single page header banner

तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ

admin_news admin_news
सोमबार, आश्विन 8, 2083
Social buttons loaded
समाचार सारांश
  • डा.
  • शिवहरि भट्टराइ “परमप्रभु टुटेका हृदय भएकाहरूका नजिक हुनुहुन्छ, र आत्मामा चूर्ण भएकाहरूलाई बचाउनुहुन्छ।
  • डा. शिवहरि भट्टराइ

“परमप्रभु टुटेका हृदय भएकाहरूका नजिक हुनुहुन्छ, र आत्मामा चूर्ण भएकाहरूलाई बचाउनुहुन्छ।” (मुख्य बाइबल पद : भजनसंग्रह ३४:१८)

भूमिका

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

आजको संसारमा धेरै मानिसहरू बाहिरबाट मुस्कुराइरहेका देखिन्छन्, तर भित्रबाट टुटेका हुन्छन् । कतिपय मानिसहरू आर्थिक संघर्षमा छन्, कतिपय पारिवारिक समस्यामा, कतिपय सम्बन्धको चोटमा, अनि कतिपय निराशा, चिन्ता र डिप्रेसनसँग संघर्ष गरिरहेका छन्।

झन् कठिन अवस्था तब हुन्छ जब एउटा व्यक्ती आफ्नो परिवारको एक्लो ख्रिष्टियन हुन्छ। परिवारबाट विरोध, उपेक्षा, गलत बुझाइ, आध्यात्मिक एक्लोपन, प्रार्थना गर्ने कोही साथी नहुनु—यी सबैले मन थिचिएको हुन्छ।

सायद तपाइंहरु मध्ये पनि कोही हुनुहुन्छ जसले मनमनै भनिरहनुभएको छ:

“म धेरै थाकेको छु ।” “मलाई कसैले बुझ्दैन ।” “के परमेश्वर साँच्चै मेरो साथमा हुनुहुन्छ त ?” आज परमेश्वरको वचनले तपाईंलाई एउटा सन्देश दिन चाहन्छ :
“तिमी एक्लो छैनौ । संघर्षमा पनि परमेश्वर तिमीसँग हुनुहुन्छ ।”

१. परमेश्वर टुटेका हृदय भएकाहरूका नजिक हुनुहुन्छ (भजनसंग्रह ३४:१८) परमेश्वर केवल शक्तिशाली, सफल र सबल मानिसहरूको मात्र परमेश्वर होइन। उहाँ टुटेका हृदय भएका मानिसहरूको पनि परमेश्वर हुनुहुन्छ।

बाइबलले भन्दैन: “परमेश्वर टुटेका मानिसहरुबाट टाढा हुनुहुन्छ भनेर ।” बरु भन्छ: “उहाँ नजिकै हुनुहुन्छ।” तपाईं संसारको नजरमा एक्लो हुन सक्नुहुन्छ, तर परमेश्वरको नजरमा एक्लो हुनुहुन्न। उदाहरण: हागारको जीवन : हागार एक्ली थिइन् । अस्वीकृत भएकी थिइन् । मरुभूमिमा रोइरहेकी थिइन्।
तर परमेश्वरले उनलाई देख्नुभयो । त्यसपछि उनले परमेश्वरलाई भनिन्: “तपाईं मलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ।”

प्रिय मण्डली, तपाईंको आँसु कसैले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ । आज हाम्रो जिवनमा लागू गर्नु पर्ने कुरा के हो त
तपाईंको संघर्ष परमेश्वरलाई थाहा छ । तपाईंलाई निद्रा नलागेको रात उहाँलाई थाहा छ । तपाईंको मनको भारी उहाँले बुझ्नुहुन्छ।

२. डिप्रेसन वा गहिरो निराशा विश्वासको कमी होइन :
कहिलेकाहीँ चर्चमा एउटा गलत सोचाइ पाइन्छ: “विश्वासीलाई डिप्रेसन हुँदैन।” तर बाइबल हेर्नुहोस्।

(क) एलिया पनि टुटेका थिए । एलिया ले ठूलो विजयपछि यस्तो अवस्था भोगे कि र भने : “हे परमप्रभु, अब मेरो जीवन लिईहाल्नुहोस्।” (१ राजा १९ अध्याय) यो गहिरो भावनात्मक थकान थियो ।

परमेश्वरले के गर्नुभयो?

उहाँले एलियालाई गाली गर्नुभएन। उहाँले भन्नुभएन: “तिम्रो विश्वास कमजोर छ।” पहिला : आराम गर खाना खाउ, आफ्नो हेरचाह गर अनि परमेश्वरको कोमल आवाज आयो र परमेश्वरले उनलाई पुनर्स्थापना गर्नुभयो ।

(ख) राजा दाऊद पनि रोए । दाऊद ले धेरै भजनहरूमा आफ्नो पीडा पोखेका छन् । उनि रोए। उनले प्रश्न गरे। तर परमेश्वरलाई छोडेनन् । जिवनमा लागू गर्नु पर्ने कुरा – यदि तपाईं संघर्षमा हुनुहुन्छ भने : परमेश्वर तपाईंप्रति निराश हुनुहुन्न। उहाँ तपाईंलाई उठाउन चाहनुहुन्छ।

३. संघर्ष स्थायी होइन

कुनै व्यक्ती अहिले यस्तो सोच्न सक्छ: “मेरो जीवन अब कहिल्यै बदलिने छैन।” तर बाइबलले सिकाउँछ: ऋतु बदलिन्छ । रातपछि बिहान आउँछ । रोदनको समयपछि आनन्द आउँछ।
उदाहरण: योसेफ योसेफले दाजुभाइको धोका भोगे, विदेशीको गुलामी गरे, झूटो आरोपमा जेलमा परे, सबै कष्टहरु सहनुपर्‍यो । तर परमेश्वरले अन्तमा उनको जीवन पल्टाइदिनुभयो । जहाँ मानिसले अन्त्य देखे, त्यहिबाट परमेश्वरले नयाँ अध्याय सुरु गर्नुभयो ।

अब जिवनमा लागू गर्नुपर्ने कुराहरु :

आज तपाईंको कथा कठिन हुन सक्छ। तर कथा समाप्त भएको छैन । परमेश्वरले अझै काम गरिरहनुभएको छ।

४. येशूको निमन्त्रणा: “मकहाँ आओ” (मत्ती ११:२८)

“हे सबै परिश्रम गर्नेहरू र भारी बोझले थिचिएकाहरू, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” ध्यान दिनुहोस्— येशूले भन्नुभएन : “पहिला ठीक होऊ।” उहाँले भन्नुभयो: “मकहाँ आओ।” यदि तपाईं : जीवन देखि थाक्नुभएको छ, मनले हार्नुभएको छ, दिनँहु आँसुमा हुनुहुन्छ भने डिप्रेसनसँग संघर्ष गरिरहनुभएको छ भने येशू आज पनि भन्नुहुन्छ: “म तिमीलाई बोक्नेछु।”

५. एक्लो ख्रिष्टियनको लागि विशेष सन्देश

सायद तपाईं आफ्नो घरको एक्लो विश्वासी हुनुहुन्छ । परिवारले तपाईंको विश्वास नबुझ्न सक्छ । तपाईंले प्रार्थना गर्दा तपाईंको प्रार्थनालाई मजाक बनाइएला । तपाईं एक्लो महसुस गर्न सक्नुहुन्छ ।

तर सम्झनुहोस् : दानिएल पनि एक्लो अवस्थामा उभिएका थिय । यूसुफ ले कठिन परिस्थितिमा परमेश्वरको आज्ञा पालन गरे । तिमोथि कठिन वातावरणमा पनि विश्वासमा अगाडि बढे। एक व्यक्तिको विश्वासबाट परिवार परिवर्तन हुन सक्छ। तपाईं आफ्नो घरको लागि परमेश्वरले राख्नुभएको ज्योति हुन सक्नुहुन्छ।

निष्कर्ष

प्रिय मण्डली,
यदि तपाईं आज संघर्षमा हुनुहुन्छ भने— तपाईं एक्लो हुनुहुन्न ।परमेश्वरले तपाईंलाई बिर्सनुभएको छैन। तपाईंको आँसु व्यर्थ गएको छैन। तपाईंको कथा समाप्त भएको छैन।

आज परमेश्वर तपाईंलाई यही भन्नुहुन्छ : “नडराऊ , किनकि म तिमीसँग छु।”

आह्वान (Appeal)

यदि तपाईं : निराशामा हुनुहुन्छ, संघर्षमा हुनुहुन्छ, भित्रबाट टुट्नुभएको छ, परिवारमा एक्लो विश्वासी भएर थाक्नुभएको छ,
आज प्रभुसँग फेरि भन्नुहोस् : “प्रभु, म थाकेको छु, तर म तपाईंलाई छोड्नेछैन। मलाई समात्नुहोस्।”

समापन प्रार्थना

“हे प्रेमी स्वर्गीय पिता, आज मनले टुटेका, निराश भएका, संघर्षमा रहेका, परिवारमा एक्लो विश्वासी भएर आँसु झारिरहेका सबैलाई तपाईंले छुनुहोस्। उनीहरूलाई नयाँ आशा, नयाँ शक्ति र नयाँ साहस दिनुहोस् । जहाँ अन्धकार छ त्यहाँ तपाईंको ज्योति चम्कियोस् । जहाँ निराशा छ त्यहाँ आशा जन्मियोस् । येशू ख्रीष्टको नाममा माग्छौँ, आमेन।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
कोरेस राजा र निर्वासनका यहुदीहरु
कोरेस राजा र निर्वासनका यहुदीहरु
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
रेभ.डा. प्रकाश मेघि गुरुङ
रेभ.डा. प्रकाश मेघि गुरुङ
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
संविधान संशोधनमा एलपिपिजे फेलोशिप नेपाल र एड्भोकेट्स नेपालको सुझाव पेश
संविधान संशोधनमा एलपिपिजे फेलोशिप नेपाल र एड्भोकेट्स नेपालको सुझाव पेश
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम