single page header banner

प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • हालसालै बेलायत, भारतको सिलोङ, नेपालको प्रदेश नम्बर १स्थित इटहरी लगायतका ठाउँहरूमा आयोजित विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका नेपालका प्रख्यात ब्याण्ड हेब्जिवाह संङ्गीत झुण्डसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
  • हालसालै युके पुगेर तपाईंहरू आफ्नो प्रस्तुति दिएर आउनु भयो, समग्रमा युकेको कार्यक्रम कस्तो भयो ?

हालसालै बेलायत, भारतको सिलोङ, नेपालको प्रदेश नम्बर १स्थित इटहरी लगायतका ठाउँहरूमा आयोजित विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका नेपालका प्रख्यात ब्याण्ड हेब्जिवाह संङ्गीत झुण्डसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

हालसालै युके पुगेर तपाईंहरू आफ्नो प्रस्तुति दिएर आउनु भयो, समग्रमा युकेको कार्यक्रम कस्तो भयो ?

ऐतिहासिक र कार्यक्रम आयोजक र हामी दुबै पक्षको लागि एकदमै राम्रो भयो । युरोपियन देशमा कसैले बोलाएर गएको यो पहिलोचोटी हो । साउथ इङ्ल्याण्डका करिव ७०० जना युवाहरू भेला भएको यो कार्यक्रम ग्रीन फिल्ड भन्ने ठाउँमा २०१९ अक्टोवर २६ तारिखमा भएको थियो । सो कार्यक्रममा युकेको सबै ठाउँका युवाहरू भेला भएका थिए । कार्यक्रमको दोस्रो भाग पछि प्रायः सबै समय हेब्जिवाह ब्याण्डलाई दिइएको थियो र त्यहाँको लोकल संगीत झुण्डले पनि आफ्नो प्रस्तुति दिएको थियो । हामीले १०–१२ वटा भजन, गीत गाएर अन्तिममा स्तुति प्रशंसा गरेर कार्यक्रम सम्पन्न गरियो ।

त्यहाँ जाने अवसर कसरी प्राप्त भयो ?

धेरै पहिलादेखि एकजना भाइसँग हाम्रो कुरा भइराखेको थियो । हामी त्यहाँ जानलाई सितकुमार राई, कल्याण गुरुङ, खुपेन सुनुवार र उहाँको श्रीमती शर्मिला सुनुवार, एन.सी.सी युके र ख्रीष्टियन नेपाली चर्च मिलेर हामीलाई धेरै सहयोग गर्नुभयो ।

त्यहाँ कति समय बस्नुभयो ?

हामी करिव १३–१४ दिनको लागि युकेमा थियौं । विशेषगरी २६ तारिखका दिन केन्ट भन्ने ठाउँमा ठूलो कार्यक्रम गर्न पायौं । पछि वरिपरि रहेका अरु चर्चहरूले पनि हामीलाई बोलाउनुभयो । आइतबारको सेवा र घरेलु संगतिमा पनि हामी गयौं । हामीले त्यहाँको समय एकदमै ब्यस्त हुने गरी बिताउन पायौं ।

पछि सिलोङ पनि जानुभयो, त्यहाँ भएको कार्यक्रमका बारे केही भन्नुहुन्छ कि ?

सिलोङ जाने हाम्रो पहिलेदेखिको नै योजना थियो र चाइल्ड मिसन भन्ने सानो झुण्डसँग सहकार्य गरेका थियौं । भारतमा धेरै ठाउँमा कार्यक्रम गरिसकेका छौं तर अहिले गरेको कार्यक्रम एकदमै सफल भयो । करिव ८०० जना युवाहरू र विभिन्न स्थानबाट आएका विश्वासीहरू यो कार्यक्रमबाट आशिषित भएका थिए ।

नेपालको प्रदेश नं १ को इटहरीमा आयोजित कार्यक्रम कस्तो भयो ?

यो कार्यक्रम पनि एकदमै सफल भयो । विशेष गरी प्रदेश नं १ का मुख्य मन्त्री माननीय शेरधन राई लगायत क्षेत्रीय सभासद्को उपस्थिति थियो । उहाँहरूले आफूबाट अरु धर्मालम्बीहरूलाई जस्तै ख्रीष्टियनहरूलाई पनि साथ र सहयोग रहने र केही पर्दा हरपल सहयोग गर्न तयार रहेको बताउनुभयो । हामीले ख्रीष्टमस भजन गीत संगीत साथै अरु गीतहरू पनि गायौँ । हाम्रो लागि यो एकदमै राम्रो अवसर थियो र सु–समाचार सुनाउने पनि राम्रो समय मिल्यो ।

हेब्जिवाह म्युजिक सेन्टर किन खोल्नुभयो र कसरी चलिरहेको छ ?

हाम्रो उद्देश्य जवानहरूलाई प्लेटर्फम दिने र म्युजिकबाट सेवकाइ गर्ने हो । म्युजिक सेन्टरमा ८० जना जति विद्याथीहरू छन् । स्टुडियोमा रेकर्डिङ पनि चलिरहेको छ । प्राक्टिस रुम पनि घण्टाको ३०० रुपैयाँमा दिने गरेका छौं । चर्चहरूलाई आवश्यक पर्ने गुणस्तरीय सामसनका साउण्ड सिस्टमहरू एकदमै सुपथ मुल्यमा दिइरहेका छौं । चर्चको बजेटमा आउने भएकोले बजारको भन्दा सस्तोमा दिइरहेका छौं । महिनामा ७–८ वटा कार्यक्रमहरू भइराख्ने भएकोले ब्यस्त पनि भएका छौं ।

आगामी दिनका योजनाहरू के के छन ?

अष्ट्रेलिया र अमेरिका अप्रिलतिर जाने योजना छ । नेपालका पनि बिभिन्न कार्यक्रमहरू समावेश छन् । बाल सङ्गति सेवकाइ, म्युजिक सेवकाइ, साउण्ड सिस्टम ट्रेनिङ, रेकडिङ् तथा मिक्सिङ ट्रेनिङहरू सञ्चालन भइरहेका छन् ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

बिगत २० वर्षदेखि गीत संगीतद्वारा प्रभुलाई महिमा र प्रशंसा दिइरहेका छौं । कुनै पनि कुरा भन्ने बित्तिकै तुरुन्त हुँदैन त्यहि कारणले गर्दा निराश र हतास नहुनुहोस् । जब प्रभुले दिनुभएको कुरामा लामो समयसम्म इमान्दारी भएर लाग्छौं भने उहाँले हामीलाई उहाँको समयमा उठाउनु हुन्छ । प्रभुसँग छोटो होइन लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई पक्कै पनि आशिष दिनुहुन्छ । प्रभुले हामीलाई जे बरदान दिनुभएको छ, त्यसमा लगनशिल भएर लागौं र ती बरदानबाट नै हामी सबैले प्रभुको महिमा र प्रशंसा गरौं ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने  घाेषणा : तयारी युद्ध स्तरमा
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम