single page header banner

मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव

Pramodkhadka Pramodkhadka
बुधबार, मंसिर 21, 2081
Social buttons loaded
समाचार सारांश
  • इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो ।
  • संयोजक घलेले शुरुवात राम्रो भएको भन्दै यदी गन्तव्य ठिक छ र शुरुवात राम्रो छ अनि गेट खुला राखीयो र बाटो फराकिलो बनाइयो भने पछि अरु गाडीहरु, पार्टिहरु, साथिहरु बिस्तारै प्रबेश गर्नेछन्, यात्रामा संगै जोडिन आउनेछन् भन्दै छुटेकाहरुलाइ पनि जोड्ने र नअटेकाहरुलाइ पनि अटाउने ठाउँ राख्नु पर्ने कुरालाइ जोड दिनुभयो ।

इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो ।

संयोजक घलेले शुरुवात राम्रो भएको भन्दै यदी गन्तव्य ठिक छ र शुरुवात राम्रो छ अनि गेट खुला राखीयो र बाटो फराकिलो बनाइयो भने पछि अरु गाडीहरु, पार्टिहरु, साथिहरु बिस्तारै प्रबेश गर्नेछन्, यात्रामा संगै जोडिन आउनेछन् भन्दै छुटेकाहरुलाइ पनि जोड्ने र नअटेकाहरुलाइ पनि अटाउने ठाउँ राख्नु पर्ने कुरालाइ जोड दिनुभयो ।

अरु केहि महत्वपुर्ण राजनितिक घटकहरुलाइ वाहिरै राखेर यो एकता पनि अपुर्ण तथा एकांकि हुनपुगेको र सवैको साझा हुनुपर्ने समुदायका अगुवाहरु पनि पक्षपाती भएको आक्षेप लागिरहेको सन्दर्भमा मण्डली परिषदका संयोजक घलेले सवैलाइ जोड्न र अटाउन विशेष जोड दिनुभएको छ ।

राजनिति समुहमा खेलिने फुटवल खेल जस्तो भएको भन्दै वहाँले भन्नुभएको छ `गोल जस्ले हाने पनि हुन्छ, मैले नै हान्छु वा मैले नै हान्नुपर्छ भनेर कसैले भन्न मिल्दैन तर जित समुह, खेलाडि र दर्शक सबैको हुने गरेर खेल खेल्नुहोस । यस्तो खेल खेलिन्छ वा यस्तो खेलको शुरुवात हुन्छ भने सवैले यो क्लबमा जोडिन ढिलो गर्नुहुन्न । हामी दर्शकहरुलाई त खेलाडीहरुले जितेको देख्न पाए, ताली बजाउन पाए पुग्छ। किनकी यो जित सबैको जित हुनेछ । सके सम्म दक्ष, अनुभबी, दर्शन, क्षमतावान, गोल छिराउन सक्ने, हुत्ति भएको, हुटहुटि भएको, बलिदानी, जोखिम र चुनौति मोल्न सक्ने, समर्पित, खेलाडीहरु चाहिन्छ।´

कुनै कसरमा यो एकता नफुटाउन र नटुटाउन चेतावनी दींदै वहाँले जोडिने र जोडाउने काम, प्रयास र प्रकृया जारी राख्दै अब अहिले देखिनै मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न अपिल गर्नुभएको छ । `तर यसको लागि हाम्रो निति, शिध्दान्त र आधार सवै पुर्ण रुपमा ख्रिष्ट केन्द्रित हुनु पर्यो वहाँले भन्नुभएको छ ।´
अझै अगाडि वहाँ भन्नुहुन्छ अबको एकता र अभियानः
प्रार्थानामूखी, दर्शनमूखी र कार्य वा सहकार्यमूखी हुनु पर्यो ।हाम्रो अभियान चौतर्फि हुनुपऱ्यो । आत्मिक, सामाजिक, आर्थिक, राजनीतिक । यो ४ वटा अभियानहरुलाई हांक्ने एक एक वटा सम्बन्धित समुह वा टिम हुनु पर्यो । उक्त टिम वा समुहरु एक आपसमा सहयोगी, सहयात्री, परिपुरक हुनु पर्यो । अनि एक दिन हामिले चौतर्फि रुपमा यो देशमा प्रभाव पार्न सक्छौं ।

माथि उल्लेखित मर्म र भावना अनुसार अगाडी वढ्न तयार हुने हो भने संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद यस्तै भावना, प्रयास, दर्शन र अभियानहरुलाई कदर गर्न, साथ दिन जन्मीएको एउटा संयुक्त राष्ट्रिय दर्शन तथा बृहत अभियान भएको भन्दै संयोजक घलेले यो राजनितिक एकता र सहकार्यलाइ परिषदको साथ समर्थन रहने बताउनुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
रेभ.डा. प्रकाश मेघि गुरुङ
रेभ.डा. प्रकाश मेघि गुरुङ
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार  ख्रीष्टको लागि शहीद भए
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम