single page header banner

रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • २५ मे २०२१ ।
  • पास्टर रबर्ट कार्थक र पास्टर शामूएल कार्थकलाई हामीले छोटो समयका लागि गुमाएका छौँ ।

२५ मे २०२१ । पास्टर रबर्ट कार्थक र पास्टर शामूएल कार्थकलाई हामीले छोटो समयका लागि गुमाएका छौँ । उहाँहरूको सेवालाई हामीले कहिल्यै भूल्नु हुँदैन र उहाँहरूले पूरा गर्न बाँकी रहेको कामलाई हामीले दृढताकासाथ पूरा गर्नुपर्ने हुन्छ । यसमा सम्पूर्ण मण्डलीका अगुवाहरू र सदस्यहरू सक्रिय रूपमा सहभागी हुनुपर्छ ।

मैले पास्टर रबर्टलाई सन् १९७६ अर्थात् बिस २०३२ मा नेपाल ईसाइ मण्डलीमा भेटेको हुँ । मण्डलीमा जाने कुरा मेरो लागि अति नै नयाँ थियो । सन् १९७६ को मे महिनामा मैले प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गरेको थिएँ । पनौतीको हाइ स्कूलमा पढ्दापढ्दै सन् १९७३ मा मैले पहिलोपल्ट सुसमाचारका तीन वटा पुस्तिकाहरू २५ पैसामा किनेर येशूको बारेमा पढ्नथालेँ । केही वर्ष पत्राचार गरेपछि मैले प्रभुलाई ग्रहण गरेको हुँ र ग्रहण गरेको एक महिनामापछि एक मित्रले मलाई नेपाल ईसाइ मण्डलीमा लानु भएको थियो । तपाईंहरू सबैले अनुमान गर्न सक्नुहुन्छ‚ त्यसबेला प्रचार गर्नु मात्र होइन येशूमा विश्वास गर्नु पनि गैर कानूनी थियो । परिवार र समाजबाट पनि त्यति नै सतावट थियो । त्यसपछि पनि बेलाबेलामा पास्टर रबर्टसँग मेरो भेटघाट भयो र सन् १९८१ मा मैले बाइबल स्कूलको नेतृत्वको जिम्मा पाएपछि उहाँसँग बेलाबेलामा भेट हुने गर्थ्यो । उहाँले त्यसबेला चेलापन तालिक केन्द्र भनी चिनिएको बाइबल स्कूलमा पढाउनु भयो र त्यसबेला हाम्रो बाइबल स्कूल सानेपामा थियो ।

उहाँसँगको शुरूको भेटघाटबाट नै उहाँको नम्रता‚ सालीनता‚जोश‚ उत्साह देखेर म अति नै प्रभावित भएँ । उहाँ प्रार्थनाका योद्धा हुनुहुन्थ्यो र सबैले बुझ्ने किसिमले वचनको सेवा गर्नुहुने व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि मलाई लाग्छ १९८६ बाट बाइबल संसोधन गर्ने कार्यमा पनि उहाँ लगायत अरू वरिष्ठहरूको संलग्नता थियो । त्यसबेलाका नेपाल बाइबल सोसाइटीका कार्यकारी महासचिव लोकनाथ मनेनका बुबा थियोडर मनेन लगायत एचसी प्रधान‚ र अन्य वरिष्ठ व्यक्तित्वहरू हुनहुन्थो । त्यो समूहमा सबैभन्दा कान्छो म थिएँ । बाइबल सोसाइटीको संसोधन काम नेपाल ईसाइ मण्डलीमा राखिएको बेला मैले पास्टर शामुएललाई अलि बढी नजीकबाट चिन्ने मौका पाएँ । सन् १९९० को जनआन्दोलनको बेला पास्टर रबर्ट लगायत हामीहरू बाइबल सोसाइटीको कामको लागि मेघालयको सिलोनमा थियौँ र नेपालको अवस्था जटिल भएका समाचारहरू आएपछि हामी केही दिनपछि नेपाल फर्क्यौँ । अरू समयमा पनि मैले उहाँ लगायत अरूहरूसँग बाइबल सोसाइटीको काम र अन्य सम्मेलनमा उहाँसँग यात्रा गर्ने अवसर पाएको छु । त्यसपछि पनि यो संस्करणको काम हुँदाहुँदै सन् १९९० को जुनमा मेरो अध्ययनको लागि म र मेरो परिवार भारत गयौँ । भारतबाट मेरो अध्ययन सकिएपछि नेपाल ईसाइ मण्डलीले यसको ५० वर्षको सुवर्ण जुब्लीको अवसरमा प्रभुको वचन बोल्ने मौका पनि मैले पाएको थिएँ ।

पास्टर रबर्ट कार्थक सन् १९५४ मा कठिन परिस्थितिमा नेपालमा प्रवेश गर्नुभयो । उहाँसँग अरू सदस्यहरू पनि हुनुहुन्थ्यो । त्यसबेला नेपालमा ख्रीष्टियानहरूका लागि अति नै कठिन अवस्था थियो । तर उहाँ लागयत डा राजेन्द्र रोङ्गोङ् र अन्य सहकर्मीहरूले प्रभुबाटको बोलावट पाउनुभएको कारणले कठिन परिस्थितिमा पनि उहाँहरू खडा हुनुभयो र नेपालको मण्डलीलाई ठूलो उदाहरण प्रस्तुत गर्नुभएको छ । मेरा यी केही सम्झनाहरू छन् र अरू धेरै प्रभुका दासहरूले उहाँबाट महत्वपूर्ण शिक्षा र उदाहरण देखेका छन् ।

पास्टर सामुसँग मैले केही सुसमाचारीय सभाहरूमा सँगै सेवा गर्ने अवसर पाएको छु । उहाँले विभिन्न सुसमचारीय सेवाहरूमा संगीत समूहको नेतृत्व गर्नुहुन्थ्यो र मैले पनि धेरै यस्ता सुमाचारीय सभाहरूमा वचनको अनुवाद गर्ने अवसर पाएको थिएँ । पास्टर रबर्ट कार्थक र पास्टर शामुएल अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न तर उहाँहरूले नेपालको मण्डली र विश्वव्यापी रूपमा दिनुभएको सेवा र प्रभावका निम्ति हामी परमेश्वरलाई धन्यवाद चढाउँछौँ । पास्टर रवर्टसँग भेट्दा जहिले पनि उहाँले पवित्र आत्मामा भरिने र पवित्र आत्माका वरदानहरू र फल हाम्रो जीवनमा निर्माण गर्नुपर्ने कुरालाई विशेष जोड दिनुहुन्थ्यो । उहाँले छोडेर जानुभएको आत्मिक सम्पदालाई नेपालको मण्डलीले जगेर्ना गर्नुपर्छ र परमेश्वरको नाम‚ उहाँको राज्य‚ धार्मिकता‚ र इच्छा यो देशमा पूरा हुनुपर्दछ । बाबु र छोराले छोडेर जानुभएको बाँकी जिम्मेवारी हामीले पूरा गर्यौँ भने उहाँहरूप्रतिको हाम्रा साँचो सम्मान यथार्थ हुनेछ ।

उहाँहरूको भौतक मृत्युपछि अहिले सञ्चार सञ्जालमा धेरै टीकाटिप्पणी गरेको पाइयो । विशेष गरी दफन र दहनको विषयमा । मैले आजभन्दा झण्डँ २२ वर्ष अगाडि यस वियषमा अध्ययन गर्न शुरू गरेँ । यो मेरो अनुसन्धान युनिभर्सिटी अफ वेल्स यु के मा भर्ना भएपछि शुरू भएको थियो । त्यसबेला पनि नेपालमा दफन गर्ने बारेमा धेरै समस्या थियो । सन् १९८१ देखि नेपालका विभिन्न स्थानहरूमा यात्रा गर्दा मैले त्यो कठिनाइ देखेको थिएँ । त्यसैले यस विषयमा अध्ययन गर्ने प्रयास गरेँ र र मेरो अध्ययन पार्ट टाइम भएको हुनले मैले सन् २०१० मा यस अध्ययनलाई पूरा गरेँ । मेरो अनुषन्धानलाई अक्सफोर्ड सेन्टर फर मिसन स्टडी र एकता बुकस डिस्ट्रिब्युटरले प्रकाशन गरी प्रयोगमा ल्याएको छ । दफन र दहनका विषयमा जान्नका लागि यस पुस्तकलाई पढ्नुहोस् भन्ने म अनुरोध गर्दछु ।

यस पुस्तकमा समावेश भएका अन्तरवार्तामा पास्टर रवर्ट कार्थक लागायत वरिष्ठ पास्टरहरूको पनि अन्तरवार्ता छ । प्रायजसो सबैका विचारमा दफन र दहन दुवैलाई स्वीकार गर्न सकिन्छ किनकि परमेश्वरशास्त्रले मृत्युपछि एक व्यक्तिलाई कुनै पनि किसिमले सहयोग गर्न सकिँदैन र एक व्यक्तिको उद्धार मृत्युभन्दा पहिले नै निर्णय गरिएको हुन्छ र पुनरूत्थानमा पनि दफन वा दहनले कुनै असर पार्दैन । त्यसकारण अनवश्यक किसिमले यस विषयलाई उठाएर अनादर गर्ने काम नहोस् भन्ने मेरो विनम्र अनुरोध छ । नेपालको मण्डलीमा दहन गर्ने कार्य अहिले मात्र होइन तर अभ्यास हुँदै आएको छ । हामीले मण्डलीका अगुवाहरू वा सदस्यहरूलाई उद्धार र पुनरूत्थानका बारेमा सही शिक्षा दिनुपर्छ र भ्रम फैलाउने काम गर्नुहुँदैन ।

पास्टर रबर्ट आफैले यो निर्णय गर्नुभई नेपालको मण्डलीको लागि व्यावहारिक उदाहरण दिनुभएको छ । उहाँले आफ्नो मृत्युमा पनि मण्डलीलाई दीर्घकालिन सेवा प्रदान गर्नुभएको छ । हामीले दफन वा दहन दुवै किसिमका संस्कारहरूलाई स्वीकार गर्न सक्छौँ र यसलाई विवादित बनाउनुपर्ने कुनै पनि कारण छैन । यस विषयमा भविष्यमा हामीले छलफल चलाउनुपर्छ र मण्डलीलाई सेवा पुर्याउनुपर्छ ।

अन्त्यमा‚ पास्टर रबर्ट र सामुलाई स्मरण गर्दै उहाँहरूका योदानका लागि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र उहाँहरूले छोडेर जानुभएका परिवारका सदस्यहरू र नेपाल ईसाइ मण्डलका पास्टरहरू‚ अगुवाहरू र सम्पूर्ण मण्डली सदस्यहरूमा समवेदना व्यक्त गर्दै उहाँहरू सबैका लागि प्रार्थना गर्न चाहन्छु । परमेश्वरले यस घडीमा उहाँहरू हरेकलाई शान्ति‚ सान्त्वना‚ र धैर्यता प्रदान गर्नुभएको होस् भनी प्रार्थना गर्दछु । त्यसैगरी कोभिडका कारण आफ्नो भौतिक शरीर गुमाउनुभएका सम्पूर्ण प्रभुका जनहरूका जीवन र योगदानका लागि लागि परमेश्वरमा धन्यवाद चढाउँदै यस दुःखद घडीमा उहाँहरूका परिवार‚ आफन्तहरू र मण्डलीप्रति समवेदना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
बाइबल : केहि रोचक जानकारी
बाइबल : केहि रोचक जानकारी
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम