single page header banner

रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै

adminsangam adminsangam
मंगलबार, फाल्गुन 7, 2080
Social buttons loaded
समाचार सारांश
  •  शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको कारण जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ ।
  • हाल जाजरकोट र रुकुमको नागरिक सोकाकुल भएको अवस्थामा रुकुम र जाजरकोटका पास्टर तथा अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगको लागि खटिनुभएको छ ।

 शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको कारण जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ । हाल जाजरकोट र रुकुमको नागरिक सोकाकुल भएको अवस्थामा रुकुम र जाजरकोटका पास्टर तथा अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगको लागि खटिनुभएको छ । अकल्पनीय विपत आउँदा सबैले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ रुकुम र जाजरकोटबाट पास्टर अगुवाहरु सहयोगको लागि प्रभावित क्षेत्रमा हुनुहुन्छ । अहिले रुकुमको आठविसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिका भित्र रहेका ९१० घरहरु भत्केका छन् भने ८६१ घरमा आँशिक क्षति पुगेको छ । त्यसैगरी हालसम्म १५७ जनाको मृत्यु भएको छ ।

पास्टर अगुवाहरु भुकम्प प्रभावि क्षेत्रमा पुगेको र सक्दो सहयोग सँगै उत्साह सहित पिडितहरुको निम्ति प्रार्थना गर्ने गरेको रुकुमेली ख्रीष्टियन मिशन समाजका सल्लाहकार पास्टर जवाहारलाल पुनले जानकारी दिनुभयो । पास्टर जवाहरलाल पुनले भन्नुभयो, ‘हामी पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा सेवाको लागि खटिरहेका छौँ । अवस्था भयाबह छ । मानिसहरु निरास अबस्थामा छन् । यस्तो अवस्थामा सबैजनाले हातेमालो गरी सहयोग गर्नुपर्ने हुन्छ ।
भुकम्प प्रभावित क्षेत्रमा यदि कुनै चर्च वा व्यक्तिले सहयोग गर्न चाहेमा रुकुमेली ख्रीष्टियन मिशन समाज अन्तरगत प्रभावित क्षेत्रमा सेवाका लागि खटिनुभएका पास्टर अगुवा ज्यूसँग सहकार्य गर्न समेत पास्टर जवाहरलाल पुनले अनुरोध गर्नुभएको छ । यदि ख्रीष्टियन समुदायले संयुक्त रुपमा ठूलो रकम सहयोग गर्न पाएमा धेरै राम्रो हुने र वितरण गर्नको लागि पनि सजिलो हुने पास्टर जवाहरलाल पुनको भनाइ छ । व्यक्तिगत सहयोग थोरै हुने भएकाले संयुक्त रुपमा सहयोग जम्मा गरी ख्रीष्टियन समुदायको तर्फबाट वितरण गरेमा असल सन्देस समेत जाने पास्टर जवाहरलाल पुनले बताउनुभयो ।


हालसम्म रुकुम र जाजरकोटमा रहेका चर्च भवनहरु पूर्णरुपमा नढलेपनि आँशिक रुपमा क्षति भने पुगेको छ । घरहरुसँगै चर्च र मन्दिरहरु पनि भुकम्पको कारण चिरा परेका छन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न
सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम