single page header banner

मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´

admin admin
आइतबार, कार्तिक 3, 2079
Social buttons loaded
समाचार सारांश
  • -सत्तल सिङ लामा मानिसको जीवनमा कुनै यस्ता पलहरु हुन्छन्, जसलाई बिर्सनै सकिदैन र जति विर्सन खोजीन्छ त्यति नै ने ती ताजा भैदिन्छन् ।
  • अतितका कुनै कनै यादहरु हराएर र बिलाएर जान पनि हुदैन ।

-सत्तल सिङ लामा

मानिसको जीवनमा कुनै यस्ता पलहरु हुन्छन्, जसलाई बिर्सनै सकिदैन र जति विर्सन खोजीन्छ त्यति नै ने ती ताजा भैदिन्छन् । अतितका कुनै कनै यादहरु हराएर र बिलाएर जान पनि हुदैन । त्यस्ता पलहरुलाई संगालेर राख्नुपर्दछ जसले इतिहास निर्माण गर्ने गर्दछ । त्यस्तै प्रकारले मानिसको जीवनमा कोही कोही यस्ता व्यक्तिहर जसलाई विर्सनै सकिदैन र बिर्सीदियो भने ती व्यक्तिप्रति अन्याय नै हुन्छ। मानसपटलबाट ती व्यक्तिहरुको तस्बीरहरु विलिन भएर जादैन ।

एउटा प्रश्न उब्जिन सक्छ कि किन कोही व्यक्तिलाई यसरी विर्सन पनि सकिदैन र विर्सन पनि हुंदैन । यसरी विर्सन नसकिने र नहुने हुनको निम्ति केही न केही काम, लगानी र योगदान गरेको हुनुपर्दछ । कसैको निम्ति केही गरेकै हुनुपर्दछ, अनि मात्र ती व्यक्तिप्रति श्रद्धाले शिर झुक्दछ र ती व्यक्तिलाई सदैव सम्झिरहिन्छ र संधै सवै ती व्यक्तिप्रति धन्यवादी भैरहन्छन् । यसरी मेरो जीवनमा विर्सन नसकिने पलहरूमध्ये मेरो जीवनको महत्वपूर्ण पलहरु अर्थात् मेरो बाल्यकाल र मेरो जीवनको उर्जाशील समय बितेको ठाउँ जुटपानी होस्टेल हो । त्यस्तै प्रकारले मैले मेरो जीवनमा विर्सन नहुने र विर्सन नसकिने व्यक्तिहरूमध्ये एक जना महत्वपूर्ण व्यक्त्वि हुन् आपा अर्थात स्वर्गीय प्रेम दयाल प्रधान ।

मेरो जीवनमा आपाले जुन योगदान अर्थात् लगानी गर्नुभएको छ, त्यो अतुलनीय छ । म आज जे छु, जहाँ छु र जे गर्दैछु, ती सवै उहांकै कारणले हाे । यदि मैले यो होस्टेलमा आएर पढ्न नपाएको भए सांच्चै म आज याे अवस्थामा हुने थिइन, यसमा कुनै दुई मत नै छैन । मेरो जन्म धादिङ जिल्लाको एक दुर्गम, अशिक्षित र गरीब परिवारमा भएको थियो । गाउँमा सुसमाचार आएको केही वर्षपछि मेरो परिवारले पनि येशू खीष्टमा विश्वास गर्नुभएछ। यसरी विश्वास गरेको केही समयपछि स्थानीय मण्डलीका पास्टर शिवमान तामाङज्यूको सिफारिशमा अरु साथीहरु संगै मलाई पनि जुटपानी होस्टेल लगियो, जहाँबाट मेरो औपचारिक शिक्षाको आरम्भ भयो। मैले त्यहा कक्षा शिशुदेखि १० सम्म पढें । यसरी यही समय र ठाउंमा ने मैले येशू ख्रिष्टको बारेमा पनि राम्रोसंग सुन्ने र सिक्ने मौका पाएर येशू खीष्टलाई मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरी आत्मिक जीवनको नयाँ यात्राको पनि थालनी गरेको थिएँ । बि.सं. २०४६ सालमा एम एल सी पास गरेपछि म आफ्नै गाउँमा फर्की त्यहाँको मण्डलीको सेवाकाइमा सहायता पुर्याउन थालें । यसरी गाउंमै हुंदा एक पटक गाउँको मण्डलीमा एउटा आत्मिकी जागृति सम्मेलनको आयोजना भएको थियो, जहाँ विभिन्न वक्ताहरुकाे साथमा सर्लाही जुटपानीबाट माया आन्टीसहितको टोली आउनुभएको थियो । त्यही सम्मेलनमा माया आन्टीले मलाई साेध्नुभयाे कि सत्तल तिमी के गर्दैछाै र के गर्ने याेजना छ ? मैले आन्टीलाई मेरो वर्तमान र भविष्यको लक्ष्यको बारेमा बताए अनि उहाले भन्नुभयो कि आपालाई एउटा चिट्ठी लेख्नु । अनि मैले उहाँलाई एउटा चिट्टी लेखे र केही समयपछि आपाले मलाई जुटपानीमा बोलाउनुभयो । जब म त्यहाँ पुगें आपासँग मेरो कुराकानी भयो। उहाँ संगकाे को कुराकानीमा बाइबल कलेज पढ्न चाहेको इच्छा व्यक्त गरें । तर त्यही समय स्कुलवाट लेखापाल सर प्रेमप्रसाद आचार्य आपासँग भेट्न आउनुभयो र भन्नुभयो स्कुलमा मलाइ सहायता गर्न एक जना सहायक लेखापालकाे खांचाे भयाे । त्यसपछि आपाले मलाई त्यस स्थानमा काम गर्नु र हाेस्टेलमा पनि सहायता गर्नु भनेर भन्नू भयाे, जुन कुरालाइ मैले स्विकार गरें । मैले सात वर्ष त्यहां काम गरे ।

विद्यार्थी जीवनमा हुँदा मैले आपासंग व्यक्तिगत रुपमा त्यति नजीक हुने विशेष मौकाहरु प्राप्त गरिन । सामान्यता अरु विद्यार्थीहरुको जस्तै गरी मेरो पनि समय बित्यो । तर पढाइमा म अलि राम्रो भएकोले र त्यति धेरे बदमासी काम पनि नगरेकोले आपाले मलाई माया नै गर्नुहुन्थ्यो । जब फेरि अर्को भूमिकामा म जुटपानीमा प्रवेश गरें, त्यसपछि आपासंग नजीक भएर काम गर्ने मौका पाएँ । स्कुलमा शिक्षक तथा सह-लेखापाल र होस्टेलमा होस्टेल इन्चार्जको रुपमा काम गर्दा आपालाई मैले नजीकबाट नियाल्ने तथा बुझ्ने मौका पाएँ। बिभिन्न विषयहरुलाई लिएर कुराकानी तथा छलफल गर्नुपर्ने हुन्थ्यो । यसरी कुराकानी गर्दा उहाँको कान अलि कमजोर भएकोले उहालाई कुरा बुझाउन नसक्दा कैयौं पटक गाली पनि खाएकोछु। तर पनि उहाँको एउटा बोलीले म निको हुन्थे । उहाले भन्ने गर्नुहन्थ्यो कि जसलाई मैले गाली गर्छु, म त्यसलाई माया पनि गर्छु। मैले गाली गर्दा चुप लागेर बस्नुपर्छ, मेरो रिस केही समयपछि शान्त हुन्छ भनेर भन्नुहुन्थ्यो । साच्चै पछि शान्त भएर सामान्य अवस्थामा आउनुहुन्थ्यो र कुराकानी पनि गर्नुहुन्थ्यो । उहाँबाट माया पाएको आभास हुन्थ्यो । यसरी ७ वर्ष जुटपानीमा रहेर सेवा गर्दा उहासँग बिताएका केही क्षणहरु तथा संगै यात्रा गरेका क्षणहर आज पनि मेरो मानसपटलमा ताजै छ । उहाले सिकाउनुभएका शिक्षाहरु र उहाले भन्नुभएका कतिपय कुराहरु अझै पनि याद आउंछ । अमेरिका जानुहुने बेलामा होस्टेलमा रहेका विधार्थीहरुको फोटो खिच्ने बेलामा यसरी फोटो खिच्नु र नामवली राख्नु भनेर सिकाउनु हुन्थ्यो ।

उहाँले प्रभुको लागि गर्नुभएको दुःख कष्ट र उहाँले भन्नुभएकाे सतावट र जेलमा विताएका अनुभवहरु सुनाउनु हुंदा मलाइ सार्है ठुलाे आशिषकाे महशुष हुन्थ्याे । झन जेलमा हुंदा प्रभुले त्यहां गर्नुभएका कामहरु सुन्दा अचम्म लाग्थ्याे । यसरी नजिकबाट आपाको जीवनलाई नियाल्दा उहाँलाई साँच्चिकै प्रभुले नेपाल देशमा धेरैको आत्माहरु बचाउन र धेरैको जीवन परिवर्तन गर्न पठाउनुभएको कुरालाई नकार्न सकिन्न । नेपालमा परमेश्वरको राज्य फैलाउन उहाँले धेरै नै योगदान गर्नुभएको देखिन्छ, जसलाई बिर्सनु हुन्न । आजको दिनसम्म नेपाली इसाई समुदायमा प्रभुको खातिर सबैभन्दा बढी जेल जीवन बिताएको व्यक्तिको रुपमा हामी उहाँलाई देख्छौं भने नेपालमा स्कूल खालेर धेरै गरीब बिधार्थीहरुलाई शिक्षा दिइ नेपाल देशको लागि र प्रभुको कामको लागि खेतालाहरु तयार गर्ने क्षेत्रमा पनि उहांकाे योगदान धेरै नै देखिन्छ । उहाँको स्कुल र होस्टेलमा पढेका हजारौ बिधार्थीहरु नेपालमा र नेपाल बाहिर विभिन्न देशहरुमा सेवा गर्दैछन ।

आपाले जुटपानीमा स्कूल र होस्टल खोल्नुभएको कारणले नै मैले पढ्ने मौका पाएँ भने पछि फेरी मलाई बोलाउनु भएकाे कारणले मैले त्यहाँ स्कुलमा पढाउने र हाेस्टेलमा विधार्थिहरुकाे विचमा सेवा गर्ने माैका पनि पाएँ। प्रभुलाई धेरै धेरै धन्यवाद होस र यो हृदय सदैव आपाप्रति धन्यवादी छ र सदैव यो आत्माले उहाँलाइ सम्झिनेनै रहेछ ( दानिएल १२: ३ ) । साथसाथै मेरो जीवनलाई यहाँसम्म ल्याउन जति जना प्रभुका जनहरुले प्रत्यक्ष – अप्रत्यक्षरुपमा सहायता गर्नुभयो, उहाँप्रति पनि यो हृदय धन्यवाद भन्दछ ।

-सत्तल सिङ लामा, भरतपुर, चितवन ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम