single page header banner

बाइबल माथि पुरातत्त्वविद्याको खोज

adminsangam adminsangam
आइतबार, जेठ 19, 2080
Social buttons loaded
समाचार सारांश
  • पुरातत्त्वविद्या शब्द पुरा र तत्त्व यि दुई शब्द आपसमा मिलेर बनेको हो ।
  • यी मध्ये पुरा शब्दको शाब्दिक अर्थ पुरानो, विगतको वा पहिलेको भन्ने हुन्छ भने तत्त्व शब्दको अर्थ मुलभुत कुरा वा वास्तविक कुराको ज्ञान भन्ने हुन्छ ।

पुरातत्त्वविद्या शब्द पुरा र तत्त्व यि दुई शब्द आपसमा मिलेर बनेको हो । यी मध्ये पुरा शब्दको शाब्दिक अर्थ पुरानो, विगतको वा पहिलेको भन्ने हुन्छ भने तत्त्व शब्दको अर्थ मुलभुत कुरा वा वास्तविक कुराको ज्ञान भन्ने हुन्छ । यसर्थ पुरातत्त्व शब्दको शाब्दिक अर्थ विगतको वास्तविक कुरा, अथवा पुरानो कुराको ज्ञान अथवा आजभन्दा पहिलेको, वास्तविक कुराको जानकारी गराउँने विषय हो ।  विगतका पुराना कुराहरुको खोज तथा अनुसन्धान गर्ने एक प्रकारको विज्ञान हो ।[1] पुरातत्वशास्त्र त्यो विज्ञान हो जो मानवका भूत कालको अध्ययन गर्दछ ।[2]  पुरातत्त्वलाई बुझाउने प्राचिन ग्रीक भाषाको ‘Archaios’ र ‘Logos’ भन्ने दुई अलग शब्द आपसमा मिलेर बनेको हो । जसको अर्थपनि क्रमसँग पुरानो र ज्ञान भन्ने हुन्छ ।[3]  पुरातत्त्वविद्या भन्नाले भूतकालमा भएका पुराना बस्तुहरुको खोज तथा अनुसन्धान गर्ने सामाजिक विज्ञान हो । नेपाली बृहत् शब्दकोश ले पुरातत्त्वको परिभाषित गर्दै भन्छ, “प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या; पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध राख्ने विद्या”[4]   यसर्थ पुरातत्त्वविद्या मुलतः पुराना बस्तुहरुको अध्ययन गर्ने विद्या हो ।

             बाइबलका सत्यताहरु यस्ता खोजीहरुमाथि निर्भर छैन तर पनि पुरनतत्व विज्ञानले बाइबलमा लेखिएका कुराहरुको वास्तविकतालाई पुष्टि गर्दछ ।[5]  पुरातत्त्वविद्याले बाइबल परमेश्वरको बचन हो वा होइन भन्ने कुरा प्रमाणित गर्न सक्दैन तर बाइबल सत्यताले भरिएको र इतिहास मुताविक सही छ भन्ने कुराको प्रमाण भने दिने गर्दछ । बाइबल कुनै मानिसले कल्पना गरेको मनगढन्ते दन्ते कथा होइन भनेर पनि पुरातत्त्वविद्याले हामीलाई प्रमाण दिदछ । लेखक डेल रोटन लेख्छन्, “पुरातत्त्वविक खोजहरुले धर्मशास्त्रको विश्वासनीयतालाई पुष्टि गरिरहेकै छन् ।”[6]   यस्तै ग्लिसन आर्चर, प्रतिष्ठित बाइबल विद्वान् भन्छन्, “एकपछि अर्को गर्दै मैले बाइबलका तथाकथित अन्तर्विरोधहरूलाई हेरेको छु र बाइबलका अभिलेखमा भएका ती अन्तर्विरोधहरूलाई अध्ययन गरेको छु । र, भाषाविद्हरू, पुरातत्त्वविद्या र विज्ञानको साक्षीले धर्मशास्त्रको विश्वसनियताप्रति भएको मेरो निश्चयतालाई बारम्बार पुष्टि गरेका छन् र मजबुत बनाएका छन् ।”[7]  विलियम राम्सेले बाइबललाई दन्ते कथाको रुपमा बिचार गर्थे । उनले बाइबललाई अप्रमाणित गर्ने उद्देश्यले नै पुरातत्त्वविद्या भन्ने बिषय अध्ययन गरे । २५ बर्षको लामो अनुसन्धान र खोजबाट उनले थाहा पाए कि बाइबलमा उल्लेख गरिएका पुरातत्त्व सम्बन्धी कुराहरु सत्य छन् । त्यस पछि उनी ख्रीष्टियान पनि भए ।[8] 

एकपछि अर्को गर्दै मैले बाइबलका तथाकथित अन्तर्विरोधहरूलाई हेरेको छु र बाइबलका अभिलेखमा भएका ती अन्तर्विरोधहरूलाई अध्ययन गरेको छु । र, भाषाविद्हरू, पुरातत्त्वविद्या र विज्ञानको साक्षीले धर्मशास्त्रको विश्वसनियताप्रति भएको मेरो निश्चयतालाई बारम्बार पुष्टि गरेका छन् र मजबुत बनाएका छन् ।

          पुरातासत्त्विक कामले निःसन्देह धर्मशास्त्रीय रेकर्डको विश्वासनीयतामा विश्वास बलियो बनाएको छ । प्यालेस्टाइनमा उत्खन्न गरेको अनुभवले गर्दा एक भन्दा बढी पुरातत्वविदहरूले बाइबलप्रति आफ्नो आदर बढाएको छ । पुरातत्त्विविद्याले धेरै जसो अवस्थामा  आधुनिक आलोचकहरूको धारणालाई इन्कार गरेको छ ।[9]

सन्दर्भ सामाग्रीः

[1] शिवहरि अर्याल, नेपालको पुरातत्त्व, कला, वास्तुकला र पर्यटनको परिचय (काठमाण्डौँः शिव पब्लिकेशन प्रा.लि.),१।

[2] स्वतन्त्र विश्वकोश, नेपाली, Assessed date April 6,2015, https://ne.wikipedia.org/wiki/पुरातत्त्वशास्त्र

[3] अर्याल, नेपालको पुरातत्त्व, कला, वास्तुकला र पर्यटनको परिचय,१।

[4] नेपाली बृहत् शब्दकोश (काठमाण्डौँः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५०),७९०।

[5] डन् फ्लेमिङ, ब्रीज सचित्र बाइबल शब्दकोश (काठमाण्डौँः जी.एफ.ए प्रकाशन, २०१४)३४१।

[6] डेल रोटन, विश्वासको प्रमाण (काठमाण्डौँः सत्यबाटो प्रकाशन, २००४)३९ ।

[7] कमल अधिकारी, बाइबलको विषयमा १९ ओटा भनाइहरू (भाग २), Accessed Date April 26, 2021, Publics Date MONDAY, JANUARY 26, 2015, http://reasonstobelieve2014.blogspot.com/2015/01/BLOG-POST_26.HTML

[8] कमल अधिकारी, बाइबलमा भुल छ भनी प्रमाण खोज्न हिँडेका राम्से अन्ततः बाइबल विद्वान् बने, Accessed Date April 26, 2021, Publics Date December 31, 2020, https://kamaladhikari.com.np/1935/

 [9] Peter S. Williams, Archaeology and the Historical Reliability of the New Testament, Accessed Date May 10, 2021, Publics Date July 2012, https://www.bethinking.org/is-the-bible-reliable/archaeology-and-the-historical-reliability-of-the-new-testament  

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
पश्चिम नेपालभरी सुसमाचार फैलाउदै ज्योति निवास ए.जी चर्च
पश्चिम नेपालभरी सुसमाचार फैलाउदै ज्योति निवास ए.जी चर्च
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम