single page header banner

के हो अगाप्पे प्रेम ?

Pramodkhadka Pramodkhadka
बिहिबार, फाल्गुन 9, 2080
Social buttons loaded
समाचार सारांश
  • पा.
  • प्रवजन शाही ,संस्थापक , गुड न्युज नेपाल के तपाईले कसैलाई प्रेम गर्नु भएको छ ?

पा. प्रवजन शाही ,संस्थापक , गुड न्युज नेपाल

के तपाईले कसैलाई प्रेम गर्नु भएको छ ? वा कसैले तपाईलाई प्रेम प्रस्ताव राखेको छ । एक चोटि यी दुई प्रश्नलाई अति गहनरूपमा विचार गर्नुहोस् त ! संसारमा सबैभन्दा बढी मानिसहरूले सुन्न चाहेको शब्दहरूमध्य पहिलो शब्द हो प्रेम । संसारमा प्रेम ३ प्रकारका हुन्छन् : इरोश, फिलियो र अगाप्पे प्रेम ।

जीवनमा हामीले हाम्रो परिवार, आफन्त, श्रीमान् श्रीमती, छोराछोरी, भाइबहिनी र आफ्ना मित्रहरुलाई प्रेम गरिरहेका नै हुन्छ, यस प्रकारको प्रेमलाई इरोश प्रेम भनिन्छ । यो हाम्रो जीवनको अनुभव पनि हो । हामीले संसारमा रहँदासम्म निष्कलङ वा निःस्वार्थ प्रेम न त पाउन सक्छौ, न अरुलाई दिन नै । संसारमा हामीले गर्ने प्रेममा शर्त लुकेर रहेको हुन्छ, कतिपटक स्वार्थी हुन्छ, त्यस्तो प्रेमलाई फिलियो प्रेम भनिन्छ । तर एउटा यस्तो प्रेम पनि छ जसले तपाईलाई निःस्वार्थ वा विनाशर्त प्रेम गर्छ । त्यो प्रेम मानिसले गर्ने जस्तो स्वार्थी प्रेम होइन, अगाप्पे प्रेम मानिसको सामर्थ्य भन्दा बाहिर आउँछ । अर्थात् मानिसले कहिल्यै पनि अगाप्पे प्रेम गर्न सक्दैन । हामी संसारमा रहँदासम्म कसैले पनि हामीलाई अगाप्पे प्रेम गर्न सक्दैन । तपाईलाई जन्म दिने तपाईकी आमाले तपाईले चाहेको जस्तो प्रेम नगर्न सक्नुहुन्छ, तपाईले प्रेम गरेको तपाईको प्रेमी वा प्रेमिकाले तपाईको प्रेमलाई नबुझ्न सक्छन् । हामीले कतिपटक साना लालाबालाहरुलाई आमा बाबाले छाडेर गएको खबरहरु पनि सुनेका छौं । सुन्दा पक्कै पनि नरमाइलो लाग्छ तर यसबाट एउटा कुराचाहिँ प्रष्टै हुन्छ । त्यो कुराचाहिँ यो हो कि : एक दिन पतन भएर जाने संसारमा कसैले पनि अगाप्पे प्रेम गर्न सक्दैन । तर बाइबलले बताउँछ, कि परमेश्वर यो प्रेम हुनुहुन्छ । अनि त्यो प्रेम नष्ट भएर जाने स्वार्थी प्रेम होइन तर तपाईले चाहेको जस्तो अगाप्पे प्रेम हो । तपाईका आफ्नै नजीकका मासिनहरुले तपाईलाई त्यागेतापनि परमेश्वरले तपाईलाई कहिल्यै पनि त्याग्नु हुँदैन किनकी परमेश्वर आफैले भन्नु भएको छ, ‘म तिमीलाई कुनै पनि रीतिले छोड्नेछैन, म तिमीलाई कहिल्यै त्याग्नेछैन ।’- हिब्रू १३:५

किन परमेश्वरले तपाईलाई कहिल्यै छाडदिन र कहिल्यै पनि त्याग्दिन भनेर प्रतिज्ञा गर्नुभयो ? किनकी उहाँले तपाईलाई अति प्रेम गर्नुहुन्छ त्यसैले यो धर्ति छोडीजाँदा स्वर्गमा आफूकहाँ आएको चाहनु हुन्छ ।

बाइबलले बताउँछ, ‘परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले पापी मानिसलाई उसका सबै अधर्मबाट बचाउन आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई (शरीर) यस संसारमा दिनुभयो । ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले कहिल्यै नाश नहुने अनन्त जीवन पाओस् ।’ आज त्यही प्रेमिलो परमेश्वरले तपाईलाई भन्दै हुनुहुन्छ कि, म तिमीलाई प्रेम गर्छु ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम