single page header banner

सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ

Pramodkhadka Pramodkhadka
बिहिबार, भाद्र 25, 2080
Social buttons loaded
समाचार सारांश
  • सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी छन्।
  •   बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन्।

सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी छन्। 

बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन्। घर्ती सच्चाइ धर्मको ‘धर्म गुरू’ रहेको प्रहरीले जानकारी दिएको छ। 

बुधबार राति १ बजेतिर सुतिरहेको  समयमा बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई करेत सर्पले हातमा डसेको थियो। किशोरीका घर परिवारले ‘धर्म गुरू’ घर्तीलाई सर्पले डसेकोबारे बताएका थिए। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार ‘धर्म गुरू’ घर्तीले सर्पले डसेको कुरालाई सामान्य भन्दै अस्पताल लैजानु नपर्ने भन्दै प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी थिइन्।  

सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरूले थाहा पाएपछि उनीहरूले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए। 

बिहान पौने ९ बजेतिर अस्पताल पुर्‍याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको डिएसपी बोहोराले जानकारी दिए।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन  गर्न पाइँदैन
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम