single page header banner

बाइबलमा गधा

Pramodkhadka Pramodkhadka
शनिबार, कार्तिक 13, 2081
Social buttons loaded
समाचार सारांश
  • नेपालको हिमाली तथा पहाडी भेगमा आज पनि गधाले भारी बोक्ने गरेको पाइन्छ र बाइबलमा गधालाई उल्लेख गर्दा हामीले सजिलै बुझ्ने गर्दछौं।
  • सहयोगी जनावरको रूपमा प्रयोग भए पनि हाम्रो समाजमा गधालाई नकरात्मक रुपमा पनि चित्रण गरीन्छ ।

नेपालको हिमाली तथा पहाडी भेगमा आज पनि गधाले भारी बोक्ने गरेको पाइन्छ र बाइबलमा गधालाई उल्लेख गर्दा हामीले सजिलै बुझ्ने गर्दछौं। सहयोगी जनावरको रूपमा प्रयोग भए पनि हाम्रो समाजमा गधालाई नकरात्मक रुपमा पनि चित्रण गरीन्छ । बाइबलमा गधा बल बुद्धि तथा चतुर्याइ को लागि चिनिएको नभएपनि परमेश्वरको काममा सहयोगि जनावरको रूपमा प्रयोग भएको छ ।

पुरानो करारको समयमा घोडाको प्रयोग व्यापक हुनु अघि सम्म मानिसको यातायात को लागि गधा तथा खच्चर धेरै नै प्रयोगमा आएको देखिन्छ। गधालाई दश आज्ञाको दशौं आशामा पनि उल्लेख गरिएको छ भनें जनावरलाई राम्रो स्याहार गर्नु भन्ने आज्ञाहरूमा समेत गधालाई उल्लेख गरिएको देखिन्छ । यसबाट यो थाहा हुन्छ कि गधा पुरानो करारको समयमा धेरै नै उपयोगमा ल्याइएको जनावर हो। (प्रस्‍थान 20:17)

गधा को संख्या पुरानो करार को समयमा सम्पत्तिको गणनामा पनि प्रयोग भएको देखिन्छ । अय्यूब धनि थियो भनेर चिनाउँदा उ संग भएको गधाको संख्या उल्लेख गरिएको थियो (अय्यूब 1:3; 42:12)। अब्राहमको सम्पत्तीको उल्लेख गर्दा पनि गधाको संख्या दिइएको थियो (उत्पत्ती 12:16; 24:35)। सिमसोनले पलिश्तिहरु माथी विजय गर्दा उनले गधाको वङ्गरा प्रयोग गरेको देख्छौं (न्यायर्कता 15: 15-16 )। यहाँ उल्लेख भए भन्दा पनि विशेष रूपमा गधा को भुमिका भएको दुइवटा खण्डहरू छन् : पहिलो वालमको विश्वासिलो गधा र दोस्रो येशूलाई बोकेर विजय प्रवेश गराउने गधा।

गधा र स्वर्ग दुत

बालम र उसको अभागी गधा गन्ती को पुस्तक २२ अध्यायमा देख्दछौं। त्यससमयमा बालाम र गधा परमेश्वरको जनहरुलाई श्राप दिन जाँदै थिए। परमेश्वरको दुतले उनिहरुको बाटो छेक्न आए जुन गधाले देख्यो तर बालाम मानिस भएर पनि देखेन। गधा अघि जान नमानेको कारण पिटाइ खायो । बालाम अट्टेरी भई अघि जान खोजेको हुँदा परमेश्वरले गधालाई समेत बोल्न लगाउनु भयो।

बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्‍याइस्‌। मेरो तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्‍नेथिएँ।” गधाले बालामलाई भन्‍यो, “तपाईंले आफ्‍नो जीवनभरि आजको दिनसम्‍म चढ्‌नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्‍यै तपाईंसित यस्‍तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्‌।” (गन्ती 22:29‭-‬30 )

गधा को यस भुमिकालाई एक घटनामात्र ठानिएको छैन तर यसबाट झुटा शिक्षकहरुको चरित्र देखाउन पत्रुसले बालामको उदाहारण ल्याएका छन र अगमवकलाई बाटो देखाउन परमेश्वरले गधालाई प्रयोग गर्नुभएको उल्लेख गरेका छन्।

सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्‌। खराब कामको लाभ असल मान्‍ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्‌। त्‍यसले आफ्‍नै अपराधको निम्‍ति हप्‍की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्‍यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो। (२ पत्रुस 2:15‭-‬16)

 येशूको बाहन गधा

गधामा सवार हुनु आफैमा एउटा नम्रताको चिन्ह हो किनभने येशूको समयमा शक्तिशालि मानिसहरू गधामा होइन तर घोडा तथा रथमा चढ्दथे। तर येशू गधामाथी चढेर जानु भयो। सांसारीक शक्तिहरु भन्दा फरक साधारण मानिसकै रूपमा आफूलाई प्रकट गरी आफैले अमवक्ता द्वारा दिइएको अगमवाणी पुरा गर्नुभयो।

हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्‍छ। उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ। उहाँ भला हुनुहुन्‍छ, र गधामाथि, अर्थात्‌ गधाको बच्‍चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ। (जकरिया 9:9)

भलै गधाको आफ्नै हैसियत धेरै थिएन होला तर यसले येशूलाई राजा हुनुहुन्छ भनि घोषणा गर्न सहायता गरेको देखिन्छ।

हामीलाई गधा भनि कसैले गालि गर्दा पक्कै पनि राम्रो लाग्दैन तर बाइबलमा गधाको भुमिकालाई हेर्दा यस्तै गधा जस्तै मात्र हुन सके मात्र पनि हामिले ठूलो काम गरेका हुन्छौं । बालामको गधा जस्तै सत्यलाई जानेर परमेश्वरको योजना बुझेर नबुझेका तर सबै जाने जस्तो गर्ने झुटा शिक्षकलाई सत्य रेखाउन सक्ने तथा येशू चढेको वछेडो जस्तै येशू नै राजा हुनुहुन्छ भनेर उहालाई बोकेर हिँड्ने हुन सकेका हौं। यस्तै गधाको भुमिका निर्वाह गर्न सके मात्र पनि हामी परमेश्वरको असल जन हुन सक्छौं।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
रेभ.डा. प्रकाश मेघि गुरुङ
रेभ.डा. प्रकाश मेघि गुरुङ
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)
ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम