पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
- समलैंगिकताको नैतिकताः धर्मशास्त्रीय मत, समाजशास्त्रीय गम्भीरता, परिवा र संकष्टमा, मानव सभ्यता ?
- ललितपुर, भदाै २३, आइतवार ।
समलैंगिकताको नैतिकताः धर्मशास्त्रीय मत, समाजशास्त्रीय गम्भीरता, परिवा र संकष्टमा, मानव सभ्यता ?
ललितपुर, भदाै २३, आइतवार ।
काठमाडौँ पुतलीसडक स्थित बेथशालोम चर्चमा विश्वमै एक गम्भीर नैतिक, सामाजिक मुद्दाको रूपमा उदाएको समलैंगिकता वा समलिंगी सम्बन्धबारे डा. के.बी. रोकायाद्वारा प्रस्तुति दिइँदैछ । उक्त कार्यक्रम एनसिएफएन र एनसिएसको संयुक्त प्रायोजनमा हुन लागेको हो, भने उपत्यकाका सबै सम्प्रदाय, समूह, सञ्चारकर्मी, धर्मगुरूहरूको उपस्थितिको अपेक्षा र आह्वान गरिएको छ ।
आज केही सञ्चार माध्यमका सम्पादकहरूसँगको सम्वादमा नागरिक सरोकार नेपालका अभियन्ता तथा विश्लेषक विदुर अधिकारीले यो मुद्दाका गम्भीर समाजिक, धार्मिक, व्यावहारिक पाटाहरू भएको चर्चा गर्दै, अन्त्यमा मानव सभ्यता नै धरापमा पर्ने बताउनुभयो । यो मुद्दाको व्यापकता र गम्भीरताको प्रकाशमा, प्रस्तावित कार्यक्रम सबै सम्प्रदाय, समूह लगायत तहतप्कालाई यस मुद्दामा एकै बुझाइ, एकै अभियानमा ल्यउन निर्णायक महत्त्वको हुने अपेक्षा राख्दै, समुदायका अगुवा, अभियन्ता तथा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि आह्वान समेत गर्नुभयो ।
कार्यक्रम हुने मितिः२०८१/०५/२५
कार्यक्रम हुने स्थानः बेथशालोम चर्च, पुतलीसडक समयः दिउँसो २ः०० देखि ५ः०० सम्म
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी







