single page header banner

जीवन पछि जीवन – सम्पादकीय

Pramodkhadka Pramodkhadka
आइतबार, श्रावण 9, 2080
Social buttons loaded
समाचार सारांश
  • मृत्यु एक वास्तविकता हो, जसको अगाडि हामी सबै असहाय बन्छौं, हाम्रो शैली र हैसियतले कुनै महत्व राख्दैन।
  • बाइबलले स्पष्ट पारेको छ, “मानिसले एक पटक मर्नु  नै पर्छ, अनि त्यसपछि न्याय आउँछ” (हिब्रू ९ः२७)।

मृत्यु एक वास्तविकता हो, जसको अगाडि हामी सबै असहाय बन्छौं, हाम्रो शैली र हैसियतले कुनै महत्व राख्दैन। बाइबलले स्पष्ट पारेको छ, “मानिसले एक पटक मर्नु  नै पर्छ, अनि त्यसपछि न्याय आउँछ” (हिब्रू ९ः२७)।

अर्नेस्ट हेमिङ्वेले एक पटक भनेका थिए, “जीवन एउटा फोहोरी चाल हो, शून्यताबाट शून्यतासम्मको छोटो यात्रा। जीवनमा कुनै पनि कुराको उपाय छैन। ब्रह्माण्डमा मानिसको लक्ष्य जलिरहेको मुडोमा कमिलाहरूको उपनिवेश जस्तै हो।”

बाइबलका र संसारका सबै महान् पुरुषहरूले भनेका छन् कि मानिस मरणशील हो, र हामी हाम्रो वरिपरि मृत्यु देख्छौं। मृत्यु हामी सबैको हुन्छ, तर हामीमध्ये धेरैलाई मर्न डर लाग्छ। लियो टोलस्टोयको काल्पनिक पात्र इभान इलिच भन्छन्, “सबै मानिसलाई म मर्नुपर्छ भन्ने हुन सक्छ, तर त्यो ज्यादै भयानक हुनेछ।”

यी तथ्यहरूलाई ध्यानमा राख्दै, हामीले तीनवटा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन आवश्यक छ –

१) पहिलो प्रश्न हो, “के परमेश्वर निर्दयी भएको कारण अप्रत्याशित समयमा मानिसहरूलाई फिर्ता बोलाउनु भएको हो?” यसको जवाफ होईन भन्ने हुन्छ, किनभने धर्मशास्त्रले भन्छ, “यसैकारण, जसरी एक जना मानिसद्वारा संसारमा पाप आयो र पापद्वारा मृत्यु, र यसरी मृत्यु सबै मानिसहरूमा आयो, किनभने सबैले पाप गरे” (रोमी ५:१२)। शुरुमा, मृत्यु परमेश्वरको योजनाको कुनै हिस्सा थिएन, तर मानिसले आफ्नो पापको ज्यालाको रूपमा मृत्यु प्राप्त गर्यो।

२) दोस्रो प्रश्न हो, “मानिस मृत्युसँग किन डराउँछ?” वास्तवमा, हामीले मृत्युसँग डराउनु पर्दैन। धर्मशास्त्रले हामीलाई बताउँछ, “किनभने मानिसको पापबाट मृत्यु आयो, मरेकाहरूको पुनरुत्थान पनि मानिसद्वारा नै भयो। किनकि जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबै जीवित हुनेछन् (१. कोरिन्थी १५:२१-२२)। मृत्यु जीवनको अन्त्य होइन, नयाँ शुरुवात हो। शारिरीक जीवन पछिको आत्मिक जीवनको बारेमा अनभिज्ञ भएकोले गर्दा मानिसलाई मृत्युसँग डर लाग्छ।

३) तेस्रो प्रश्न हो, “मानिस छोटो उमेरमा मर्नु दुःखद कुरा होइन र?” हो, यदि पुनरुत्थान छैन भने, यो पक्कै दुःखद छ, किनकी जीवन छोटो छ र मृत्यु कुनै पनि उमेरमा हुन सक्छ। बाइबलले धर्मी र दुष्ट दुवैको पुनरुत्थान हुनेछ भनेर स्पष्ट रूपमा घोषणा गर्दछ (प्रेरित २४:१५)।

धार्मिक पुनरुत्थानको आशामा मर्नेहरूले शान्तिमा मृत्युको सामना गर्छन्। त्यही भएर डी. एल. मुडीले आफ्नो मृत्युभन्दा अगाडि भनेका थिए, “मेरो अगाडि स्वर्ग खुला छ र पृथ्वी हट्नेछ। यो कुनै सपना होइन। यो सुन्दर छ। यदि यो मृत्यु हो भने, यो मीठो छ। यहाँ कुनै उपत्यका छैन। परमेश्वरले मलाई बोलाउँदै हुनुहुन्छ र म जानुपर्छ। मलाई फिर्ता नबोलाउनुहोस्।”

मृत्युप्रतिको हाम्रो मनोवृत्ति वास्तवमै ख्रीष्टप्रतिको हाम्रो विश्वासमा निर्धारण हुन्छ। उहाँ मात्र एकजना हुनुहुन्छ, जसले मृत्युलाई सफलतापूर्वक चुनौती दिनुभयो र घोषणा गर्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मानिस मरे तापनि बाँच्नेछ” (यूहन्ना ११:२५)।

रिडर्स डाइजेस्टमा, पावल जोन्सनले लेखेका छन्, “दुई हजार वर्षअघि, एकजना मानिस यस संसारमा नम्रता, प्रेम र आत्माको कमजोरीको सिद्धान्तलाई प्रचार गर्न आउनु भएको थियो। वास्तवमा यही शिक्षाले जरा गाड्यो, यो उम्रियो र मौलायो। यो अझै पनि हामीसँग छ।” इसाई युगले, दुई सहस्राब्दी पुरा गरेको छ। हामी मानवजातिले -पुनरावर्ती अनिकालहरु, भुकम्पहरु, प्राकृतिक प्रकोपहरु, र कोभिड जस्ता धेरै महामारीहरूलाई जितेका छौं, तर हामीले मृत्युलाई जित्न सकेका छैनौं।

येशू ख्रीष्टले हामीलाई यो अन्तिम रहस्यको कुञ्जी प्रदान गर्नु भएको छ। उहाँले हामीमा मृत्युको डरको बिरुद्धमा एउटा औषधि प्रदान गर्नु भएको छ, त्यो हो – अर्को संसारको दृढ प्रतिज्ञा र यसमा प्रवेश गर्ने माध्यम। त्यो मानिसको लागि येशू प्रभुले छोड्नु भएको स्थायी विरासत हो, उहाँ जिउनुभयो, मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँले जस्तै हामीले मृत्युमाथि विजय प्राप्त गर्न सकौं।

अचम्मको भावना व्यक्त गर्न सजिलो छैन, तर पनि पुनरुत्थानको आश्चर्यलाई बिचार गरौं, यो कति महान कुरा छ …….। आशिर्वाद।

जयमशी डट कम, इस्टर विशेष
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
उत्पत्तिको पुस्तकको लेखक को हुन् ?
उत्पत्तिको पुस्तकको लेखक को हुन् ?
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम