single page header banner

प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व

admin admin
शनिबार, कार्तिक 2, 2079
Social buttons loaded
समाचार सारांश
  • लेखक फिलिप क्षेत्री हाल अमेरीकाको Seattle Washington स्थित Emmanuel (Nepalese Community) Church को पास्टर हुनुहुन्छ ।
  • स्व.

लेखक फिलिप क्षेत्री हाल अमेरीकाको Seattle Washington स्थित Emmanuel (Nepalese Community) Church को पास्टर हुनुहुन्छ ।

स्व. प्रेम दयाल प्रधान (आपा) एक सक्षम रणनीतिक ईशाई व्यक्तित्व हुनुहुन्थ्याे । असल नेतृत्व गर्नका लागि रणनितिकाे अति आवश्यक्ता पर्दछ । रणनीति बिना मण्डली सेवाकाइ अगाडि वढ्न सक्दैन । आवश्यक्ता अनुसार सेवाकाईमा प्रयोग गर्नको लागि परमेश्वरले हामी सबैलाई रणनीतिक विधिहरु दिनुहुन्छ । जसमध्ये प्रेम दयाल प्रधान नेपाल ख्रिष्टियन इतिहासका एक सफल रणनीतिक नेतृत्व गर्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँको सेवाकाई नेतृत्वलाई हामी S-T-R-A-T-E-G-Y एक्राेस्टीक (Acrostic) तरिकाबाट हेराैं ।

१. S – Strategic Thinking ( रणनीतिक सोचाई): प्रेम दयाल प्रधानले जुन काम गर्दा पनि रणनैतिक सोचाइका साथ गर्नुहन्थ्यो। यो अति गम्भीर बिषय हो, किनकि कुनै पनि ख्रिष्टियन अगुवाले सेवाकाई शुरु गर्नभन्दा पहिले परमेश्वरको आवाजलाई सुन्नुपर्छ र बोलावाटलाई बुझ्नुपर्छ। एफिसी ५१५-१७ अनुसार, परमेश्वरको बोलावटलाई उहाँले बुझनुभयो, सम्पूर्ण बाकी जीवन ख्रिष्टको निम्ति सुम्पनुभयो । उहाले सेवाकाइका रणनीतिक योजनाहरुसिक्नुभयाे र अरुलाई पनि सिकाउनुभयो । रणनीतिक कुराहरुले `कुनै पनि कार्यको अन्त कस्ता हुन्छ ´ भनी जानकारी दिन्छ । त्यसैले प्रेम प्रधान आपालाई आफ्नो सेवाकाईको शुरुदेखि अन्तिमसम्मको जानकारी थियो । उहांले रणनीतिक तरिकाले मेवाकाई गर्ने दर्शन देख्नुभयो र उक्त दर्शन पुरा गर्नलाई प्रभुका जनहरुसंग काम गर्नुभयो ।

३. T- Theologically Sound ( स्वस्थ ईश्वरशास्त्रीय ज्ञान) : प्रेम प्रधानले सेवाकाइको जग परमेश्वरको बचन र ख्रिष्ट येशुमाथि बसाल्नुभएको थियो । उहाँले आध्यात्मिक रुपमा परमेश्वरको वचनलाई ठीक प्रकारले प्रचार गर्नुहन्थ्यो। उहाँको गवाही अनुसार सेवाकाई शुरु गर्नुभन्दा अगाडि जंगलमा गई तीन दिनसम्म उपवास बसी परमेश्वरबाट अगुवाई खोज्नुभयो यशैया ४६:१० । उहाँले सेवाकाइको बलियो जग बसाल्नुभयो, साथै धेरै जनाको जीवनमा पनि उहाँले यस प्रकारका वलियो जग बसाल्न सहयोग गर्नुभयो । धेरै मानिसहरुलाई प्रेमकासाथ आर्थिक, नैतिक, सामाजिक स्वास्थ्य शिक्षा र आत्मिकी रुपमा हुर्काउनुभयो ।

३. R-Resources (श्रोतसाधनहरु) : प्रेम प्रधानले आफ्नो जीवनको मुख्य श्राेतकाे रुपमा परमेश्वर र उहांकाे बचनलाई लिनुहुन्थ्यो, मत्ती ६:३३ । उहाले परमेश्वरसंग धेरै समय बिताउनु हुन्थ्यो । उहाँले वरदान भएका आफ्ना वरिपरिका मानिसहरुलाइ श्रोतको रुपमा चलाउनु हुन्थ्यो। खेती किसानी, पशुपालन, माछापालन तथा बजार व्यवस्थापनको आय श्रोतबाट होस्टेल, स्कूल, मण्डली र सेवकहरुलाई सहायता गर्नुहुन्थ्यो । परमेश्वरले आपाको सेवाकाईमा ठीक समयमा ठीक प्रकारका मानिसहरुलाई जुटाउनु हुन्थ्यो । पैसा सेवाकाइमा अति आवश्यक कुरा हो । तर उहाँले पहिला परमेश्वरको राज्य खोज्नुहुन्थ्यो, अनि सबै कुरा थपिन्थ्यो र सबै आवश्यकताहरु पूरा हुन्थ्यो । अंग्रेजीमा एउटा भनाई छ, `God’s will is God’s Bill.´

४. A-Aim (उद्देश्य ): प्रेम दयाल प्रधान उद्देश्यकासाथ सेवाकाईमा अगाडि बढ्ने नेपाली पहिलो पुस्ताका सक्षम सेबक हुनुहुन्थ्यो । झोलामा बाइबल बोकी, राती सुकुलमा सुती, गाउँघरका साधारण खाना खादै नेपालका विभिन्न भागमा ख्रिष्टको प्रचार गर्दै हिँड्नुहुन्थ्यो। धेरैलाई प्रभुमा डोर्याउनुभयो । उहाँ प्रभावकारी सेवक हुनुहुन्थ्यो । धेरैको जीवनमा प्रभुले अचम्मको काम गर्नुभयो। आफ्ना कार्यहरु सहज होस् भनेर अति महत्वपूर्ण कामहरुलाई बढी प्राथमिकता दिनुहुन्थ्यो उहाँले सबैकार्यहरु तालिका अनुसार गर्नुहन्थ्यो । उहाँको मुख्य उद्देश्य भनेको धेरै मानिसहरुलाई प्रभुमा ल्याउनु थियो । त्यसैले आफ्नो उद्देश्यलाई उहाँले निरन्तरता दिनुहुन्थ्यो ।

५. T – Target ( निशाना ): प्रेम दयाल प्रधानको निशाना कल्भरीको क्रुस थियो। क्रूसको सन्देश सबैलाई सुनाउनु थियो त्यही क्रममा उहाँले लामो समयसम्म जेल जीवन बिताउनुपर्यो उहाँले जीवनमा धेरै चुनौतिहर भोग्नुभयो, तर कहिल्यै हार खानु भएन कारण ख्रिष्ट उहाँसंग हुनुहुन्थ्यो।

६. E- Evaluation (मूल्याङकन): प्रेम प्रधानले सेवाकाईलाई सबै क्षेत्रबाट रणनीतिक रुपमा मूल्याङकन गर्नुहुन्थ्यो उहाँले आफ्ना सम्पर्कमा भएका सबैलाई असल सेवकको दृष्टिले हेर्नुहुन्थ्यो विशेष गरी उहाँको मुल्याङकन क्षेत्रहरू: के सेवाकाई र चर्चहरु ठिकसँग चल्दैछन् ? सबै सेवकहरु आर्थिक, आत्मिक, शारीरिक मानसिक रुपमा ठिक छन् ? मसंग काम गर्नेहरु खुशीमा, दुखमा थकाईमा वा गन्तव्यहिनता आदि कुन अवस्थामा छन् ? सेवाकाई गर्दा कुन कुराले खुशी पार्छ ? ? जीवनमा परमेश्वरको आशिष कतिको पाउदैछन् ? आदि।

७. G-Goal (लक्ष्य): प्रेम प्रधानको लक्ष्य धेरैलाई प्रभुमा होच्याउन थियो। यस लक्ष्यलाई पूरा गर्नको लागि उहाँले विभिन्न परिस्थितिहरुमा पनि सेवकाईलाई निरन्तरता दिनुभयो । उहाँका चेलाहरु संसारका विभिन्न देशहरुमा कुनै न कुनै तरिकाले सेवाकाइमा आवद्ध भएर काम गरिरहेका छन । जस्तै मण्डलीको सेवाकाई, समाजसेवा, उद्योग व्यापार र कला क्षेत्रमा आदि। अमेरिकामा मात्र एक दर्जन भन्दाबढी उहाँका चेलाहरु उहाले सिकाउनु भएको बाटो हिंड्दैछन्। उहाँ हामी सबैको आदर्श व्यक्तित्व हुनुहुन्छ । आफ्नो लक्ष्यसम्म पुग्नको लागि उहाँले धेरै पीडाको अनुभव गर्नुभयो, एक्लै भएको महशुस गर्नुभयो, सँगै सेवाकाई गरेकाहरुले छाडे तर उहाले कहिल्यै हार मान्न भएन । निरन्तर अगाडी बढीरहनु भएकोले परमेश्वरले उहाँलाई आफ्नो लक्ष्यसम्म पुन्याउनुभयो

८. Y- Year (वर्ष): प्रेम प्रधानले वर्षभरीको सेवाकाईको कार्यतालिका पहिला नै बनाएर राख्नुहन्थ्यो। न्यू लाईफ चर्च नाजिम्पाटमा मैले उहाँको यो वार्षिक योजनाको नोट बुक सन् १९९९ देखेको थिए। मैले पनि यसबाट केही पाठ सिकें र हरेक नया साल शुरु हुन अघि सेवाकाइको नागि कार्य तालिका बनाउछु । उपदेशक ३:१-८ अनुसार, स्वर्गमुनि पृथ्वीमा सबैकुराहरु परमेश्वरले उदेश्य र कारणका साथ तयार पार्नुभएको छ । सबै कुराको समय छ। त्यही अनुसार १५ नाेभेम्बर १९९८ का दिन उहाँलाई परमेश्वरले आफ्नो अनन्तको घरमा लानुभयो । उहाँले उत्तम लदन्त लड्नुभयो र आफ्नो दौड पुरा गर्नुभयो । “बुद्धिमानहरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू चाहि ताराहरूजस्तै सदासर्वदा चम्किरहनेछन् । दानियल १२.३

(लेखक फिलिप क्षेत्री हाल अमेरीकाको Seattle Washington स्थित Emmanuel (Nepalese Community) Church को पास्टर हुनुहुन्छ ।॥ )

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम