single page header banner

चार्ली च्याप्लिनको : प्रेरक जीवन

admin admin
बिहिबार, आश्विन 30, 2079
Social buttons loaded
समाचार सारांश
  • हास्य व्यङ्ग्यको संसारमाथि विजय प्राप्त गर्ने विख्यात कलाकार चार्ली चाप्लिन (सन् १८८९–१९७७) को धेरै चर्चा परिचर्चा हुने गर्छ ।
  • चार्ली अत्यन्त सफल हास्य व्यङ्ग्यकार थिए भन्ने कुरा त सबैलाई थाहा छ तर त्यसको साथ साथै उनी नृत्य निर्माता, कथाकार, पटकथाकार, सम्बाद लेखक पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

हास्य व्यङ्ग्यको संसारमाथि विजय प्राप्त गर्ने विख्यात कलाकार चार्ली चाप्लिन (सन् १८८९–१९७७) को धेरै चर्चा परिचर्चा हुने गर्छ । चार्ली अत्यन्त सफल हास्य व्यङ्ग्यकार थिए भन्ने कुरा त सबैलाई थाहा छ तर त्यसको साथ साथै उनी नृत्य निर्माता, कथाकार, पटकथाकार, सम्बाद लेखक पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बहुमुखी प्रतिभाका धनी चार्लीले बुढेसकालसम्म धेरै ख्याती, पद र पैसा कमाउन सफल भए । नाम, पद र पैसा निकै कमाएका चार्ली गरीबहरूप्रति माया र मर्म व्यक्त गर्दथे तर उनी गरिबीप्रति भने निकै घृणा गर्दथे । यसको कारण उनको आफ्नो जीवन गरीबीमा हुर्केको मानिन्छ । गरिबीको कारणले उनले लन्डनको फुटपाथमा अनाथको जीवन बाँच्न बाध्य भएका थिए । त्यसैले उनले आफ्नो जीवनबाट गरिबीलाई हटाउन जीउ ज्यान नै लगाएका थिए ।

कलाकारिता उनको रुचि, वाध्यता र आवश्यकता बन्न पुगेको थियो । गरिबीबाट उम्कनका लागि उनले आफ्नो सम्पूर्ण क्षमता र प्रतिभा कलाकारितामा लगाएका थिए । सानैदेखि कलाकारिता गरेका चार्लीको प्रथम स्टेज सो निकै महत्वपूर्ण र अनौठो थियो । पाँच वर्षको सानो उमेरमा गरिएको एक स्टेज सो मा उनले प्रथम पटक अत्यन्त सफलतापूर्वक आफ्नो प्रतिभा देखाएका थिए । साथै उनले निडरतापूर्वक गाउन थाले । उनले आफ्नो तोते बोलीमा गाउन थाले, जुन गीत केहि समय अगाडि उनको आफ्नी आमाले गाएकी थिइन् । बालक चार्लीको गीत सुनेर दर्शकहरू प्रसन्न भए । उनीहरूले मञ्चमा पैसाको वर्षा गराउन थाले । उनकी आमाले बालकलाकारकी आमाको रुपमा सम्मान प्राप्त गरिन् । यहि नै थियो, चार्लीको पहिलो सो । तर दुःखको कुरो चार्लीको पहिलो सो नै आफ्नी आमाको अन्तिम सो भइदियो । आफ्नो परिवारको मनमुटाबको कारण चार्लीको बुबाको ३७ वर्षकै उमेरमा मृत्यु भयो । उनकी आमा बहुलाइन् र चार्ली सडक बालबालिका अर्थात खातेको जीवन बिताउन बाध्य भए । चार्ली चाप्लिनको अनाथ जीवन निकै संघर्षमय थियो । जे भेट्यो त्यही खाने, झुत्रे झाम्रो लगाउने, फुटपाथमा सुत्ने भयो । तर फुटपाथको यो घुमन्तेको जीवनबिच पनि उनले सबैलाई हसाउन सफल भए । धेरै नै अपमान, असफलता र घृणा सहँदै उनले आफ्नो कला यात्रा जारी राखे । १७ वर्षको उमेरदेखि पूर्णतः व्यवसायिक कलायात्राको थालनी गरे । उनले नाम, पद र पैसा लगायत सम्पूर्ण कुरा प्राप्त गरे । यद्यपि नाम, पद र पैसा उनको लागि त्यति महत्वपूर्ण थिएनन् । उनको लागि जीवन्त काल सबभन्दा महत्वपूर्ण थियो । समाजको विकृति र विसंगतिलाई छर्लङ्ग पार्ने र गरिबीले ग्रस्त जीवनलाई व्याङ्गात्मक कलाबाट नै ब्यक्त गर्ने उनको कला वा विशेषता थियो ।

त्यसैले समाजका पिछडिएका, हारेका, थाकेका गरिबी जनताको अभिनय गर्ने बेलायती नागरिक चार्ली च्याप्लिन आफ्नो जीवनकालमा सफल भएका थिए । उनले हामीलाई आफ्नो चुनौतीपूर्ण जीवनबाट निरन्तर धैर्यताको साथ मेहनत र परिश्रम गर्नुपर्छ भन्ने प्रेरणा दिएका छन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
जीवन पछि जीवन – सम्पादकीय
जीवन पछि जीवन – सम्पादकीय
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
यो कस्तो प्रेम ?
यो कस्तो प्रेम ?
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम