अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
- काठमाडौं ।
- अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजले चेतावनी दिएका छन् ।
काठमाडौं । अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजले चेतावनी दिएका छन् । केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गर्दै सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताए ।
पत्रकार सम्मेलनमा सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । “सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” गहतराजले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।
त्यसैगरी ख्रीष्टियन महासंघको अध्यक्ष वाट गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको पत्रकार सम्मेलनमा बताइएको छ । गहतराजले पत्रकार सम्मेलनमा बोल्दै केही संचारमाध्यमहरुले गलत सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाए । उनले चरित्र हत्यामा संलग्न व्यक्ति र पत्रिकाविरुद्ध कानुनी बाटो रोज्ने चेतावनी समेत दिए । गहतराजले गत असोज ६ गते एक दैनिक पत्रिकाले आफूलाई महासंघ अध्यक्षबाट पदमुक्त गरिएको भन्ने सूचना प्रकाशित गरेको र जुन गैरकानुनी र गैर न्यायीक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
संविधान संशोधन, हाम्रो कर्तव्य अनि अधिकार
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?







