ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
- जर्ज फ्रान्सिस रेनरको जन्म ख्रिष्टाब्द १९३९ मा दक्षिण अफ्रिाकामा भएको थियो ।
- उनी दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको गणित बिषयमा प्रोफेसर हुन् ।
जर्ज फ्रान्सिस रेनरको जन्म ख्रिष्टाब्द १९३९ मा दक्षिण अफ्रिाकामा भएको थियो । उनी दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको गणित बिषयमा प्रोफेसर हुन् । यसैले उनी गणितीय विभागको प्रोफेसरको रुपमा काम गर्दै आइ रहेका छन् । उनले ख्रिष्टाब्द १९६० मा Cape Town विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्नातक गरेका थिए भने १९६४ मा क्याब्रिज विश्वविद्यालयबाट प्रयोगात्मक गणित र सौद्धान्तिक भौतिकशास्त्रमा पी.एच.डी गरेका थिए । सोही विश्वविद्यालयमा १९६५ देखि १९६७ सम्म अनुसन्धनको क्षेत्रमा रहेका काम गरेका थिए भने १९७० मा प्रयोगात्मक गणित र सैदान्तिक भौतिकशास्त्रका लेक्चरर (व्याख्याता)को रुपमा पनि काम गरेका थिए । उनको व्यावसायिक अनुसन्धानका बिषय भनेको सापेक्षताको सिद्धान्त, ब्रह्माण्ड विज्ञान र मानिसको मष्तिष्कको अध्ययन गर्ने रहेको छ ।
उनी क्याम्ब्रिज विश्वविद्यालयको लेक्चरर, इन्टरनेशनल स्कूल अफ एडभान्स्ड स्डडीजमा ब्राह्मण्डीय भौतिकशास्त्रको प्रोफेसरका साथै विश्वका विभिन्न विश्वविद्यालयमा प्रोफेसको रुपमा कार्य गर्ने गर्दछन् । सापेक्षताक सिद्धान्त र ब्रह्माण्ड विज्ञानको बिषयमा ३०० भन्दा बढी आफ्ना लेखहरु प्रकाशन गरि सकेका छन् ।
जर्ज बिशेषगरी विज्ञान र धर्म बिषयमा बढ रुची राख्ने वैज्ञानिक हुन् । विज्ञान र धर्म भन्ने बिषयमा उनले कलम चलाएका थिए जस स्वरुप उने टेम्पलटन नामक पुरस्कार पनि प्राप्त गरेका थिए । जर्जले ब्रह्माण्डको उत्पत्ति र अन्तरिक्ष र समयको प्रकृतिको बारेमा अत्याधुनिक सिद्धान्तहरूमा काम गरेका छन् । ब्रह्माण्डलाई नियन्त्रित गर्ने भौतिक नियमहरू भएजस्तै ब्रह्माण्डको नैतिक जग पनि छ भनी तिनी प्रस्ताव गर्छन् ।
ख्रिष्टाब्द १९७३ मा द लार्ज स्केल स्ट्रक्चर अफ स्पेस–टाइम नामक पुस्तकको लेखक स्टीफन हकिङसँग मिलेर सह–लेखकको रुपमा पुस्तक लेखेका थिए । यो पुस्तकलाई ब्रह्माण्ड विज्ञानको विश्वको अग्रणी सिद्धान्त मध्ये एक मानिन्छ । १९८९ देखि १९९२ सम्म उनी the International Society on General Relativity and Gravitation. को अध्ययको रुपमा काम गरेका थिए । उनी International Society for Science and Religion पुर्व अध्यक्ष पनि थिए । उनलाई सन् १९९९ मा नेल्सन मण्डेलाबाट अर्डर अफ द स्टार अफ साउथ अफ्रिकाबाट सम्मानित गरिएको थियो । मे १८, २००७ मा उनी ब्रिटिस रोयल सोसाइटीमा पनि चुनिए । यो सोसाइटीको भुमिका भनेको विज्ञान र यसको फाइदाहरू प्रवर्द्धन गर्दै, विज्ञानमा उत्कृष्टतालाई मान्यता दिँदै, उत्कृष्ट विज्ञानलाई समर्थन गर्दै, नीति, शिक्षा र सार्वजनिक संलग्नताको लागि वैज्ञानिक सल्लाह प्रदान गर्दै र अन्तर्राष्ट्रिय र विश्वव्यापी सहयोगलाई बढावा दिन हो ।
उनले एनिसोट्रोपिक ब्रह्माण्डविज्ञान (anisotropic cosmologies) र इनहोमोजेनियस ब्रह्माण्डहरू ( inhomogeneous universes) र ब्रह्माण्ड विज्ञानको दर्शनमा काम गरेका छन् ।
उनका प्रसिद्ध पुस्कहरु मध्ये बिफोर द बिगिनिङः कस्मोलोजी एक्सप्लेन, अन द मोरल नेचर अफ युनिभर्स (थेयोलोजि एण्ड द साइन्स), फर फ्युचर युनिभर्स हुन् ।
जर्ज फ्रान्सिस रेनर वैज्ञानिकका साथै एक असल ख्रीष्टियान पनि हुन् । उनले इसाइमतको समर्थनमा विभिन्न पुस्तकहरु लेखी पुरस्कार पनि प्राप्त गरेका छन् । परमेश्वरमा माथि विश्वास र विज्ञानलाई सँगसगै लाने वैज्ञानिकहरु मध्ये उनी पनि एक हुन् । उनली येशू बारेमा लेख्नछन्, “परमेश्वरको प्रकृति नासरतका येशूको जीवन र शिक्षाहरुमा सबैभन्दा उत्तम रुपमा प्रकट भएको छ…”
सन्दर्भ सामाग्री
Ellis, F. R., George – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/George_F._R._Ellis.
“Prof. George F. R. Ellis FRS | Faraday,” accessed June 25, 2023, https://www.faraday.cam.ac.uk/about/people/prof-george-f-r-ellis-frs/.
“Ellis, F. R. George. Science and Hope | The On Being Project,” accessed June 25, 2023, https://onbeing.org/programs/george-f-r-ellis-science-and-hope/.
Gibbs, W. W. (1995). “Profile: George F. R. Ellis – Thinking Globally Acting Universally”. Scientific American. 273 (4): 50–55
“George F. R. Ellis – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/George_F._R._Ellis.
“Royal Society – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/Royal_Society.
Does god exist? – scientists and God – George Francis Rayner Ellis – 2nd quarter 2022. (n.d.). https://doesgodexist.org/Journals-2022/2ndQtr22/George_Ellis–Scientists-2ndQtr22.html
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
“आमेन” को अर्थ
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I







