ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
- –कमल अधिकारी नासरतका येशुद्वारा स्थापित मतलाई ख्रीष्टियमत भनेर चिनिन्छ ।
- पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशु कुनै राजनीतिक अगुवा या विशिष्ट व्यक्तित्व हुनुहुन्थेन ।

–कमल अधिकारी
नासरतका येशुद्वारा स्थापित मतलाई ख्रीष्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशु कुनै राजनीतिक अगुवा या विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चाेलामा सामान्य जीवन जिउनुभयो तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताव्दिभित्रै पूरै राेमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ। किन मानिसहरु यस विश्वासतर्फ आकर्षित भएका होलान ? यहाँ सात ओटा कारण पेस गरिएका छन् ।
१. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ । येशूले मानव चोला धारण गर्नुका थुप्रै कारण थिए – भविष्यवाणीहरु पूरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरुलाई पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधिलाई शान्त पार्नुभएको, लंगडाेलाई हिंड्न सक्षम तुल्याउनुभएको, थाेरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामिलाई बताएका छन् । उहाँले अपना घनिष्ठ मित्रहरुलाई कतै तिनिहरुले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्नुहुँदा पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहां जाउं ? तपाईसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाई परमेश्वरका पवित्र जन हुनुहुन्छ (यूहन्ना ६-५८-५९)
२. यसको धर्मशास्त्र भरोसायोग्य छ ख्रीष्टियमतकाे धर्मशास्त्रकाे नाउं हाे वाइवल । चालीस भन्दा वेसी मानबीय लेखकले १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमानै श्रीष्टियान विश्वास निर्भर छ । यसले एउटै कथावस्तु अर्थात् मानव जातिको लागि परमेश्वरको छुटकाराको योजनालाई व्यक्त गर्दछ जुन सृष्टिबाट आरम्भ भएर जनताको प्रवेशद्वारमा गएर टुङ्गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्वविद्याका आधुनिक खाेजहरुले आज पटकपटक पुष्टि गरेका छन् । इतिहासभरी नै यसको पाण्डुलिपिलाई कैयौं पटक प्रतिलिपि गरिएको भए तापनि यसको सच्चाइ गुमेको रहेनछ भनी बिसौं शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुठ्ठाहरुले प्रमाणित गरेका छन् ।
३. यसले जीवनलाई उचित तवरले व्याख्या गर्छ सबै धर्मले हाम्राे अस्तित्वको अर्थ दिने कोसिस गर्दछन् । सबै धार्मिक प्रणालीले हामी कहाँबाट आयाैं, किन यहाँ छौं, र कतातिर जांदै छाैं भन्नेजस्ता जीवनका गहनतम प्रश्नहरूको सम्बोधन गर्ने प्रयत्न गर्छन । तर यो विश्वलाई जसले सृष्टि गर्नुभयो उहाँले नै यसको वास्ता र हेरचाह गर्नुहुन्छ भनी येशूले प्रकट गर्नुभयो । हामीले जे अनुभूति गर्छाैं, जुन दुःख भाेग्छाैं त्यही अनुभव गरी हाम्रो निम्ति मर्नुहुने त आखिरमा येशू नै हुनुहन् ।
४. यो इतिहासको निरन्तरता हो । ख्रीष्टियमतकाे जरा प्राचीन संसारमा गडेको छ । जजसले ख्रिष्टलाई अङ्गाल्छन तिनीहरूले उही परमेश्वरलाई पुज्छन् जसलाई आदम, अव्राहाम, सारा, सोलोमन र दानिएलले पुजेका थिए । येशूले इतिहासलाई इन्कार गर्नुभएन । उहाँ त इतिहासको परमेश्वर हुनुहुन्थ्याे (युहन्ना १:१-१४) । उहाँ पृथ्वीमा हुनुहुँदा त्यही मूल योजनामुताबिक कसरी जिउने भनी उहाँले हामिलाई देखाउनुभयाे । आफु मर्नुहुंदा उहाँले पुरानो करारको बलिदान संवन्धि प्रणालीलाई पूरा गर्नुभयो । श्रीष्टियान विश्वास नयाँ विश्वास होइन, यो त उत्पतिदेखि प्रकाश सम्मकाे कथा हो । यो उहाँको कथा हाे र हामिहरुकाे पनि (प्रेरित २२२-३२. १ कोरिन्थी १५:१-८)
५.यसमा जीवनलाइ रुपान्तरण गर्ने शक्ति छ । यशूलाई गिरफ्तार गरिंदा वहाँलाई छाडेर जाने उहाँका चेलाहरु मात्र केही हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन् तर उहाँका शत्रुहरु पनि वदलिए । ख्रीष्टियानहरूमाथि उग्र सतावट गर्ने एक जना पावल नमा गरेका मानिस थिए जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै बारेमा बताउने एक प्रमुख चेला वने ( 11-२४) । यशूद्वारा ऐतिहासिक अनपढहरु मात्र रुपान्तरित भएका छैनन् तर आधुनिक विद्वानहरु पनि ।
६. यसले समाजमा असाधारण प्रभाव पारेकाे छ । नासरतका एक जना सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो । पात्रो र मितिहरु उहाँको जन्मका मौन गवाहिहरू हुन् । घरको छत, हार, कुण्डल, क्रुसकाे चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरु उहाँको मृत्युका दृश्यवान साक्षिहरु हुन । सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधि साथै कल कारखानासम्बन्धी नीति नियमको लागि पाश्चात्य दृष्टिकोणले जुन आधार तय गर्यो, त्यसको जग आधारभूत खीष्टियान मूल्य-मान्यतामा गडेको थियो । पूर्वीयसाथै पश्चिमी जगतमा भएका सामाजिक राहतका संघ संस्थाहरु, हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै गैरख्रिस्टियान अज्ञेयवादमा मौलाएका होइनन्, तर प्रत्यक्ष या परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरुमा समाज सुधारको निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको छ त्याे अतुलनीय छ ।
७. यसमा उद्वार पाइन्छ । वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आ-आफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरुलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन । खीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन तर उहाँले हाम्राे निम्ति जे गर्नुभयाे त्यसकाे स्विकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौ भन्ने स्वीकारको खांचाे छ (एफिसी २:८-१०) |
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)
मुक्ति : बाइबलिय अर्थ
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज







