single page header banner

नेपाली चर्च एकताका लागि ज.वि.शाहका सुझावहरु

admin_news admin_news
बिहिबार, आश्विन 18, 2083
Social buttons loaded
समाचार सारांश
  • ज.
  • वि.
  • ज.वि.शाह

प्रभुमा श्रद्धेय तथा प्रिय जनहरु जय मसिह ! मुक्ति अभिवादन !

सबैभन्दा पहिले “ने.रा.म.सं.”, “ने.इ.स.”, “महासंघहरु, अन्य नेपाली इसाई समाजहरु र पा.भव घलेज्यूद्वारा नेतृत्व गरिएकाे “परिषद”काे बीचमा “आत्मिकी, वैचारिक र भाैतिकी एकता” गर्न अपरिहार्य छ ।


१) नेपाली इसाई सँगतिहरु,झुण्डहरु, मण्डलीहरु, समूहहरु, सम्प्रदायहरु, समाजहरु, समुदायहरु, संघ – महासंघ – संस्थाहरु र परिषद लगायत जाे जे जति कृयाशील छाैं, यी सबैका बीचमा दिगाे, बलियाे, व्यापक, भरपर्दाे र विश्वसनीय एकता हुनैपर्छ ।

२) याे “आत्मिकी – भाैतिकी एकता” नेपाल, नेपाली र विश्व नेपाली इसाई जगतकाे समय – परिस्थितिकाे माग र अपरिहार्य आवश्यकता हाे । जसद्वारा अझ बढी परमेश्वरकाे नाम उचालिनेछ, प्रचारिनेछ र नेपाल देश तथा नेपाली जातिलाई प्रभुमा बचाउन र बलियाे बनाउन झन मदत पुग्नेछ ।

३) यस प्रयाेजनका लागि सबैभन्दा पहिले “ने.रा.म.सं.”, “ने.इ.स.”, “महासंघहरु, अन्य नेपाली इसाई समाजहरु र पा.भव घलेज्यूद्वारा नेतृत्व गरिएकाे “परिषद”काे बीचमा “आत्मिकी, वैचारिक र भाैतिकी एकता” गर्न अपरिहार्य छ । पा.जीवन गुरुङ्गज्यूद्वारा प्रस्तुत राययुक्त प्रक्रियालाई अपनाएर, एकताकाे प्रक्रिया लाई अगाडि बढाउन सकिन्छ र राम्राे हुनेछ ।

४) एकता प्रक्रिया सञ्चालन गर्ने क्रममा सबैलाई प्रेम,मेलमिलाप र शान्तिकाे बन्धनमा बाँधेर,मिलाएर, “एन.सी.एफ.एन.”काे नाममा नै एउटा मात्रै आत्मिकी शिर्ष साझा – छाता संस्था (आत्मिकी सँस्कार – सँस्कृति – अभ्यास, अनुगमन, नियमन, निर्देशन, नियन्त्रण, मार्गदर्शकरुपी काम गर्ने गरी) बनाएर, त्यस्काे मातहतमा उपसंस्था / विभागहरु बनाएर चलाउँदा असल हुनेछ । जस्मा :- धार्मिक – साँस्कृतिक, सुसमाचार प्रचार, राजनीतिक, आर्थिक, सामाजिक सेवा, न्यायिक – कानूनी, शैक्षिक – तालिमी, स्वास्थ्य, युवा-खेलकुद, वृद्ध-वृद्धा – एकल जन, विज्ञान-प्रविधि-नव प्रवर्तन, सुरक्षा, सञ्चार, विपत ब्यवस्थापन – उद्धार – राहत – उपचार – पुनर्ब्यवस्थापन – पुनर्स्थापना, भाैतिक पूर्वाधार निर्माण ब्यवस्थापन, कृषि, जल, वन, भूमि, आधारभूत आवश्यकता र परराष्ट्र सम्बन्ध विषयहरुका (झुण्ड / समूह / समिति / निकाय / आयाेग / नियाेग / विभाग /संघ / संस्था / प्राधिकरण /समाज / समुदाय /परिषद लगायत जे नाम उपयुक्त-सुहाउँदाे र अर्थपूर्ण हुन्छ ?! त्याे राखे हुन्छ ।) ।

यसाे गर्याैं भने हाल र भविष्यका नेपाली इसाई जगतका धेरै समस्याहरु समाधान गर्न – गराउन र आवश्कताहरु परिपूर्ति गर्न – गराउन र नेपाली इसाईहरुलाई हरेक तवरले प्रभुमा आत्मिकी, वैचारिक र भाैतिकी रुपमा बलियाे, व्यापक, समृद्धशाली, विकसित र शक्तिशाली बनाउन धेरै मदत पुग्नेछ । यस प्रकारले एकापसमा सहयाेग गर्दै, असल याेगदान पुर्याउन सक्छाैं र अझ बढि सुकार्यहरु गरेर, नेपाल र नेपालीलाई प्रभुमा बचाउन – बनाउन र माथि उठाउन सक्नेछाैं । धन्यवाद ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम