single page header banner

परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

adminsangam adminsangam
सोमबार, चैत्र 11, 2080
Social buttons loaded
समाचार सारांश
  • “परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ ।
  • उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ ।


“परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११ः९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका हुनाले मानिसमा पनि विद्यमान छन्, किनकि मानिस परमेश्वरको स्वरुपमा सृष्टि गरिएको छ (उत्पत्ति १ः२६) परमेश्वर आत्मा हुनुहुन्छ, यसकारण अदृश्य हुनुहुन्छ (यूहन्ना ४ः२४, रोमी १ः२०,१ तिमोथी १ः१७, हिब्रू ११ः२७) । मानवीय भाषाले शारीरिक आकृति नभएको कुनै व्यक्तिको बर्णन गर्न नसक्ने भएकाले परमेश्वरको विषयमा बर्णन सही रुपले गर्नलाई बाइबलले अरु चित्रहरु तुलनात्मक कुराहरु प्रयोग गर्नुपरेको हो । परमेश्वर केवल एक व्यक्ति मात्र हुनुहुन्न तर विश्वासीहरु उहाँसितको एउटा व्यक्तिगत सम्बन्धप्रति यति सचेत हुन्छन् कि उनीहरुले सामुहिक रुपमा उहाँलाई ‘हाम्रा परमेश्वर’ अनि व्यक्तिगत रुपमा ‘मेरो परमेश्वर’ भन्न सक्छन् (प्रेरित २ः३९, फिलिप्पी ४ः१९) ।” यस्तै परमेश्वर व्यक्तिगत हुनुहुन्छ र पनि उहाँ अपरिवर्तनीय हुनुहुन्छ वा परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ । अझ स्पष्ट सँग भन्दा परमेश्वर मानिसहरु जस्तै व्यक्तिगत हुनुहुन्छ तापनि मानिस झै परिवर्तन हुने हुनुहुन्न । “परमेश्वर तार्किक स्वसचेत र आफै निर्णय गर्न सक्ने बुद्धिमान् नैतिक अस्तित्व हुनुहुन्छ ।” परमेश्वर एक व्यक्ति पनि हुनुहुन्छ, उहाँ “यस्तो व्यक्ति हो, जसमा विचार गर्ने, अनुभव गर्ने र निर्णय गर्ने शक्ति हुन्छ । परमेश्वरको शरीर नभएर पनि उहाँको बुद्धि र विचार, अनुभव र तर्क गर्नसक्ने शक्ति अवश्य पनि छ । बाइबलले प्रकट गर्छ, कि उहाँले अरुहरुसँग कुरा गर्नुहुन्छ र उहाँले निर्णयहरु बनाउनुहुनछ । यी सबै एक व्यक्तिमा हुने स्वभाव वा चरित्रहरु हुन् । यसैले परमेश्वर व्यक्तिगत परमेश्वर हुनुन्छ ।” परमेश्वर व्यक्तिगत हुनुहुन्छ भन्दा कहिले काही हामी परमेश्वरलाई हामी मानिसहरु जस्तैको रुपमा तुलना गर्दछौँ । उहाँमा मानिसमा भएको गुणहरु छ तर यसको अर्थ यो होइन कि परमेश्वर मानिस हुनुहुन्छ । परमेश्वरले मानिसलाई बनाउनु भएको हो मानिसले परमेश्वरलाई होइन । (तर फेरी हामीले ध्यान दिनु पर्दछ । परमेश्वर मानिस होइन भन्दा येशू ख्रीष्ट पनि परमेश्वर होइन भन्न चाहिँ मिल्दैन किनकि येशू हामीहरुको लागि मानिस भएर आउनु भएको हो भनेर बाइबलले हामीलाई बताउँछ । येशू मानिस भएर परमेश्वर हुनु भएको होइन तर परमेश्वर भएर नै मानिस हुनुहुभएको हो । अर्थात उहाँ मानिस हुदाँ पनि उहाँ परमेश्वर नै हुनुहुन्थ्यो । (मैले यहाँ परमेश्वर पिता र पुत्र परमेश्वर एकै व्यक्ति हो भन्ने कुरा गरेको छैन))“हामीहरु जस्तै परमेश्वर समय, ठाउँ र प्राकृतिक नियमहरुबाट सीमित हुनुहुन्न । उहाँ सधैभरी हुनुहुन्छ र हुनेहुनेछ । उहाँ सबै ठाउँमा हुनुहुन्छ । उहाँ सबै कुरा जान्नुहुन्छ र जे कुरा पनि गर्न सक्नुहुन्छ । कोही कोहीले विश्वास गर्छन्, कि परमेश्वर नै संसारलाई अधीन गर्ने अव्यक्तिगत दबाउ अथवा असलको निम्ति प्रभाव पार्ने शक्ति हुनुहुन्छ । हामीलाई थाहा छ कि परमेश्वर व्यक्ति हुनुहुन्छ, किनभने उहाँ विचार गर्नुहुन्छ, अनुभव गर्नुहुन्छ र काम गर्नुहुन्छ । वास्तवमा बाइबलले सिकाउँछ कि परमेश्वर एकमात्र हुनहुुन्छ जो तीन व्यक्तिमा प्रकट हुनुभएको छ, अथवा त्रिएक परमेश्वर । परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा, स्वभावमा , शक्तिमा र उद्देश्यमा एकै हुनुहुन्छ । उहाँहरु एकै व्यक्ति एकै परमेश्वरजस्तै पूर्ण मिलापमा काम गर्नुहन्छ ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम