single page header banner

परमेश्वोर कस्तो हुनुहुन्छ ?

admin admin
मंगलबार, जेठ 18, 2082
Social buttons loaded
समाचार सारांश
  • पा.
  • चेतराज जोशी १)परमेश्वोर सर्बशक्तिमान हुनुहुन्छ :- यसको अर्थ परमेश्वोर सँग स्वर्ग र पृथ्वीमा सबै शक्ति र अधिकार छ।

  • पा. चेतराज जोशी

१)परमेश्वोर सर्बशक्तिमान हुनुहुन्छ :-

यसको अर्थ परमेश्वोर सँग स्वर्ग र पृथ्वीमा सबै शक्ति र अधिकार छ। उहाले जे पनि गर्न सक्नुहुन्छ। तपाइको जिवनमा के समस्या छ एक पटक बिचार गर्नुहोस त ? रोग, अभाव, बेरोजगार , कर्जा, एक्लोपना, आलस्यता, परिवारमा बेमेलता, परमेश्वोरको लागि कुनै पनि काम गार्‍हो छैन। बाइबलले यसरी भन्छ ” किनकी परमेश्वोरको निम्ति कुनै कुरा असम्भव छैन”। (लुका ९ : ३७) परमेश्वोर सँग सबै शक्ति छ। यो संसारमा भएका राजाहरु र रास्ट्रपतिहरु उहाको तुलनामा केही पनि होइनन् । उहाँ डोनाल्ड ट्रम्प भन्दा पनि शक्तिशाली हुनुहुन्छ किनभने उहासँग सबै शक्ति छ।परमेश्वोरले जे चाहानुहुन्छ त्यो गर्न उहाले सक्नुहुन्छ।

२) परमेश्वोर अदृश्य हुनुहुन्छ :-

बाइबलले यसो भन्दछ “परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ”। (यूहन्ना १ : १८) के तपाईं छ्क्क पर्नुभयो ? हो हामी कसैले पनि परमेश्वोरलाई देख्न सक्दैनौं। न त कसैले उहालाइ देखेको छ न देख्ने नै छ। यहाँ दुई वटा कारण छ्न।

क) परमेश्वोर आत्मा हुनुहुन्छ :- आत्माको कुनै स्वरुप हुदैन र हामी देख्न सक्दैनौं । त्यसैले हामी चर्चमा आराधना गर्दा कुनै पनि परमेश्वोरको आकार, मुर्ती वा चित्र राख्दैनौ। जब उहाले तपाइलाइ बनाउनु भयो उहाले एउटा शरीर दिनु भयो र त्यो भित्र आत्मा हालिदिनुभयो। तपाइको आत्मा तपाइको शरीर भित्र बस्छ। अरु मानिसले तपाइको आत्मालाई देख्न सक्दैन तर शरीरलाई मात्र देख्न सक्छन ।उहाको हाम्रो जस्तो शरीर छैन, यसकारण हामी उहालाइ देख्न सक्दैनौं । बाइबलले भन्छ “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।” (यूहन्ना ४ :२४) हामिले परमेश्वोरलाइ देख्न नसके पनि उहालाई हामी चिन्न सक्छौ, उहाको वचन र वाणी बाट उहालाइ बुझ्न सक्छौ। जब हामिले उहालाइ चिन्छौ र उहाको बारेमा बुझ्छौ तब मात्र हामी उहालाई प्रेम गर्छौ र उहाँ माथी भरोसा गर्छौ ।

ख) परमेश्वोर महिमित हुनुहुन्छ :- पर्म्मेश्वोरको महिमा ज्यादै चहकिलो हुन्छ, हामी त्यो हर्न सक्दैनौ। सुर्य प्रकाशमान भैरहेको बेला हामी त्यसमा हेर्न सक्दैनौ।यदि हामिले त्यो चहकिलो सुर्यमा हेरिरहेको खण्डमा त्य्सले हाम्रो आखाको ज्योति उडाइदिनेछ। परमेश्वोरको महिमा सुर्यको चमक भम्दा पनि चहकिलो छ । यसकारण हामी उहालाइ हेर्न सक्दैनौ। परमेश्वोरले मोशालाइ यस्तो भन्नू भयो “अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।” (प्रस्थान ३३:२०)

के तपाइले कहिले परमेश्वोर कस्तो हुनुहुन्छ भनी सोच्नु भएको छ ? एउटै बन्धन र एक शरीर भएर जोडिन वा बिवाहको बन्धनमा बाँधिन अघि एउटा केटा र केटि एक अर्कालाइ चिन्न्न र बुझ्न खोज्छ्न। उ कुन परिवार र ठाउमा जन्मिएको होला ? उसको अध्ययन, उसको बानी , स्वभाव, उसको भबिस्यको योजना आदि। हामिले नियम र बिधिले बिवाहमा जोडिएको भएपनी एक अर्कालाइ बुझेनौ भने त्यो सम्बन्ध असल र लामो समयको हुदैन। के तपाइले परमेश्वर कस्तो हुनुहुन्छ भनी बुझ्नु भएको छ ? हुनत हामी असिमित परमेश्वरको सम्पुर्ण ज्ञान लिन सक्दैनौ, किनकी हामी सँग सिमित ज्ञान छ। तर उहाको काम र बोलेका वचनहरु बाट धेरै कुरा थाहा पाउन सक्छौँ । उहाँका सबै काम र बोलेका वचनहरु बाइबलमा लेखिएको छ। बाइबलले हामिलाइ बताउँछ कि परमेश्वरले सबै कुराहरु बनाउनु भयो वा सृष्टि गर्नु भयो। यो सुर्य चन्द्रमा र लाखौँ ताराहरु पनि जो रात मा चम्कने गर्छन् ।

परमेश्वर भन्दा बितिकै तपाइको मस्तिष्कले कस्तो चित्र बनाउँछ। हामी कति जनाले हिन्दु पृष्ठभुमिवाट आएको हुनाले हामी कति त शिव, गणेश, कृष्ण , राम झै हुनुहुन्छ भनी सोचौँला र कतिले केही इसाइ बिस्वासको चित्र देखेका छौ भने उहाँ बूढो, सेतो दारी भएको हुनुहुन्छ होला भनी सोचौँला तर तेसो होईन त्यो त मनिसहरु को कल्पना मात्र हो तर उहाँ कस्तो हुनुहुन्छ भनी बाइबल ले मात्र बताउँछ। जब सम्म हामी उहाँलाइ चिन्दैनौँ उहालाइ हामी प्रेम गर्न सक्दैनौँ । उहालाइ हामिले चिन्दा वा बुझ्दा मात्र उहालाइ हामी प्रसन्न तुल्याउन सक्छौँ । आमेन।

क्रमश……

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
विश्वास र विश्वासी : बाइबलिय अर्थ
विश्वास र विश्वासी : बाइबलिय अर्थ
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला 
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला 
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम