single page header banner

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार

admin admin
आइतबार, आश्विन 19, 2079
Social buttons loaded
समाचार सारांश
  • माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ ।
  • केहि दिन पहिले चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयम्ले त्यसको उद्घाटन गरेका हुन् ।

माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ । केहि दिन पहिले चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयम्ले त्यसको उद्घाटन गरेका हुन् ।

उक्त ट्वाइलेटले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ । त्यसका लागि ट्वाइलेटको प्यान (चर्पीमा दिसा बस्ने ठाउँ) लाई प्राविधिक रुपमा निमार्ण गरिएको छ । जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमिकल प्रयोग गरि तुरुन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ ।

यो ट्वाइलेटको अनुसन्धानको लागि मात्रै बिल गेट्सको निजी लगानीको सामाजिक संस्था बिल मेलिंडा गेट्स फाउन्डेसनले २० अर्ब लगानी गरेको उल्लेख छ । उद्घाटन कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन् ।

‘हरेक पाँच वर्षमा ट्वाइलेटबाट निस्कने किटाणुले लाखौं बालबालिका विभिन्न रोगबाट ग्रसित भइरहेका छन्, उनले भने, ‘त्यसका लागि उपचार र अन्यमा गरी अर्बौ खर्च भएको छ । त्यसैले यो ट्वाइलेट निमार्णको लागि संस्थाले २० अर्ब लगानी गरेको हो ।

यसलाई आउँदा वर्षहरूमा विश्वले प्रयोग गर्ने ट्वाईलेटको रुपमा लिइएको छ । यसको विकास र बजार विस्तारको लागि यति नै थप रकम खर्च हुने गेट्सले बताएका छन् । हाल ट्वाइलेटमा दिसा पखाल्न ठूलो मात्रामा पानीको प्रयोग भइरहेको छ । पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ । साथै ट्वाइलेटबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

गेट्सका अनुसार यो ट्वाईलेटमा विभिन्न मोडल र विभिन्न केमिकल प्रयोग गर्न सक्ने गरी अनुसन्धानको काम भइसकेको छ । ‘अनुसन्धानकर्ताहरूले आफ्नो मोडल सहितको जानकारी लगानीकर्तालाई दिन बाँकी छ, । गेट्सले भनेका छन्, ‘अबको बाटो भनेको ठूलो परिणाममा त्यसको उत्पादन नै हो । सन् २०३० सम्म यसको बजार ६ खर्ब भन्दा बढीको हुने पूर्वाअनुमान उनले गरेका छन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
मैले देखेको र भोगेको कोरोना
मैले देखेको र भोगेको कोरोना
येशूको चिहानमा चर्च स्थापना
येशूको चिहानमा चर्च स्थापना
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम