single page header banner

येशू किन कन्याबाट जन्मनु भयो?

admin admin
शुक्रबार, जेठ 17, 2080
Social buttons loaded
समाचार सारांश
  • अर्जुन डुलोस येशू किन कन्याबाट जन्मनु भयो भन्ने कुरा निकै नै महत्वपूर्ण छ (यशैया ७:१४; मत्ती १:२३; लूका १:२७, ३४)।
  • पहिले, यो हेरौँ कि धर्मशास्त्रले यो घटनालाई कसरी वर्णन गरेको छ।

अर्जुन डुलोस

येशू किन कन्याबाट जन्मनु भयो भन्ने कुरा निकै नै महत्वपूर्ण छ (यशैया ७:१४; मत्ती १:२३; लूका १:२७, ३४)। पहिले, यो हेरौँ कि धर्मशास्त्रले यो घटनालाई कसरी वर्णन गरेको छ। मरियमको प्रश्नको जवाफमा “यो कसरी हुनसक्छ त ?” (लूका १:३४), गब्रिएलले भनेका छन्, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ” (लूका १:३५)। स्वर्गदूतले योसेफलाई मरियमसँग विवाह गर्न डराउनु पर्दैन भनेर यी शब्दहरुद्वारा उत्साह दिए: “किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ” मत्ती (१:२०)। मत्तीले यो भनेर उल्लेख गरेको छ “पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो” (मत्ती १:१८)। गलाती ४:४ ले पनि कन्या बाट जन्म भएकाे कुरालाई स्पष्ट पार्छ, “परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, उहाँ एउटी स्त्रीबाट जन्मनुभयो।”

यी पदहरुबाट, यो कुरा निश्चितरुपले स्पष्ट पारिएकाे छ कि येशूको जन्म चाहिँ मरियमको शरीरमा पवित्र आत्माले गरेको कामको नतिजा हो। यसमा अमूर्त (आत्मा) र मूर्त (मरियमको शरीर) दुबै संलग्न थिए । मरियमले, अवश्य पनि, आफैलाई गर्भधारण गर्न सक्दिन थिइनन्, र त्यो अर्थमा उनी त केवल एउटा “भाँडो” मात्र थिइन्। मानब धारणको आश्चर्य काम त केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्छ।

धर्मशास्त्रले सिकाउँदछ कि येशू सम्पूर्ण रुपले मानव हुनुहुन्थ्यो, हाम्रो जस्तो भौतिक शरीर को साथ। यो उहाँले मरियमबाट प्राप्त गर्नु भएको थियो। त्यसै समयमा, येशू पूर्ण रुपले परमेश्वर हुनुहुन्थ्यो, एउटा अनन्त, पापरहित स्वभाव सहित (यूहन्ना १:१४; १ तिमोथी ३:१६; हिब्रू २:१४-१७)।

येशू पापमा जन्मनु भएको थिएन; अर्थात्, उहाँमा पापका स्वभाव थिएन (हिब्रू ७:२६)। पापको स्वभाव चाहिँ आदमद्वारा पुस्तादेखि पुस्ता हुँदै आएको देखिन्छ (रोमी ५:१२, १७, १९)। कन्याबाटको जन्मले पापमय स्वभावको संचारणलाई उल्लंघन गरेर अनन्त परमेश्वरलाई एउटा सिद्ध मानिस बन्नको लागि अनुमति दियो।

येशू कन्या स्त्री (मरियम) बाट जन्मनुको मुख्य ६ कारणहरु यस प्रकार छन्।

१. यशैया अगमवक्ताले गरेको अगमबाणी पूरा गर्न।(यशैया ७:१४)

२.आफ्नो ईश्वरीय उत्पत्ति स्थापित गर्न( यशैया ७:१४)

३.उहाँको पापरहित मानवता पुष्टि गर्न (हिब्रु ४:१५)

४. सबै मानिसहरुकाे पाप मोचन गर्न ।

५.कन्या जन्मले येशू साँच्चै मानव र साँच्चै ईश्वरीय हुनुहुन्छ भनेर देखाउँन।

६.आदमको जातिमा टाँसिएको भ्रष्टताको श्रापको उत्तराधिकारी नहुन।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम