सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
- श्रावण १ आइतवार, काठमाण्डाै ।
- सामाजिक एकता पार्टिकाे स्थायी समिति वैठक सम्पन्न भएकाे छ ।
श्रावण १ आइतवार, काठमाण्डाै । सामाजिक एकता पार्टिकाे स्थायी समिति वैठक सम्पन्न भएकाे छ । केन्द्रीय अध्यक्ष सि. बि. गहतराजको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्पन्न उक्त वैठकले निकै दुरगामि र महत्वपुर्ण निर्णय गरेकाे पार्टिका सहमहासचिव, प्रचारप्रसार विभाग प्रमुख तथा प्रवक्ता मुरारी प्रसाद पाण्डेले वताए । बैठकमा केन्द्रीय कार्यकारिणी समितिको संख्या पुनरावलोकन, अनुशासन, पदाधिकारी तथा जिम्मेवारी हेरफेर, सहमतिअनुसार विधान संशोधन, जस्ता अहम् एजेण्डाहरू छलफलका लागि प्रस्तुत गरिएकाे र अधिकांश रूपमा सर्वसम्मतिद्वारा निर्णय भएकाे उनले वताए ।
अनुशासनको कारवाही :
पार्टि उपाध्यक्ष सुनिल महर्जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दै निष्कासन गर्ने र सोको जानकारी निजलाई गराइने निर्णय भएकाे प्रवक्ता मुरारीले वताए । कारवाहि गरिएका उपाध्यक्ष महर्जन माथि पार्टी कार्यालयमा तोडफोड गरेको, कार्यालय व्यवस्थापक कर्मचारी माथि अशिष्ट भाषा र अभद्र शैलीमा गालीगलौज गर्दै हातपात गरेको र निजको ल्यापटप तोडफोड गरेको तर त्यस्तो उच्छश्रृंखल कृत्य गरेको दुई दिन बितिसक्दा पनि कर्मचारी गोबिन्द बि.क.सँग क्षमायाचना नगरेको र उहाँको ल्यापटपको क्षतिपूर्ति नगरेको लगाएतका संगिन आराेपहरु लगाइएकाे छ । यस घटनामा महर्जनलाइ साथ दिने द्वारिका श्रेष्ठलाइ पनि स्पस्टिकरण माग गर्दै कारवाहिकाे चेतावनि दिइएकाे छ । भने पार्टीका ह्वाट्सएप ग्रुपहरूमा अशिष्ट भाषामा टिप्पणी पोस्ट गर्ने र धम्क्याउने कार्य गरेकाे आराेपमा मन प्रसाद जैसी (मनोज सुवेदी) लाई पनि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकाे पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
नेपाली चर्च एकताका लागि ज.वि.शाहका सुझावहरु







