single page header banner

 के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ

Pramodkhadka Pramodkhadka
शुक्रबार, मंसिर 23, 2081
Social buttons loaded
समाचार सारांश
  • नेपाली बाइबलमा प्राण भनेर दिइएको शब्द अङ्ग्रेजी मा Soul हो, भने आत्मा भने Spirit लाई आत्मा भनेर लेखिएको पाइन्छ।
  • प्राण अर्थात् Soul मानिसको जीवितताको अस्तित्व हो जो अदृश्य, भौतिक रूपमा नाप्न तथा जोख्न नसकिने छ तर मानिसको भौतिक शरीरसँगको सहकार्यमा मानिसको ज्ञान, विचार, भावना, खुशी, दुःख, भय, साहस आदि प्रकट गर्दछ।

नेपाली बाइबलमा प्राण भनेर दिइएको शब्द अङ्ग्रेजी मा Soul हो, भने आत्मा भने Spirit लाई आत्मा भनेर लेखिएको पाइन्छ। प्राण अर्थात् Soul मानिसको जीवितताको अस्तित्व हो जो अदृश्य, भौतिक रूपमा नाप्न तथा जोख्न नसकिने छ तर मानिसको भौतिक शरीरसँगको सहकार्यमा मानिसको ज्ञान, विचार, भावना, खुशी, दुःख, भय, साहस आदि प्रकट गर्दछ। प्राणको अनुपस्थितिमा मानिसको शरीर केवल जमिनको धूलो रहन्छ।  प्राण प्राकृतिक रूपमा नै मानिसमा रहन्छ र यस्तै प्राण सबै जीवित वस्तुहरूमा छ। यसै प्राणको कारण मानिस र सबै जीवित प्राणी जीवित रहन्छन्।

आत्मा परमेश्वरले मानिसलाई दिनुभएको आफ्नो भाग हो, परमेश्वर आफैमा आत्माको अस्तित्वमा रहनुहुन्छ। यो परमेश्वरले विशेष रूपमा मानिसमा मात्र दिनुभएको छ। मानिसमा भएको आत्माको कारण मानिसद्वारा परमेश्वरलाई आराधना गर्न, उहाँलाई पुकार्न, खोजी र चाहना गर्न सम्भव छ। भलै मानिसमा भएको कारण यो सब गर्न मानिस वर्तमान अवस्थामा असमर्थ छ। त्यसैले आत्मालाई हामी मानिसको परमेश्वरसँगको सम्बन्धको रूपमा बुझ्न सकिन्छ।

त्यसैले बुझ्नको लागि मानिस आफैमा एक जमिनबाट बनेको धूलो हो जसलाई परमेश्वरले प्राण हालेर जीवित पार्नुभएको छ र हामी सचेत, चलायमान छौं। तर मानिसलाई परमेश्वरले अन्य जीवित प्राणी जस्तो जीवित रहनकै लागि मात्र बनाउनु भएन तर आफ्नो अनन्तको सम्बन्धमा रहन बनाउनु भयो। यो सम्भव गराउन मानिसलाई परमेश्वरले आफ्नो आत्मा दिनुभयो। यो आत्मा पापको कारणले मरेको छ अर्थात् हामी परमेश्वरको सम्बन्धमा छैनौं। यसलाई हामीले आत्मामा मरेको पनि भन्न सक्छौं। हाम्रो पापलाई मेटाएर येशूले हाम्रो आत्मा बचाउनुभएको छ। अर्थात् हाम्रो परमेश्वरसँगको सम्बन्ध पुनर्स्थापना भएको छ। हामी आत्मामा बाँचेका छौं।

‘शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्‌।  (१ थेसलोनिकी 5:23)

माथिको पदमा मानिस आत्मा, प्राण तथा शरीरमा निष्कलङ्क रहने कुरा उल्लेख छ। यसमा पदलाई हामीले आत्मामा निष्कलङ्क रहनु भनेर हाम्रो परमेश्वरसँगको सम्बन्ध निष्कलङ्क रहेको होस्। हाम्रो विश्वास जस द्वारा परमेश्वरसँग जोडिएका छौं यो पवित्र, असल विश्वास भएको होस्। परमेश्वरलाई सहि तरिकाले स्विकार गरेका हौं भनेर जान्न सक्छौं। त्यस्तै प्राणमा निष्कलङ्क हुनु भने हो, हाम्रो सोचाइ, विचार, ज्ञान, भावना आदिमा परमेश्वरको सामु असल रहेका हौं भनेर जान्न सक्छौं। र अन्त्यमा हाम्रो शरीरमा निष्कलङ्क हुन परमेश्वरको महिमा नहुने प्रकारको शारीरिक क्रियाकलापमा नरहौं भनेर बुझ्न सक्छौं।  

‘किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ। परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।’ (हिब्रू 4:12-13)

यस पदमा पनि मानिसको प्राण र आत्माको कुरा गरेको छ। अङ्ग्रेजीमा यस पदलाई हेर्दा it penetrates even to dividing soul and spirit, लेखेको देखिन्छ। अर्थात् यस पद अनुसार परमेश्वरको वचनले मानिसको प्राण र आत्मालाई छुट्याउँछ भन्न खोजेको छ। जस अनुसार परमेश्वरको वचनले मानिसको आफ्नो जीवन (सोचाइ, भावना, ज्ञान, विचार) बाट परमेश्वरसँगको सम्बन्ध (आत्मा) छुट्याएर यसमा भएका सहि र गलत कुराहरू परमेश्वरको सामु प्रस्ट पार्दछ भन्न खोजेको देखिन्छ।

‘किनभने पापमय स्वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्‍नेहरूले आत्माका कुरामा मन लगाउँछन्‌। किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ। पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।’ (रोमी 8:5-8)

वास्तवमा मानिसमा भएको आत्माले उसको प्राण र शरीरलाई परमेश्वरको महिमाको भाँडोमा डोर्याउन सक्छ। जब सम्म मानिसको आत्मा बाँचेको छैन, उसबाट परमेश्वरको महिमा हुन असम्भव हुन्छ। जब मानिसको शरीर र प्राण आत्माको अगुवाइमा चल्छन् उनीहरू परमेश्वरसँगको सुमधुर सम्बन्धमा चलेका हुन्छन्।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
मार्टिन लुथरको जीवनी
मार्टिन लुथरको जीवनी
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
सुसमाचार भनेको के हो ?
सुसमाचार भनेको के हो ?
सीबिको चरित्र वारे पहिले थाहा थियो ।  हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम