single page header banner

के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)

adminsangam adminsangam
मंगलबार, माघ 31, 2080
Social buttons loaded
समाचार सारांश
  • के १० वटा बादरहरुले १० बर्ष सम्म १० वटै किवोटमा टाइप गरेर एउटा नयाँ र अध्याधिक प्रभावशाली पुस्तक लेख्न सक्छ ?
  • यदि १० बर्ष सम्म बादरले त एउटा पुस्तक लेख्न सक्दैन भने के यो सम्पूर्ण विश्व त्यसै बन्यो भन्ने कुरामा विश्वास गर्नुहुन्छ ।

के १० वटा बादरहरुले १० बर्ष सम्म १० वटै किवोटमा टाइप गरेर एउटा नयाँ र अध्याधिक प्रभावशाली पुस्तक लेख्न सक्छ ?

यदि १० बर्ष सम्म बादरले त एउटा पुस्तक लेख्न सक्दैन भने के यो सम्पूर्ण विश्व त्यसै बन्यो भन्ने कुरामा विश्वास गर्नुहुन्छ ।

त्यसो भए के परमेश्वर हुनुहुन्छ भनेर अनुभव गरेका छौँ त ?

छैन । त्यसो भए कसरी परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्ने त ? जब सम्म अनुभव नै गरेको छैन त किन परमेश्वर हुनुहुन्छ भन्ने कुरा मान्नु ? तब कसरी विश्वास गर्ने कि परमेश्वर हुनुहुन्छ । किनकि उहाँलाई हामीले अनुभव गर्न सक्दैनौ वा छुन सक्दैनौँ ।

यसको एक तार्किक उत्तर छ । बिष खाए भने के हुन्छ ? मर्छ । कसरी थाहा भयो के कैले अनुभव गर्नुभएको छ ? कसरी बिषखाए भने मर्छ भनेर थाहा पायो ? डाक्टरले भने, मरेको व्यक्ति साक्षी छ । यी बिभिन्न मानिसहरुले भनेको आधारमा उ बिष खाएर मरे ।

                                     त्यसो भए परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि हामीलाई बाइबलले भन्दछ । हाम्रो साक्षी र प्रमाण यही हो ।

हामीले काम गर्दा पसिना बाहिर निस्कन्छ तर नुहाउँदा किन पानी छालाबाट भित्र जादैन । यस्तै हरेक देश चलाउने एक जना हुनुहुन्छ त्यस्तै यो संसार चलाउने पनि एक जना हुनुहुन्छ जसलाई हामी परमेश्वर भन्छौँ ।

परमेश्वरले बनाउनु भएको कुरामा कतिले पनि गलत हुदैन । के कहिले सुन्तलाको रुखमा स्याउ फल्छ ? के नासपतिको रुपमा आरु फल्छ ? कहिले फल्दैन । त्यसमा कलमी नबाधे सम्म फल्दैन । परमेश्वरले कहिले पनि गल्ती गर्नुहुन्न । मानिसले बनाउन सक्छ तर सृष्टि गर्नुहुने चाहिँ परमेश्वर मात्र हुनुहुन्छ ।

परमेश्वरको इच्छा बिना पात पनि हल्लिदैन ।

यस्तै परमेश्वर हुनुहुन्छ भन्ने अर्को तार्किक उत्तरः

हामीले कुन बर्ष मा बनेको मोबाइल प्रयोग गछौँ ? कसैले २०१५, कसैले २०१६, कसैले २०१७, कसैले २०१८, कसैले २०१९ । एउटै कम्पनीको मोइबल किन नयाँ नयाँ प्रयोग गर्नुहुन्छ ? पुरानोमा केही कमजोरी थियो त्यसैले नयाँ प्रयोग गरिन्छ ।

त्यसो भए मानिस पहिला कस्तो थियो ? के तपाईको नाक पछाडी थियो ? के तपाईको आखाँ खुट्टामा थियो १००० बर्ष पहिले के तपाईको कान हातमा थियो । थिएन । मानिसले बनाएको बस्तुमा कमि कमजोरी हुन्छ तर परमेश्वरले बनाउनु भएको कुरामा कुनै कमी कम्जोरी हुदैन कारण उहाँ महान सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । मानिसहले बनाएको हरेक सामान नयाँ वा पहिलामा भएको कमी लाई सुधार गरेर नयाँ बनाउँछन

 तर परमेश्वरले आज भन्दा धेरै पहिला नै मानिसलाई सृष्टि गर्नुभएको थियो । उहाँको सृष्टिमा केही कमजोरी थिएन र छैन आज भन्दा १००० बर्ष अधिको मानिसको पनि टाउको मा नै आखा थियो र आज पनि त्यही नै छ र भबिष्यमा पनि यही नै हुनेछ । 

परमेश्वरको अस्तित्वः

परमेश्वरको अस्तित्वको बारेमा तर्कहरुः

परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर इतिहासको समय देखि नै एउटा बहसको विषय बन्दै आएको छ । अझ कार्लमाक्स भन्दछन्,“जसले परमेश्वर छ भनेर विश्वास गर्छ त्यसको मानसिक सन्तुलन ठिक छैन किनकि त्यसले नभएको कुराको विचार गर्छ ।” आजको समयमा झन परमेश्वरको बारेमा कुरा गर्नुलाई मानिसले भ्रमको कुरा ठान्छन् । विज्ञानले, विद्धानहरुले, दार्शनिकहरुले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन वा सजिलै स्वीकारदैनन् , त के यस्तो अवस्थामा हामी परमेश्वर हुनुहुन्छ भनी भन्न सक्छौँ ।

                                     जवाफः सक्छौँ । कसैले भनेका छन् कि कसैको विचारमा आएर परमेश्वरको बारेमा प्रश्न सोधिको होइन तर सारा संसारमा उहाँको अदभुत उपस्थितिले परमेश्वरको बारेमा ज्ञान भएर नै यो प्रश्न आएको हो ।

संसारले मान्ने ४ कुराहरु

१.यो सारा संसार भ्रम मात्र हो ।

यो एक पुवीर्य दर्शन हो । तर यो संसार र हामी भ्रम होइन । यो कुनै सपना होइन यो वास्तवीक हो । एक दर्शन शास्त्री च्भलभ म्भकअबचतभक ले भन्दछन्, “म सोच्छु र म छु, म सोच्न सक्छु त्यसैले म एक भ्रम होइन ।” भ्रम हुनलाई त्यहाँ केहि भ्रमको अनुभव हुनुपर्छ । त्यसैले हामी आफु अस्तित्वमा भएको कुरालाई विना शंका स्वीकार्न सक्छौँ ।

२.यो संसार आपैm बनेको हो ।

हामी अहिले संसारलाई हेछौँ भने कुनै पनि कुरा आपैm आएको होइन । त्यँहा बनाउने व्यक्ति छ । योे सारा ब्रमाण्ड पनि आपैm आयो भन्नु घामलाई हत्केलाले छेक्नु जस्तै हो ।

३.यो संसार पहिले देखि नै यस्तै थियो ।

यो पनि गलत हो अहिले वैज्ञानिकहरुले पत्ता लगाएका छन् कि यो संसारको आयु छ र यो घट्दै गइरहेको छ । यदि अन्त्य छ भने सुरुवात पनि छ र सुरुवात छ भने सृष्टिकर्ता पनि पक्कै हुनुपर्छ ।

४.यो कसैद्धारा महान मगजले बनाइएको हो ।

एक दार्शनिकले भनेका छन् कि यो आपैmमा यो प्रमाण हो कि एउटा महान मगजले मात्रै अर्को मगज बनाउन सक्छ ।

यदि परमेश्वर छन् भने यति विशाल ब्रहमाण्ड र यहाँको हरेक थोक बनाउनु हुने परमेश्वर कस्तो हुनु पर्छ ।

१.उहाँ अलौकिक हुनुहुन्छ । उहाँले समय र अन्तरिक्ष सृष्टि गर्नु भयो ।

२.उहाँ शक्तिशाली हुनुहुन्छ ।

३.उहाँ अनन्त हुुनुहुन्छ

४.उहाँ सर्वव्यापि हुनुहुन्छ । उहाँले सबै थोक बनाउनु भयो तर उहाँ यसको नियम भित्र हुनुहुन्न ।

५.उहाँ अभौतिक हुनुहुन्छ किनकी उहाँ एक ठाउँबाट अर्को ठाउँमा सजिलै जानुहुन्छ ।

६.उहाँ व्यक्ति हुनुहुन्छ । निर्जीवले सजिब बनाउन सक्दैन ।

७.उहाँ असिमीत हुनुहुन्छ

८. उहाँ एक बुद्धिमान व्यक्ति हुनुहुन्छ ।

९.उहाँ एक उद्देश्य मुलक व्यक्ति हुनुहुन्छ । उद्देश्य विहिन व्यक्तिले उद्देश्य सहितको संसार बनाउन सक्दैन ।

१०.उहाँ नैतिकवान व्यक्ति हुनुहुन्छ ।

११.उहाँ वास्ता गर्ने व्यक्ति हुनुहुन्छ ।

परमेश्वर हुनुहुन्छ भन्ने विषयमा चार तर्कहरु

  • ब्रहमाण्ड सम्बन्धि तर्कः

यसलाई कारणको तर्क पनि भनिन्छ । ब्रहमाण्ड सम्बन्धी तर्कले यो कुरालाई जोड दिन्छ कि त्यसको कुनै कारण छ । जब हामी यो ब्रहमाण्डलाई नियालेर हेछौँ हामी यो आपैm आएको हो भनेर कसरी भन्न सक्छौँ ? यो ब्रहमाण्ड बनाउने पनि कोहि हुनुपर्छ र बनाउने व्यक्ति परमेश्वर पनि पक्कै हुनुपर्छ (भजनसंग्रह १९ः१,रोमी १ः१९,२०) ।

२.उद्देश्यमुलक तर्कः

हामी यो संसारको ढाँचा बनाउने र व्यवस्थित गर्ने कुराहरुमा परमेश्वरको कामलाई देख्न सक्छौँ । त्यस्तै हामी उद्देश्यमुलक तर्कमा परमेश्वरले यो संसारलाई बनाउनु भएको ढाँचा र यसको व्यवस्थित कुराहरुलाई हेरेर उहाँको उपस्थितीलाई देख्न सक्छाँै । यो संसारमा भएको हरेक कुराको कुनै न कुनै उद्देश्य छ र यो संसार जीवनको निश्चित छ । जुन कुरालाई हामी योजना गरेर कसैले बनाइ दिएको कुरालाई देख्न सक्छाँै (रोमी १ः२०,भजनसंग्रह ८ः३) । 

३.तत्व शास्त्र÷विश्वासको शास्त्रः

परमेश्वर हुनुहुन्छ भन्ने विचार आपैmमा उहाँ हुनुहुन्छ भन्ने प्रमाण हो । हरेक मानिसमा परमेश्वर हुनुहुन्छ भन्ने चेतना छ र उहाँ हुनुहुन्छ भनेर प्रमाणीत गर्न र विचार गर्न थाल्छ । यो पहिलो र दोस्रो तर्कको मिश्रण जस्तै हो तर यो विचारलाई प्रयोग गर्दा होसियार हुनुपर्छ किनकी कतिले उहाँ हुनुहुन्छ भनेर विश्वास गर्दैन ।

४.नैतिक तर्कः

नैतिक तर्कले मानिसमा ठिक बेठिकको चेतना र ठिक न्याय गर्ने एक व्यक्ति हुनुपर्छ भन्ने सोच्दछ भने त्यहाँ ठिक बेठिकको स्रोत परमेश्वर हुनुपर्छ भनेर मान्नु उचित हुन्छ । साथै एक दिन सबैको न्याय हुन्छ भनेर पनि सोच्दछ (२ कोरिन्थी २ः१४–१६)। हामी संसारमा भएको व्यक्तिलाई हेछौँ भने ठुलो सहर देखी साना गाँउको वस्ती जसको अरु संग सम्पर्क छैन । त्यस्ता व्यक्तिहरुको पनि नैतिक कुराकहरु समान छन् र त्यो नैतिक कुराको स्रोत हुनुपर्छ र उहाँ परमेश्वर हुनुहुन्छ ।

परमेश्वरको अस्तित्वः

                                     इसाईहरुको लागी परमेश्वर हुनुहुन्छ भनेर अर्को प्रमाण पनि छ जुन उहाँले दिनुभएको प्रकाश बाइबल हो ।

परमेश्वर को हुनुहुन्छ ?

उहाँ सबै थोकको कारण हुनुहुन्छ । उहाँ आपैmमा हुनुहन्थ्यो उहाँलाई कसैले बनाएको होइन । उहाँ सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ ।

                                     यी माथिको अधिक विवरणहरुद्धारा हामी निश्चित साथ भन्न सक्छौँ कि परमेश्वर हुनुहुन्छ । परमेश्वर देखिनु हुन्न र हामीले छुन सक्दैनौ यसैले उहाँ हुनुहुन्न भनी भन्छौ भनेता हामीले हावालई पनि देखेका छैनौँ । हामीले प्रेम, मायाँ, दाया, कृपालाई पनि देखेका छैनौँ । कति पय बस्तुहरुले अस्तित्वमा नभएपनि छ भन्ने कुरामा विश्वास गर्दछौँ भने परमेश्वर हुनुहुन्न भनी कसरी थाहा भन्न सक्छौँ । संसारमा कुनै बस्तु आफै बन्दैन तर परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभयो । परमेश्वर हुनुहुन्छ भनेर जति विश्वास गर्नको लागि प्रमाणहरु चाहिन्छ त्यो भन्दा कयौ गुणाबढी परमेश्वर हुनुहुन्न भन्ने कुरामा विश्वास गर्न प्रमाणहरु चाहिन्छ ।

                                     तर महत्वपूर्ण कुरा के हो भने कुनै पनि व्यक्तिले परमेश्वर छैन भने पनि जीवनको कुनै न कुनै मोडमा परमेश्वरको नाम पक्का लिन्छ । डार्बिन, ली, अगस्टिन, ीभ्भ् क्त्च्इद्यभ्ी यसका केही उदाहरणहरु हुन् यस्ता प्रमाण हामीहरुको मााझमा धेरै नै छन् । उदाहरणको लागि नेपाल ख्रीष्टियन महासंघको अध्यक्ष ज्यू पनि एक नास्तिक नै हुनुहुन्थ्यो । यस्ता उदाहरणहरु कयौँ छन् ।

कसैले भने परमेश्वर छैन ।

तपाईं कसरी भन्नु हुन्छ परमेश्वर छैन भनेर । कुनै पनि बस्तु अस्तित्वमा नभए सम्म मानिसहरुलाई थाहा हुन्न् तपाई आफै परमेश्वर भन्ने शब्द उच्चारण गर्नुहुन्छ भने कसरी छैन भन्न सक्नु हुन्छ । तपाईंको प्रश्नमा नै उत्तर छ । कुनै पनि बस्तु अस्तित्वमा नभएसम्म यसको बारेमा कुरा गरिदैन । कुनै प्रमाणको आधारमा मात्र कुरा गरिन्छ । आज भन्दा १००० बर्ष अगाडी मोबाइबलको कुरा गरिदैन थियो तर अहिले गरिन्छ किनकि त्यस बेला मोबाइल भन्ने नामको पनि उत्पति भएको थिएन । आज हामी बिभिन्न सभ्याताहरुको कुरा गछौँ तर आज त्यो सभ्याताहरु मध्ये कति छैन तै भएपनि थियो भनी विश्वास गछौँ । यस्तै परमेश्वर पनि हुनुहुन्छ । हो हामी उहाँलाई देख्न सक्दैनौ तर यसको अर्थ यो होइन कि उहाँ हुनुहुन्न । उहाँ नदेखिनु भएता पनि उहाँ हुनुहुन्छ ।

                                     अन्त्यमा परमेश्वर हुनुहुन्छ भन्ने तथ्थको स्पष्ट साक्षी दिने मानिसहरुका आन्तरिक चेतनाको अतिरिक्त, उहाँका अस्तित्वको प्रस्ट प्रमाण धर्मशास्त्र र प्रकृतिमा देखिँदछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
सन्निकट NCS महाधिवेशन : भव घलेको   शुभकामना, समिक्षा, चुनौति र सुझाव I
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम