single page header banner

हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई

admin admin
मंगलबार, आश्विन 28, 2079
Social buttons loaded
समाचार सारांश
  • १४ असार, काठमाडौं ।
  • हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामालाई एनसीएफ नेपाल,एनसीएस नेपाल र एफएनसीएनका अध्यक्षहरुले बधाई तथा शुभकामना दिएका छन् ।

१४ असार, काठमाडौं । हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामालाई एनसीएफ नेपाल,एनसीएस नेपाल र एफएनसीएनका अध्यक्षहरुले बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ)का केन्द्रीय पदाधिकारीहरु, नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)का अध्यक्ष रेभ. पास्टर हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ. पास्टर ओमप्रकाश सुब्बा र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीसँगको भेटमा मेयर लामाले पछिल्लो समय राजनीतिमा ख्रीष्टियन समुदाय निर्णायक शक्तिका रुपमा विकास हुँदै आएकोले ख्रीष्टियनहरु पनि नीति निर्माणको तहमा पुग्नुपर्ने भएकोले आम निर्वाचनमा ख्रीष्टियन समुदायको सशक्त सहभागीता अपरिहार्य भएको बताइन् ।

नेपाल राष्ट्रिय मण्डली संगतिको ६२ औँ बार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित अध्यक्ष पास्टर हनोक तामाङलाई बधाई तथा शुभकामना दिन ललितपुरको सानेपामा रहको आराधना मण्डलीमा पुगेका सिजेएफका केन्द्रीय पदाधिकारीहरुले भेटका बीच सिजेएफ नेपालले हेटौँडा उपमहानगरपालिकाका मेयर लामालाई पनि आगामी ५ वर्षे कार्यकाल सफलताको शुभकामना दिएको छ ।

भेटमा नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)का निर्विरोध निर्वाचित अध्यक्ष तामाङलाई सिजेएफका सहकर्मीहरु पत्रकार कुमारसिहं विष्ट, दिनेश श्रेष्ठ र निरोज तोलाङेको संयुक्त हस्ताक्षर भएको बधाई तथा शुभकामना प्रमाण पत्र वितरण गरेको हो ।

एनसीएफ नेपालका अध्यक्ष तामाङले पत्रकार समाजको ऐना भएकोले सीजेएफमा आवद्ध पत्रकारहरुलाई ख्रीष्टियन समुदायको हकहित अधिकार र पहिचान तथा नेपाली मण्डलीको वृद्धिविकासका लागि कलम चलाउन आग्रह गर्नुभयो ।

उहाँले सिजेएफले हालसम्म निरन्तर समुदायलाई सुसुचित गर्ने काम गर्दै आएकोले आगामी दिनमा एनसीएफ नेपाल हरप्रकारले सिजेएफसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष ओमप्रकाश सुब्बाले अब ख्रीष्टियनहरु मण्डलीमा मात्र सीमित हुने होइन् देशको मुल प्रवाहमा आई देशको विकासमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो । उनले देशको मुहार फेर्न एकमात्र विकल्प ख्रीष्टियनहरु भएकोले अब मण्डली (चर्च)हरुले इमान्दार ख्रीष्टियन नेतृत्व निर्माण गरी देशको राजनीतिमा मिशनरीको रुपमा सेवा गर्न पठाउनुपर्ने बताए ।

सिजेएफ नेपालका सहकर्मी सदस्यहरु पत्रकारत्रय कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र निरोज तोलाङेले संयुक्त रुपमा ख्रीष्टियन समुदायका साझा मुद्धामा मिडियामार्फत पैरवी गर्नकै लागि ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको स्थापना भएकोले पैरवीको यो साझा अभियानमा हरप्रकारले सहयोग गरिदिन तीनै अग्रज संस्थाका अध्यक्षत्रयलाई अनुरोध गर्नुभयो ।

सिजेएफ नेपालले नेपाली भाषाका आदिपत्रकार पादरी गंगाप्रसाद प्रधानको १७१औं जन्मस्मृतिको अवसरमा “पादरी प्रधानको योगदान र नेपाली ख्रीष्टियन समुदायको दायित्व” विषयक विचार गोष्ठी तथा “पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार–२०७९” प्रदान समारोहको आयोजना गर्ने भएकोले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ । सीजेएफ नेपालका सहकर्मी सदस्य पत्रकार निरोज तोलाङेले सिजेएफ नेपालको आगामी कार्यक्रमहरु र योजनाबारे प्रष्ट पार्दै ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुको समस्या, मिडियाको अवस्थाबारे अवगत गराउनुभएको थियो ।

स्मरणीय छ, सन् २०१५ मा स्थापित ख्रीष्टियन पत्रकारहरुको साझा संगति ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ) ख्रीष्टियन आस्थामा रहेको तर विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको साझा संगति हो । ख्रीष्टियन समुदायको आवाजलाई पत्रकारितामार्फत पहुँचयोग्य बनाई सचेत र जागरुक गराउन पैरवी गर्ने र पत्रकारितामार्फत ख्रीष्टियन पत्रकारहरुको सर्वाङिण विकासका लागि काम गर्ने सिजेएफ नेपालको प्रमुख उदेश्य रहेको छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम