मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
- अष्ट्रेलियाका मिसनरी ग्राहम स्टेन्स र उनका २ छोराहरु तीमोथी र फिलिप शहीद भएको २५ वर्ष पुगेको छ।
- यो घटना २३ जनवरी १९९९ को रात भारतको राज्य उडिसामा घटेको थियो।
अष्ट्रेलियाका मिसनरी ग्राहम स्टेन्स र उनका २ छोराहरु तीमोथी र फिलिप शहीद भएको २५ वर्ष पुगेको छ। यो घटना २३ जनवरी १९९९ को रात भारतको राज्य उडिसामा घटेको थियो। ग्राहम भारतकाे उडिसा राज्यको बारीपाडा भन्ने ठाँउमा कुष्ठरोग मिशनका एक निर्देशक थिए र त्यहाँको स्थानीय जातीको भाषामा नयाँ करारका अनुवादक थिए।
अस्ट्रेलियन नागरिक स्टेन्स मोनोहरपुर गाउँमा भएको १४औँ वार्षिक बाइबल शिविरमा सहभागी हुन गएका थिए । यात्रा लामो थियो र थकित हुँदै २३ जनवरी १९९९ को मध्यरात मा स्टेन्स आफ्ना दुई छोराहरू, १० वर्षे फिलिप र ६ वर्षीय तीमोथीलाई काखीमा च्यापी आफ्नो जीपमा सुतिरहेका थिए। त्यहीं बेला भारतीय एक दल, जो कट्टर हिन्दू बजरंग दल थियो। दारा सिंहकाे नेतृत्वमा करिब ५० जना भन्दा बढी मान्छेहरू भाला, खुँडा, तरवार,बन्चरो , पेट्रोल आदी लिएर आई एक्कासी जीपको झ्यालहरू फुटाए, जीपमा पेट्रोल खन्याएर एका एक आगो लगाए । यसरी मिसिनरी ग्राहम उडिसा राज्यमा ख्रीष्टको लागि सहिद भए । जलेको शव एक अर्कालाई अँगालो हालेको फेला परेको थियो । सुतिरहेका ग्राहम र छोराहरुलाई जिउँदै जलाए र शहीद बनाए।
उनीहरू ख्रीष्टकाे लागि शहीद भएपछि उनकी श्रीमतीले आफ्ना श्रीमान् र छोराहरुलाई जिउँदै जलाउने सबै दोषीलाई माफी दिइन र एउटा उदाहरण बनिन् । उनले भनिन्, “किनकी उहाँ जीवित हुनुहुन्छ,त्यसैले म भोलिको सामना गर्न सक्छु।” उनकी १२ वर्षीय छोरी एस्तरले भनिन्,” यदि गहुँकाे दाना माटोमा परेर मरेन भने,त्यो एक्लै रहन्छ,तर त्यो मर्यो भने धेरै फल फलाउने छ।”
५८ वर्षीय डा. ग्राहम स्टेन्सको मृत्युले भारतमा गहिरो प्रभाव पारेको थियो । स्टेन्सले आफ्नो जीवनको ३५ वर्ष भारतका गरिब र अशिक्षितहरू र कुष्ठरोगीहरुलाई उपचार र सहयोग गरेर बिताएका थिए।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन







