single page header banner

समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव

Pramodkhadka Pramodkhadka
सोमबार, पौष 9, 2081
Social buttons loaded
समाचार सारांश
  • सम्पूर्ण आदरणीयज्यूहरुमा जयमसीह!
  • सर्वप्रथम, NCF/NCS को सहकार्य वा सहआयोजनामा LGBTQ को बारेमा अहिलेको जटिल विषयमा प्रवेश गरी प्रशिक्षण तथा छलफल कार्यक्रमको आयोजना गरिएकोमा हार्दिक बधाई तथा खुशी व्यक्त गर्न चाहन्छु।

सम्पूर्ण आदरणीयज्यूहरुमा जयमसीह!

सर्वप्रथम, NCF/NCS को सहकार्य वा सहआयोजनामा LGBTQ 🏳️‍🌈 को बारेमा अहिलेको जटिल विषयमा प्रवेश गरी प्रशिक्षण तथा छलफल कार्यक्रमको आयोजना गरिएकोमा हार्दिक बधाई तथा खुशी व्यक्त गर्न चाहन्छु।

साथै, कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु। यस कार्यक्रम र निमन्त्रणाबारे केही इमानदार, रचनात्मक, र सकारात्मक सुझाव दिन चाहन्छु:

१. निमन्त्रणा पत्र NCF/NCS को तर्फबाट सामूहिक हस्ताक्षर गरिएको देखिन्छ, तर छाप, लोगो, र लेटरहेड नदेखिएकोले आधिकारिकता पुगेन कि? हाम्रा अग्रजहरुको नाम, हस्ताक्षर, र NCF/NCS जस्ता सम्मानित हाम्रा आधिकारिक प्रतिनिधि संघ-संस्थाहरुको नामलाई कुनै कसैले दुरुपयोग नगरोस्।

२. कार्यक्रमको रुपरेखा र वक्ता वा प्रस्तुतकर्ताको नाम पनि उल्लेख गर्न कञ्जुस्याइँ नगरिएको भए राम्रो हुन्थ्यो। आजभोलि स्वदेशी तथा विदेशी कार्यक्रम र वक्ताहरुको कारण नेपाली ईसाई समुदाय विवादमा पर्ने गरेको देखिन्छ।

३. LGBTQ 🏳️‍🌈 को बारेमा परिषदको प्रार्थना तथा चिन्तन कार्यक्रमको आयोजनामा प्रस्तुति, छलफल, र बहस भइसकेको छ, जसमा परिषदका वरिष्ठ सल्लाहकार डा. पा. के.बि. रोकाया ज्यूले वक्ताको रुपमा प्रस्तुत गर्नु भएको थियो।

४. तसर्थ, यस प्रकारको जनचेतना तथा सामूहिक अभियान चलाउनेहरुले गम्भीर छलफल, अध्ययन, अनुसन्धान, विश्लेषणसहित नेपाली चर्चलाई सही निकास र दिशा निर्देश गरिने खोजमूलक, व्यवहारिक, बाइबलीय शिक्षा र सिद्धान्तमा आधारित ठोस निष्कर्ष र निर्णयहरूको लागि औपचारिक प्रस्ताव र दस्तावेजहरू नेपाली चर्चको लागि पेश गर्न अगाडि बढ्न सकून्।

५. उक्त दस्तावेजसहितको निष्कर्षलाई सम्पूर्ण राष्ट्रिय स्तरका नेतृत्व तह, पास्टर, अगुवा, विज्ञ, बुद्धिजीवी, र सल्लाहकारहरुको बृहत् परिषद सभामा पेश गरी गहन विचार-विमर्श, प्रार्थनासहित चिन्तन र बहस गर्न सकिनेछ। उक्त निष्कर्षहरु परिषदको तर्फबाट संयुक्त नेपाली चर्च, प्रतिनिधि संघ-संस्था, र सम्प्रदायहरुको तर्फबाट समग्र नेपाली चर्च तथा ख्रिस्टियन समुदायलाई अवगत गराउन सकिन्छ।

नेपाली चर्च एकता आजको आवश्यकता!

बिबि घले केन्द्रीय तथा राष्ट्रिय संयोजक संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
परमेश्वोर कस्तो हुनुहुन्छ ?
परमेश्वोर कस्तो हुनुहुन्छ ?
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने  घाेषणा : तयारी युद्ध स्तरमा
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम