जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
- जोन काल्भिनको जीवनीलाई दुई भागमा विभाजन गरेको पाइन्छ ।
- काल्भिनको जीवनीको पुर्वाधमा (पहिलो अवस्थामा) काल्भिन प्रायः घुम फिरको जीवन विताउँथे भने विद्यार्थी भएको नाताले पढाइमा पनि समय दिन्थे वा विताउँथे ।
जोन काल्भिनको जीवनीलाई दुई भागमा विभाजन गरेको पाइन्छ । काल्भिनको जीवनीको पुर्वाधमा (पहिलो अवस्थामा) काल्भिन प्रायः घुम फिरको जीवन विताउँथे भने विद्यार्थी भएको नाताले पढाइमा पनि समय दिन्थे वा विताउँथे । काल्भिनको जीवनको उत्तरार्धमा (पछिल्लो अवस्थामा) उनी आफु जेनेभामा एक उच्च नागरिक बनेर स्वीजरल्याण्डको फ्रेन्च भाषामा बोल्ने मानिसहरु बसोबास गर्ने ठाउँमा भएका मण्डलीहरुमा सुधार गर्ने काम गरे । जोन काल्भिनको जन्म फ्रान्सको उत्तरपूर्वी भाग नियोन (Noyon) भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँमा काल्भिनका बाबुले असल काम र नाम पाएका थिए । काल्भिनको पढाइको लागी मण्डलीबाट सहयोग पनि उपलब्ध गराएका थिए । यसैकारण शिक्षा क्षेत्रमा लगनशील भएर सुधारको तयारी गर्ने काल्भिनलाई ठुलो मौका मिलेको थियो । पेरिस विश्वविद्यालयको अध्ययनको समयमा काल्भिनले एक जना मानविकी शास्त्रका शिक्षकलाई भेटे । यीनै शिक्षको जीवनबाट काल्भिन अत्यन्तै प्रभावीत भए र पेरिस विश्वविद्यालयमा नै काल्भिनले सुधारवादी सिद्धान्तको परिचय गराए । पेरिस विश्वविद्यालयको अध्ययन पछि उनी अरु दुइ विश्वविद्यालयमा पनि अध्ययनको लागी गए । A.D.1531 मा काल्भिनले कानुनको डिग्री प्राप्त गरे र वकिल बने । त्यस पछि मानविकी शास्त्रको विषयमा लेखहरु लेख्न थाले ।
पेरिस विश्व विद्यालयमा अध्ययन गरिरहँदा काल्भिनले अरु सुधारवादि सिद्धान्तलाई मान्ने व्यक्तिहरु संग मिलेर एउटा लेख प्रकाश गरे । त्यस पछि फ्रान्स छोडेर काल्भिन वासिलमा गए । त्यहाँ पनि उनी चुपचाप बस्न सकेनन् । उनले धरै सुधारवादि पुस्तकहरु लेखे । फ्रान्समा भएका प्रोटेस्टेन्टहरुलाई बचाउनको लागी फेरी एउटाले लेख लेखेर प्रकाशित गरे ताकि विश्वासीहरुको बचावट हुन सकोस् । यी दुःख भोगीरहेका प्रोटेस्टेन्टहरुलाई सुरक्षा प्रधान गर्न फ्रान्सका राजालाई समेत काल्भिनले सुधारवादि सिद्धान्त मान्नका लागी अनुरोध गरे । क्रमशः काल्भिनले लेखहरु लेख्दै गए । अन्त्यमा धेरै लेखहरुलाई ४ वटा पुस्तकहरुमा विभाजन गरियो । पुस्तकमा ८० वटा अध्यायहरु थिए । काल्भिनले लेखेका यी सबै पुस्तकहरुमा इसाइ सिद्धान्तका प्रत्येक विषयहरुमा छलफल गरिएका थिए । वास्तवमा काल्भिनले यी सबै कार्यहरु मार्टिन लुथरद्धारा प्रभावित भएर गरेका थिए । जोन काल्भिनले बाइबलका सम्पूर्ण कुराहरुलाई स्वीकार गरेको देखिदैन तर प्रत्येक विश्वासलाई बाइबलको आधारमा छलफल गरेर विकास गरेको पाइन्छ ।
जोन काल्भिनले विकास गरेका सिद्धान्तहरु
१.विश्वासद्धाराको धार्मिकता (रोमी ५:१,१:१७)
मार्टिन लुथरले जस्तै जोन काल्भिनले पनि विश्वासद्धाराको धार्मिकतालाई जोड दिए । अर्थात ख्रीष्ट येशुमा गरिएको विश्वासद्धारा मात्रै मानिस धर्मि ठहरिन सक्छ भन्ने कुरालाई जोड दिए । काल्भिनले परमेश्वरलाई सर्वज्ञानी, सर्वव्यापी र पूर्ण शक्तिमानको नामले सम्बोधन गरेका छन् ।
२.पूर्ण पतनः
आदमले पाप गरेको कारणले उ पूर्ण रुपमा पतन भयो र त्यो पतन हुने स्वभाव सबै मानिसहरुमा स¥यो वा फैलिदै आयो । आदमले आफ्नो पापबाट छुट्कारा पाउन अथवा मुक्तिको निम्ती केहि पनि गर्न सकेनन् । किनकी उनी पूर्ण रुपमा पतन भएका थिए । आदममा सबै मानिसहरु साहारा हिन(साहारा नपाएको) र आशा हिन(आशारहित) भएका छन् ।
३.चुनिएकाः
यो चुन्ने काम पनि मानिसको गुण र ज्ञानबाट होइन । चन्नु काम परमेश्वरको इच्छामा भर पर्दछ भनेर काल्भिनले सिद्धान्त बनाए । परमेश्वरले कसैलाई मुक्ति दिनको लागी कसैलाई दण्ड दिनको लागी चन्नुभएको छ (रोमी ८:२९,३०) ।
४.प्रयश्चितः
काल्भिनले विश्वास गरेका थिए कि ख्रीष्टले क्रुसमा गर्नुभएको काम ति मानिसहरुको लागी मात्र सिमीत छ, जसलाई परमेश्वरले मुक्तिको लागी चुनि सक्नुभएको छ ।
५.सन्तहरुको सुरक्षाः
काल्भिनले सन्तहरुको सुरक्षा, चुनिएकाहरु जो पवित्र आत्माको कामद्धारा अनिवार्य रुपमा बचाइएका छन्, तिनीहरु कहिल्यै पनि नष्ट हुने छैनन् । काल्भिनको सिद्धान्त अगस्टिनको सिद्धान्त संग मिल्दाजुल्दा छन् । काल्भिन बाइबलबाट अगस्टिनको सिद्धान्तमा गए तर अगस्टिनबाट बाइबलमा आएनन् ।
जोन काल्भिनका कामहरु
काल्भिनले आफ्नो महत्वपूर्ण काम÷समय सिद्धान्त लेख्ने काममा नै विताए । परमेश्वरको प्रभुत्वलाई आफ्नो लेखनमा जोड दिए । काल्भिनलाई एक महान लेखकको रुपमा चिनिन्छ । काल्भिनलाई एक जना असल सल्लाहकारको रुपमा पनि चिनिन्छ । किनभने युरोप महादेशका विभिन्न देशका मानिसहरुले काल्भिनबाट सर–सल्लाह लिन्थे । काल्भिनले मानिसहरुलाई परामर्श दिने, सिद्धान्तको ज्ञान सिकाउने र नैतिक चरित्रको विषयमा सिकाउने काम गर्दथे । यसरी सिकाइएका कुराहरुलाई पत्रहरु र लेखहरुमा जम्मा गरेर ग्रन्थको रुपमा छाप्ने काम पनि गरे । धेरै जनाको भनाइ अनुसार यस्ता लेख र पत्रहरु जम्मा गरे ७५ वटा भन्दा बढि ग्रन्थ(पुस्तक) हरु लेखेका थिए भन्ने भनाई छ । शिक्षाको क्षेत्रमा चासो राख्ने महान व्यक्तिहरु मध्ये काल्भिन पनि एक हुन । काल्भिनले नै जेनेभामा तिन तहमा शिक्षाको विकास गरे (प्राथमिक, माध्यमिक र उच्च तह) । काल्भिनले सुरु गरेको शिक्षाको यो तहले आज संसारभरी नै प्रभाव पारेको छ ।
काल्भिनले प्रजातान्त्रिक सरकार हुनुपर्छ भन्ने कुरामा जोड दिए । उनले भने कि मण्डली र राज्य दुवैलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र दुवैले एक अर्कामा मिलेर काम गर्नुपर्छ । काम गर्ने कुरामा पनि काल्भिनले जोड दिए । काल्भिनले बाइबलको पुस्तकहरुको व्याख्या गरे र ठुला ठुला पुस्तकहरु लेख्ने काम गरे । काल्भिनको सिद्धान्तलाई पालना गर्ने व्यक्तिहरुले त्यो बेला÷समय देखि नै यी काल्भिनको सिद्धान्तहरुलाई गहिरो अध्ययन गरिरहेका छन् । वास्तवमा काल्भिनको सिद्धान्तहरुले प्रचारको कामलाई त्यति महत्व दिएको छैन तर यदि हामीले इतिहासलाई नियाल्छौँ भने काल्भिनको सिद्धान्त पछ्याउने व्यक्तिहरु महान प्रचारक बनेका छन् र यिनै सिद्धान्तलाई प्रतिपादन गर्ने व्यक्तिहरुले मिसनरी कार्यक्रममा ठुलो योगदान दिएका छन् । शरिरमा कमजोर भएका काल्भिनले इसाई मण्डलीलाई भने बलियो योगदान दिएका छन् । यसैकारण प्रोटेस्टेन्ट समुहहरुमा काल्भिनलाई एक महत्वपूर्ण व्यक्तिहरुको रुपमा लिइन्छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय







