single page header banner

सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ

Pramodkhadka Pramodkhadka
बिहिबार, पौष 8, 2079
Social buttons loaded
समाचार सारांश
  •  गोविन्द विश्वकर्मा ।
  •   २३ भदौ, काठमाडौं ।

 गोविन्द विश्वकर्मा ।  २३ भदौ, काठमाडौं । सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ । पछिल्लोसमय एकपछि अर्काे विवादमा मुछिदै पार्टी नै फुटको संघारमा पुगेकोबेला सबै विवाद मिलाएर अघि बढेको पार्टीले पत्रकार सम्मेलन मार्फत जनाएको हो । पार्टीको केन्द्रीय कार्यकारिणी समिति तथा प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक पश्चात आफुहरुको सबै आन्तरिक विवाद समाधान भई सहमतिमा आएको पार्टीका अध्यक्ष सी.बी. गहतराजले जानकारी दिनुभयो ।

अध्यक्ष गहतराजले आर्थिक अपचलन गरेको, पार्टीमा एकल निर्णय लिएको लगायतका कारण देखाउदै पार्टी भित्रकै एक समूह अलग रहि अध्यक्षप्रति असन्तुष्टि प्रकट गरिरहेको थियो । तर अध्यक्ष गहतराजले गैंडाकोटको ग्रेस चर्चलाई जग्गा उपलब्ध गराएपश्चात उक्त समूह केही लचिलो देखिएको छ । निरन्तरको छलफल र आपसी समझदारी पश्चात आज बुधबार पार्टीका सम्पूर्ण पदाधिकारीहरु मेलमिलापमा आएको पार्टीका वरिष्ठ उपाध्यक्ष प्रेम बहादूर कार्कीले बताउनुभयो । भैसेपाटीको क्वालिटी हलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश एकका अध्यक्ष ईन्द्र राईले आफुहरु सामाजिक न्याय सहितको लोकतन्त्रका लागि अग्रपंतीमा रहेकोले त्यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । सामाजिक एकता पार्टी भर्खरै जन्मिएकाले सुरुमा केही तिक्तता र असमझदारी हुनु स्वभाविक रहेको तर सबै कमिकमजोरी तथा वैमनष्यता हटाई अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । यता मधेश प्रदेशका अध्यक्ष डेबिड थापाले पनि पार्टीले केन्द्रमा रहेर कुनै निर्णय लिनुभन्दा पहिले प्रदेश र जिल्लासँग समन्वय गर्नु आवश्यक रहेको औंल्याउनुभयो । केन्द्रमा लिईने कतिपय निर्णयले प्रदेश र जिल्ला सम्मै असर पार्ने उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा आफुहरुले अध्यक्ष सी.बी. गहतराज विरुद्ध निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिएको विषयमा बोल्दै पार्टीका उपाध्यक्ष चन्द्रमाया श्रेष्ठले भन्नुभयो “सामाजिक एकता पार्टीमा केही आन्तरिक कुराका कारण फाटो आएको थियो तर सबै प्रकारका असमझदारी हटेको छ । दुवै पक्षले जितेका छौँ ।” उहाँले जोड्नुभयो “ हामीले विगतका सबैकुरा भुलेका छौँ । आज बहस भयो, आन्तरिक छलफल भयो र अब देखि सबैले सबैलाई सम्मान गर्नेछौँ । व्यक्तिगत मामलालाई संस्थागत गरि पार्टीलाई हानी पुर्याउने कुनै पनि किसिमको क्रियाकलाप नगर्ने र नगर्न आग्रह गर्दछु ।”

संयुक्त बैठकको सभाध्यक्षता ग्रहण गर्नुभएका पार्टीका अध्यक्ष सी.बी. गहतराजले कार्यक्रमको अन्तिममा बोल्दै अब आफुहरुलाई कुनै शक्तिले पनि फुटाउन नसक्ने बताउनुभयो । “हामी देशको भविष्य निर्माण गर्न हिडेका छौं, हाम्रो लक्ष्यमा पुग्नलाई यी सानातिना कुराहरु विर्सेर अघि बढ्नु जरुरी छ ।” उहाँले भन्नुभयो “आगामी निर्वाचनमा अब कम्मर कसेर अघि बढ्नुपर्छ । यो बिचमा मलाई व्यक्तिगत रुपमा बदनाम गराउन केही तत्वको खेल थियो तर सबै परास्त भएको छ ।” सामाजिक एकता पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनमा देशैभर डिएसएमार्फत चुनावमा होमिने तैयारीमा छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नाम होइन हृदय परिवर्तन गरौँ
नाम होइन हृदय परिवर्तन गरौँ
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
सच्चाइ केन्द्रकी  ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम