single page header banner

हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर

Pramodkhadka Pramodkhadka
शुक्रबार, पौष 2, 2079
Social buttons loaded
समाचार सारांश
  • १७ भदौ, काठमाडौं ।
  • ललीतपुरकाे ढाेलाहिटिमा उच्च प्रविधियुक्त अत्याधुनिक रेकर्डिङ स्टुडियाे सञ्चालनमा आएकाे छ ।

१७ भदौ, काठमाडौं । ललीतपुरकाे ढाेलाहिटिमा उच्च प्रविधियुक्त अत्याधुनिक रेकर्डिङ स्टुडियाे सञ्चालनमा आएकाे छ । डा.सुवास सुव्वाले सञ्चालनमा ल्याउनुभएकाे हजमाेना रेकर्डिङ्ग स्टुडियाेकाे औपचारिक उद्घाटन लाेकप्रिय गायिका अन्जु पन्त र डा. सुव्वाले संयुक्त रुपमा रिवन काटेर गर्नुभएकाे हाे । स्टुडियाेकाे उद्घाटन पश्चात् औपचारिक कार्यक्रमलाइ प्रमुख अतिथिकाे रुपमा सम्वाेधन गर्दै गायिका पन्तले आफुले रिवन काट्नु अघि नै उक्त स्टुडियाेमा गित रेकर्डिङ्ग गरेर स्टुडियाेकाे अनाैपचारिक उद्घाटन गरिसकेको खुलासा गर्नुभयाे । पछिल्लाे समय स्टुडियाेहरुकाे कमि नभए पनि गुणात्मक रुपमा उच्च स्तरका रेकर्डिङ्ग स्टुडियाेहरुकाे अभाव रहेकाे भन्दै यस्ताे अभावलाइ हजमाेनाले पूरा गर्ने कुरामा ढुक्क रहेकाे वहांले वताउनुभयाे । विशेष अतिथिकाे रुपमा स्टुडियाेलाइ शुभकामना दिने क्रममा पछिल्लाे पुस्तामा उत्तिकै लाेकप्रिय गायिका प्रविशा अधिकारीले आफू निकै उत्साहित भएकाे र आगामी दिनमा धेरै प्राेजेक्टहरुमा सहकार्यकाे लागि आँतुर रहेकाे वताउनुभयाे ।

त्यस्तै स्टुडियाेलाइ प्रार्थना मार्फत परमेश्वरमा अर्पण गर्दै विशिष्ट अतिथि चर्चित पुर्व पण्डित,वेद र संस्कृतका ज्ञाता पास्टर माधव उपाध्यायले लाेकाेपकार र लाेककल्याणकाे माध्यमवाट डा. सुव्वाले समाजलाइ दिएकाे अतुलनिय याेगदानकाे सरहाना गर्दै स्टुडियाे, संगित र साधना मार्फत पनि सामाजिक शान्ति र सद्भावकाे लागि कार्य हुने कुरामा आफ्नाे पुर्ण विश्वाश रहेकाे वताउनुभयाे । पास्टर उपाध्यायले वाल्यकाल र विध्यार्थिकालमा डा. सुव्वाकाे तिक्ष्णता र मेधावि क्षमताकाे स्मरण गर्दै भन्नुभयाे ” सुवास सुव्वााकाे वाल्यकालीन तिक्ष्णता र मेधावि क्षमताले नै वहांकाे आजकाे स्थिति र अवस्थितिकाे संकेत गरेकाे थियाे । ”

स्टुडियाे सञ्चालक डा. सुब्बा आफू स्वयम् पनि स्थापित गायक हुनुहुन्छ । वहाँकाे अध्यात्मिक तथा भक्ति संगित (गित) का अठार वटा संग्रह (एल्वम)हरु प्रकाशित भैसकेका छन । मीठाे स्वरका धनी सुव्वाले उदितनारायण झाकाे मिमिक्रि गर्न वलिउड वाट आएकाे अफर अस्विकार गर्दै आँफुले ठुलाे प्रार्थना र साधना गरि परमेश्वर वाट प्राप्त गरेकाे स्वर परमेश्वर वाहेक कसैलाइ नदिने प्रतिज्ञा गर्नुभएकाे थियाे । प्रतिज्ञा स्वरुप वहांले हालसम्म परमेश्वरकाे स्तुति र महिमाका गित वाहेक अरु कहिल्यै गाउनुभएन । गायनकाे अलावा अन्तिम विकल्प अस्पतालमा चिकित्सककाे रुपमा कार्यरत वहाँ अस्पतालकाे सञ्चालक पनि हुनुहुन्छ । वहांकै नेतृत्वमा करिव ६० जना वालवालीकाहरुकाे लागि वालगृह सञ्चालीत छ भने वहांकै सहयाेगमा १५ जना एच.आइ.भी. पिडितहरुलाइ निशुल्क औषधिकाे व्यवस्था गरिएकाे छ ।

गायक, संगितकार र सर्जकहरुकाे समस्यालाइ देखि,भाेगि रेकर्डिङ्ग स्टुडियाे संचालनमा ल्याएकाे वताउंदै डा सुव्वाले भन्नुभयाे ” संगित सिर्जनाकाे क्रममा मैले भाेगेका दुख र मैले देखेका अरु सर्जकहरुकाे दुखलाइ ख्याल गरेर नै याे स्टुडियाे सञ्चालनमा ल्याएकाे हुं । अब काेहि पनि उत्कृष्ट प्रतिभाहरुले भाैंतारिनुपर्ने छैन र गुमनाम हुनुपर्ने छैन । ” छिट्टै ख्रिष्टियन ट्यालेन्ट हन्टकाे पनि सुरुवात गर्ने वहांले घाेषणा गर्नुभयाे ।

कार्यक्रममा कलाकार,पत्रकार लगाएत विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरुलाइ सम्मान गरिएकाे थियाे । सम्मानित हुनुभएका चर्चित हास्यकलाकार, गाएक तथा पत्रकार कुमार अव्राहमले मुक्तक,कविता तथा ठट्टाहरु प्रस्तुत गर्दै कार्यक्रमलाइ अत्यन्तै राेचक र प्रभावकारी रुपमा सञ्चालन गर्नुभएकाे थियाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सवै भन्दा ठुला  मण्डली भवनहरु
सवै भन्दा ठुला मण्डली भवनहरु
परमेश्वोर कस्तो हुनुहुन्छ ?
परमेश्वोर कस्तो हुनुहुन्छ ?
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
नेपाली चर्च एकता आजको आवश्यकता
नेपाली चर्च एकता आजको आवश्यकता
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम