single page header banner

जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न

Pramodkhadka Pramodkhadka
शुक्रबार, फाल्गुन 22, 2081
Social buttons loaded
समाचार सारांश
  • नेपालगंज वाट उमेश शाहीको रिपोर्ट गुड न्यूज नेपाल (जीएनएन)को दशौँ बार्षिकोत्सव भब्व्यताका साथ सम्पन्न भएको छ ।
  • उक्त समारोह जीएनएन चर्च नेपालगन्जको हलमा भयको थियो ।

नेपालगंज वाट उमेश शाहीको रिपोर्ट

गुड न्यूज नेपाल (जीएनएन)को दशौँ बार्षिकोत्सव भब्व्यताका साथ सम्पन्न भएको छ । उक्त समारोह जीएनएन चर्च नेपालगन्जको हलमा भयको थियो । समारोह जीएनएनका पास्टर हिरालाल बि.क. ले सुरुको प्रार्थना गरेर औपचारिक रुपमा सुरु भएको थियो । कार्यक्रमा जीएनएन अमेरिकाका सस्थापक तथा अध्यक्ष डेभिड क्याप्टेन र जीएनएन नेपालका सस्थापक तथा निर्देशक पास्टर प्रबजन शाही को बिशेष उपस्थितिमा तथा देश बिदेशका बरिष्ट पास्टरहरु को विशेष आतिथ्यतामा र हिमाली जिल्लाहरुका ११३ जीएनएन शाखा मण्डलीहरुवाट उपस्थित करिव ३०० पास्टरहरुको सहभागिता रहेको दशौँ बार्षिकोत्सव कार्यक्रम निकै भव्य र उत्साहपूर्ण भएको संस्थापक निर्देशक पास्टर प्रवाजन शाहीले वताउनुभयो I


कार्यक्रममा जीएनएन शाखा मण्डलीका पास्टरहरुले आ-आफ्नो क्षेत्र र मण्डलीको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो भने जीएनएन शाखा मण्डलीहरुवाट विशेष प्रस्तुतिहरु पनि प्रस्तुत गर्नुभएको थियो I कार्यक्रममा धेरै पास्टरहरुले निकै रोचक र उत्साहापूर्ण जीवन गवाही तथा आशिषहरु शेयर गर्नुभएको थियो I कार्यक्रममा पास्टरहरुलाई मायाको चिनो तथा केहि विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । फिल्ड विभागका संयोजक पास्टर प्रबजन उपाध्यायले दशौँ बार्षिक प्रतिबेदन पेस गर्नुभयको थियो । उक्त बार्षिक प्रतिबेदनमा सस्थाले गर्दै आयाका कामहरुको बिवरण तथा सस्थाले प्ररमेस्वरको राज्य बिस्तारमा खेलेका भुमिका र सस्थाको साँगठानिक अबस्थाको बारेमा विस्तृत उल्लेख गरिएको पास्टर उपाध्यायले वताउनु भयो ।


जीएनएनले अहिले सम्म सुसमाचारीय मिसन लगायत ४ वटा मिसन बनाइ काम गर्दै अयको र यसले रेडियो मिसन, सिँग कार्यक्रम र कि फर किड (बच्चाहरु का निम्ती साँचो ) कार्यक्रम चलाउदै आयको छ । सुसमचार मण्डली पुरैनी लगात यस अन्तरगत रहेका ११३ वटा मण्डली एकदमै सक्रिय रुपमापरमेश्वर लाइ पछ्याउदै आइरहेको र साङगाठानीक रुपमा पनी सिङगो टिम लागिरहेको जानकरी दियकोछ । जीएनएन मिसनका अनुसार १० बर्षको अन्तरराल मा ११३ वटा सहायक चर्च तथा मण्डलीहरु र १५० जना पास्टरहरु तथा अगुवा र नेपाल का बिभिन्न २८ पहाडी जिल्लाहरुमा यस जीएनएन मिसन सक्रिय रहेको कुरा जीएनएनका संस्थापक पास्टर प्रवजन शाहीले वताउनुभयो I


कार्यक्रममा जीएनएन अमेरिकाका अध्यक्ष डेभिड क्याप्टनले माथि उल्लेखित ४ वटै कार्यक्रम का माध्यम बाट परमेश्वरको हरेक कामहरुमा सेवा साहायता हुदै आएकोमा धन्यबाद दिदै अझैपनी प्रभुको राज्यमा असल कामहरु हुनेछन भन्दै आफुले पनि यि सबै कामहरुमा सक्दो सहायता गर्ने प्रतिबद्धता गर्नुभयो I कार्यक्रममा जीएनएन नेपालका सस्थापक तथा निर्देशक प्रवजन शाहीले कार्यक्रममा उपस्थीत सम्पुर्ण लाई स्वागत तथा धन्यबाद दिर्दै सस्थाले गर्दै आएका सबै कामहरुमा सहयोग गर्नुहुने सहयोगी मनहरुलाइ हृदय देखीनै धन्यबाद दिनुभयो र आउदा दिनहरुमा पनि सुझाव सल्लाहका साथै सहयोगको अपेक्षा रहेको बताउनु भयो र यि सबै कामहरुमा सहायता गर्ने स्टाफ, पास्टर, अगुवा र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु लाइ धन्यबादका साथै परमेश्वरले प्रसस्त रुपमा आसिष दिनुभएको होस् भन्दै आउँदा दिनहरुमा अझै प्रभाबकारी कामहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्ने सबै अतिथिहरुले जीएनएनले गरेका कामहरुको प्रशंशा गर्दै दशौँ बार्षिकोत्सवको सुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा सस्था को दशौँ बार्षिकोत्सव लेखियको केक जीएनएनका संस्थापक द्वय प्रवजन शाही र डेभिड क्याप्टेनले सँयूक्त रुपमा काट्नुभएको थियो I पास्टर प्रवजन शाहीद्वारा अन्तिम आशिषको प्रार्थना गरे पछी कार्यक्रम समापन भएको थियो I

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम