कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
- कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले गत आइतबार स्थानीय सरकारसँग परामर्श गरेको छ ।
- परामर्शका क्रममा हालको अवस्था र चुनौतीका बारे कुरा गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर रमेशकुमार महर्जनलाई निषेधाज्ञाका कारण बन्द रहेका चर्चहरूलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न दिन इसाई समुदाय तयार रहेको व्यहोराको पत्र बुझाएको थियो ।
कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले गत आइतबार स्थानीय सरकारसँग परामर्श गरेको छ ।
परामर्शका क्रममा हालको अवस्था र चुनौतीका बारे कुरा गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर रमेशकुमार महर्जनलाई निषेधाज्ञाका कारण बन्द रहेका चर्चहरूलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न दिन इसाई समुदाय तयार रहेको व्यहोराको पत्र बुझाएको थियो । जवाफमा मेयर महर्जनले भन्नुभयो “कीर्तिपुरको हकमा त्यो अवस्था आइसकेको छैन तर अवस्था यो भन्दा फरक हुँदै गएमा कुनै पनि उपयुुक्त ठाउँमा आइसोलेसन सेन्टर बनाउन सकिन्छ भन्नु हुँदै त्यसका लागि स्रोत साधन प्रयाप्त हुनुपर्ने कुरा बताउनुभएको थियो । साथै इसाई समुदायको बिषयमा गहिरो चासो व्यक्त गर्दै सकारात्मक सहयोगको अपेक्षा सधैं आफूलाई रहेको भन्दै सबै बिरामीहरूप्रति सहानुभूति प्रकट गर्नुभयो । यसका साथै स्वास्थ्यकर्मीहरूको तालिममा इसाई समुदायको संलग्नताका निम्ति आफूले आग्रह गर्ने बताउनु भयो ।
यता फेलोशिपले आफू भोलेन्टियरका रुपमा काम गर्न तयार रहेको र यस्तो महामारीमा कुनै जाति, लिङ्ग, धर्म, वर्ण नहेरी समग्र मानवको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू यो महामारीलाई अन्त्य गर्न चासोका साथ लाग्ने बताउँदै आफूसँग भएको स्रोत साधन प्रयोग गरी सेवा गर्न तयार रहेको जनाएको छ । परामर्शका लागि अध्यक्ष पा. सुर्यकुमार श्रेष्ठ, उपाध्यक्ष पा. कृष्णभक्त महर्जन र सचिव रेभ. फादर मोहन शर्मा सहित तीन सदस्यीय टोली नगरपालिका गएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
बाइबल : केहि रोचक जानकारी
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण







