अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
- दिपक लम्साल, चितवन, २०७६ फागुन २७ गते ।
- भरतपुरस्थित मधुपुुरी ब्याप्टिस्ट चर्चको आयोजनामा चर्चकै प्रांगणमा आयोजित अन्तरचर्च भलिबल प्रतियोगितामा मुडाबास अभिषेक चर्च प्रथम भएको छ ।
दिपक लम्साल, चितवन, २०७६ फागुन २७ गते । भरतपुरस्थित मधुपुुरी ब्याप्टिस्ट चर्चको आयोजनामा चर्चकै प्रांगणमा आयोजित अन्तरचर्च भलिबल प्रतियोगितामा मुडाबास अभिषेक चर्च प्रथम भएको छ । त्यसैगरी नवलपरासीको अभिषेक चर्च रहजहर द्धितीय भएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमका खेलाडीहरुलाई भरतपुर महानगरपालिका वडा नं.२३ का खेल संरक्षक तथा वडा प्रतिनिधि प्रेम क्षेत्रीको बाहुलीबाट दश हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने द्धितीय हुने टिमका खेलाडीहरुलाई पाँच हजार नगद रुपैयाँसहित मधुपुरी ब्याप्टिस्ट चर्चका पास्टर रमेश लम्सालको बाहुलीबाट ट्रफि, मेडल र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
भलिबल प्रतियोगिता यही फागुन २५ गते मधुपुरी ब्याप्टिस्ट चर्चमा सोही चर्चका युवा अगुवाद्धय दिपल लम्साल र केशवराज सुनारको संयोजकत्वमा सञ्चालन भएको थियो । भलिबल प्रतियोगितामा चितवन जिल्ला र नवलपरासी जिल्ला अन्तर्गत रहेका चर्चहरुको ९ टिम सहभागी भएका थिए ।
सहभागी टिममध्येमा होप मेथोडिष्ट चर्च जगतपुर, नवजीवन एजी चर्च भरतपुर, रजहर अभिषेक चर्च नवलपुर, निप्पनी चर्च टाँडी, बुढाबास अभिषेक चर्च नवलपरासी, एपोस्टिलिक चर्च शरणपुर, मधुपुरी ब्याप्टिष्ट चर्च ए , मधुपुरी ब्याप्टिष्ट चर्च बी र छिमेकी एकता जवान समुह विरेन्द्रनगर चितवन सहभागी थिए ।
उक्त अन्तरचर्च भलिबल प्रतियोगिता २०७६ मा सहभागी हरेक टिममा एक जना गैरइसाई खेलाडी हुनै पर्ने नियम थियो । भलिबल प्रतियोगिताका संयोजक दिपक लम्सालका अनुसार सुसमाचार बाँड्नु नै यो प्रतियोगिताको मुल उद्देश्य रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)







