको उद्देश्य यही हो कि यी परिवारले परमेश्वरको महिमा गरुन र समाजमा एक आदर योग्यको जीवन बिताउन । परिवार असल होस भन्ने परमेश्वरको पनि योजना हो । परिवार परमेश्वरको नजरमा सठीक हुनु पर्दछ । परमेश्वरले श्रीमानलाई परिवारको शिरको रुपमा व्याख्या गर्नु भएको छ भने श्रीमतीलाई सहयोगीको रुपमा आज्ञा दिनुभएको छ । सहयोगी भन्दाले दास भन्ने शब्द लाग्दैन तर हरेक काम सँगै मिलेर, हरेक अवस्थामा सँगै मिलेर भन्ने अर्थ लाग्छ भने शिर भन्नाले श्रीमतीलाई दमन गर्ने भन्ने अर्थ लाग्दैन तर हरेक कुराको निर्णयमा श्रीमानको भुमिका हुनु पर्दछ भनी भनेको हो ।

                 विवाह र परिवारमा परमेश्वरको उद्देश्य बृहत रहेको पाइन्छ । आत्मिक, भावनात्मक तथा शारिरीक रुपमा एकतामा रहेर एक आपसमा आनन्द लिई सफल र फलदायी जीवन जीउनु भन्ने नै परमेश्वरको परिवार प्रतिको उद्देश्य हो । यति मात्र नभई सहायता र संगती, यौन आनन्द, सन्तान उत्पादन र प्रेमको लागि परमेश्वरको उद्देश्य हो । जसरी मण्डलीको शिर येशू ख्रीष्ट हुनुहुन्छ त्यसरी नै परिवारको शिर पुरुष वा श्रीमान हुने गर्दछ भने श्रीमती श्रीमानको सहयोगीको रुपमा भुमिका खेलेको हुन्छ । जसरी हामी ख्रीष्टको अंग र हौ त्यस्तै श्रीमती पनि श्रीमानको एक अंग हो र जसरी हामी ख्रीष्टका सहयोगी हौँ त्यसरी नै श्रीमती पनि श्रीमानको सहयोगी हो । यसले श्रीमान र श्रीमती बीच पक्षपात गरेको छैन र महिमालाई गलत तरिकाले व्यख्या पनि गरेको छैन तर श्रीमान र श्रीमती परमेश्वरको नजरमा एक समान हुन तर पदको हिसाबले मात्र बिभाजन गरिएको हो । किनकि परमेश्वरको स्वयमले भन्नु भएको छ कि अब उसो उनीहरु दुई होइन तर एक हुनेछ । यसर्थ श्रीमान श्रीमती एक एर्कामा सानो ठूलो भन्दा पनि एक अर्काको सहयोगी हो । श्रीमान श्रीमतीको पुरक हो भने श्रीमती श्रीमानको पुरक हो । जब श्रीमान श्रीमती हुन्छ तब परिवार सरु हुन्छ र केही समय पनि अर्को सदस्य पनि थपिने कार्य हुन्छ वा सन्तान जन्मने कार्य हुन्छ ।

                 सन्तान जन्माउनु ठूलो कुरो होइन तर उनीहरुलाई असल तरिकाबाट हुर्काउनु महत्वपूर्ण कुरा हो । सन्तानलाई पालन पोषण गर्नु परिवारको एक बिशेष उत्तर दायित्व हो भने परमेश्वरले दिनुभएको उत्तर दायित्व पनि हो । श्रीमान र श्रीमती बीच सम्बन्ध बलियो बनाइ राख्ने भए एक अर्का प्रति रहेक अवस्थामा प्रेममा रहनु नितान्त आवश्यक छ । यदि श्रीमानले श्रीमतीबाट र श्रीमतीले श्रीमानबाट एक अर्कामा प्रेम पाउदैन र आदर गदैन भने त्यो सम्बन्ध दृघायु हुन सक्दैन । आदर र प्रेम एक अर्कामा पुरक कुराहरु हुन । यदि श्रीमान श्रीमती बीच आदर छैन भने त्यहाँ प्रेम पनि छैन । जब परिवारमा सन्तान हुन्छ तब मात्र परिवार पूर्ण हुन्छ । श्रीमान श्रीमतीले ख्रीष्टको असल पाइलालाई चाल्नु नै पर्दछ र सन्तानलाई ख्रीष्टको बचनमा हुर्काउन पर्छ । छोराछोरीहरुलाई असल व्यवहारद्धारा हुर्काउनु पर्दछ र ख्रीष्टको प्रेमले डोराउनु पर्दछ । यसको लागि पहिला आमा बुबा आदर्शको पात्र बन्नु चाहिँ निकै आवश्यक छ । यदि यस्तो गरे भने सन्तानले आफ्ना आमा बुबाबाट असल कुरा सिक्ने गर्दछ र आदर्शको पात्र पनि बन्ने गर्दछ । यसरी परिवारमा एकता, प्रेम र मेलमिलाप हुने गर्दछ । यदि यस्तो गरेमा आगामी पुस्ताहरुलाई पनि एक असल उदाहरण हुने गर्दछ र परमेश्वरको आशिष परिवार माथि हुने गर्दछ ।

                  विवाह परमेश्वरले आफ्नै योजना अनुसार सृष्टि गर्नुभएको र रहस्यले भरिएको अनुपम बिधि हो । यसैले हामी बाइबल अध्ययन गर्ने मानिसहरु भन्न सक्छौँ कि विवाहको सुरुवात गर्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ । हामीले सोच्नु पर्ने महत्वपूर्ण कुरा किन विवाह गर्ने र विवाह गर्ने ठिक समय कहिले हो भन्ने हो । विवाहको कारणले परिवार सफल र असफल हुने कुराको निर्णय हुने गर्दछ । यस्तो गर्दा ख्रीष्टलाई केन्द्रमा राख्ने कार्य गर्दछ । यसरी विवाह सफल हुन परमेश्वरको प्रेम अति आश्यक छ । विवाह असल रुपमा सफल हुनको लागि श्रीमान र श्रीमती बीच कयौ पटक प्रेममा मोहित हुनु पर्दछ । यसैले परमेश्वरको प्रेम पनि परिवारमा हुनु आवश्यक छ ।

                 वास्तवमा हामीले चाहेको जस्तो पूर्ण व्यक्ति नभेटेला तर आफूले चाहेको जस्तो जीवन साथी हामीले रोज्नु भन्दा पनि परमेश्वरले चाहे अनुसारको जीवन साथी रोज्नु चाहिँ बुद्धिमानी हो । भरोसा र विश्वासयोग्यताको जीवनले घरपरिवारलाई सफल र सबल बनाउँछ ।

                 परमेश्वरको उद्देश्य विवाह र परिवार निमार्ण हो जसले परमेश्वरको महिमाको निम्ति कार्य गर्दछ । विवाह परमेश्वरले सृष्टि गर्नुभएको सुन्दर संरचना हो भने परिवार सुन्दर बगैचा हो, जहाँ विभिन्न प्रकारको फुल फुलेका हुन्छ । परमेश्वरको नजरमा विवाह जति महत्वपूर्ण छ त्यति नै परिवार पनि महत्वपूर्ण छ र सन्तान पनि महत्वपूर्ण छ । विवाह पवित्र करार हो जो मृत्युले नछुडाएसम्मको लागि हो । यो आकस्मात हुने कुरा होइन तर यो त परमेश्वको योजना हो । परिवार पनि परमेश्वरको योजना हो । यसमा मानिसको बिचार अनुसार होइन तर परमेश्वरको उद्देश्यको वा योजना अनुसार हुने गर्दछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम