ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
- काठमाडौं ।
- नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष भइसक्दा पनि सरकारले त्यसको पूर्ण रुपमा पालना नगरेको राष्ट्रिय ख्रीष्टियन आयोग संघर्ष समितिले आरोप लगाएको छ ।
काठमाडौं । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष भइसक्दा पनि सरकारले त्यसको पूर्ण रुपमा पालना नगरेको राष्ट्रिय ख्रीष्टियन आयोग संघर्ष समितिले आरोप लगाएको छ । कालबाहादुर बि.क. अध्यक्ष रहको सो संघर्ष समितिले माईतिघर मण्डलामा केहि दिन अघिदेखि राष्ट्रिय ख्रीष्टियन आयोगको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेको छ । संविधानले धर्म निरपेक्षता घोषणा गरेता पनि व्यवहारमा भने लागू नभएको भन्दै उनीहरुले सरकारलाई चुनौती दिँदै कसैलाई काखा र पाखा चेतावनी दिनुभयो । संघर्ष समितिले इसाई समुदायको हक अधिकार सुुुनिश्चित गर्न सरकारसँग माग गरेको अध्यक्ष बिकले बताए ।
लामो समयदेखि इसाई समुदायका धर्मगुरुहरू आफ्नो आस्था विश्वासको अभ्यासकै कारणले जेल जानुपरेको बताउँदै अमानविए व्यवहारसँगै मानवताको उल्लङ्घन भएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको आरोपसँगै दुःख र कष्टहरु भोग्नु परेको बताउँदै उनीहरुले सिङ्गो देश नेपालमा बसोबास गर्दै आएका सम्पुर्ण इसाई समुदायहरूको हक हित र सुरक्षाको लागि ख्रीष्टियन आयोगको आवश्यकता रहेकोले धर्ना बसेको सङ्घर्ष समितिका उपाध्यक्ष जेपी बज्राचार्यले बताए । धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई समान हक अधिकार प्रदान गर्ने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष बिकले आहिले आफ्नो धर्म र आस्थाको अभ्यास गरेकै कारण जेल जानुपर्ने, इसाई समुदायको वर्षौंदेखिको मुद्दाहरू छानबिन नभएको, मागहरु सुनुवाई नभएको र सरकार वार्ता गर्न नचाहेको, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको भन्दै सिङ्गो इसाई समुदायको हकहितको लागी ख्रीष्टियन आयोगको आवश्यकता रहेको संघर्ष समितिका अध्यक्ष बिकले बताए ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
नेपालको पहिलो मण्डली : रामघाट चर्च
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी







