हाम्रो जीवनको सहारा येशू
– मनिषा विश्वकर्मा
हाम्रो जीवनको सहारा येशू
अन्धकार थियो जीवन संसारमा हुँदा – २
उज्यालो ज्योति भयो जीवन अहिले ख्रीष्टलाई पाउँदा – २
संसारमा धेरै छन् जसले दिदैनन् सधैँ ज्योति – २
येशू ख्रीष्ट नै हाम्रो जीवनको बहुमुल्य ज्योति – २
जीवन हाम्रो निराश थियो संसारमा जिउँदा – २
आशाविहिन छैन जीवन अब ख्रीष्ट येशूमा रहँदा – २
सबै प्राणीलाई दिनुहुन्छ येशू ख्रीष्टले साहारा – २
अरु कोहि होईनन् येशू नै हाम्रो जीवनको सहारा – २
धेरै आए संसारमा हामीलाई अल्मल्याउन – २
तर येशू आउनुभयो संसारमा ज्योति ल्याउन – २
येशू ख्रीष्ट नै हाम्रो जीवनको सबैथोक हुन् – २
उहाँको आज्ञा तोड्यौँ भने गराउनुहुन्छ हामीलाई दीन – २
जीवनको यात्रामा भेँट्यौ हामीले धेरै मित्रहरु – २
प्रभु तपाईलाई राख्दछौँ हामी हाम्रो आत्मा भित्र – २
हामीहरु सधैँ सधैँ प्रभु तपाईकै घरानाको हौँ – २
केहि गरि तिर्न सक्तिनँौ हाम्रो पापको लागि उठाउनुभएको गुण – २
प्रभु तपाई सधैँ सधैँ सबै मानिसहरुको मनमा आउनु – २
प्रभु तपाई नै सधैँ सधैँ सबै मानिसहरुको दिलमा छाउनु – २
-मनिषा विश्वकर्मा तनहुँ– खैरेनीटार
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
नेपालको पहिलो मण्डली : रामघाट चर्च
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा







