विश्वास र धैर्य
- पा.
- चेतराज जोशी कि तिमीहरू अल्छी नबन, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरू प्राप्त गर्नेहरूको अनुकरण गर।
- पा.चेतराज जोशी
कि तिमीहरू अल्छी नबन, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरू प्राप्त गर्नेहरूको अनुकरण गर। (हिब्रू 6:12)
बिस्वासको बारेमा हामी धेरैलाइ थाहा छ। कुनै पनि कुरामा सफल हुन चाहे त्यो आत्मिक होस वा भौतिक हामिलाइ बिस्वास चाहिन्छ भनी हामिलाइ थाहा छ। मैले केही दिन अघि बिस्वासको कदमको बारेमा बताएको पनि थिए तर माथी वचनमा एक पटक दोहोराएर हेर्नुहोस, जहाँ बिस्वास र धिरज दुबै उल्लेखित रहेको छ।
धिरज वा धैर्य भनेको कुनै पनि चीजहरूको सामना वा सहन गर्नु मात्र होइन। धैर्य भनेको केही कुरा जारी राख्नु, लगनशील रहनु, स्थिर रहनु, आफ्नो मार्गलाई कायम राख्नु, राम्रो काममा थकित नहुनु र नछोड्नु हो। तपाइको उदेश्यमा कुनै ठूलो फल नलाग्दा पनि तपाईं धिरजले अगाडि बड्दै जानुहुन्छ।अर्को उदाहरण यो(whaatsapp group) ग्रुप मैले 2019 मा शुरु गरे, यो मेरो मन्डली भन्दा बाहिर भएका मानिसहरुको लागि बनेको थियो तर आज विश्व भरी हजारौं मानिसहरुले आत्मिक उत्साह पाउने मौका पाएका छन् । यो मेरो र मेरो श्रीमतीको धिरज हो।
धैर्यता आत्माको फल हो, त्यसैले बाइबल अनुसारको धैर्यमा हिंड्नको लागि तपाईंले आफ्नो आत्मिक जीवनलाई बलियो राख्नुपर्छ, यो धिरज वचन खाएर र परमेश्वरसँगको सङ्गति राखेर उत्पन्न र बिकास हुन्छ। हामीले विश्वासद्वारा परमेश्वरबाट दर्शन, उदेश्य , लक्ष्य प्राप्त गर्छौं, तर उहाँका प्रतिज्ञाहरू प्राप्त गर्न र त्यसको आनन्द लिनको लागि हाम्रो विश्वासमा धैर्यताले काम गर्नुपर्छ। जब हामी परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्छौं तब पर्खाइ र परीक्षाको समय हुनु सामान्य हो। तर आफ्नो विश्वासमा अडिग रहनुहोस् र धिरजलाइ बनाइराख्नुहोस , निरन्तर अगाडि बढिरहनुहोस।के तपाईं कर्जा र ऋणदाताबाट मुक्त हुन चाहानुहुन्छ। तपाइलाइ बिस्वास र धिरज दुबै चाहीन्छ। मैले यति बताउदा तपाइलाइ ठूलो बिस्वास भएको तर अस्थिर धिरज नभएको मानिस असफल भएको सम्झना आउँछ होला।
याकूब ५ : ८-११
८. तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो *हृदयलाई स्थिर गराओ*, किनकि प्रभुको आगमन नजिकै छ।
९. भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।
१०. भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर।
११. हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले *अय्यूबको स्थिरताको* विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
यहाँ हृदय र अय्युबको स्थिरता भन्ने शब्दमा ध्यान दिनुहोस। यसले तपाइँको अन्त दुईभाग वा दुइगुणा आशिषले भरिदिनेछ। परमेश्वरको वचन तपाईंको जीवनमा पूरा हुनेछ। विश्वास गर्न र धिरज राख्न नछोड्नुहोस्।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
उड्न नसक्ने बिस्वासि
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?







