single page header banner

UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना

admin_news admin_news
बुधबार, आश्विन 3, 2083
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं, जेठ २० — संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् (UNNCC) ले नेशनल चर्चेज फेलोशिप अफ नेपाल (NCFN) का नवनिर्वाचित अध्यक्ष पा.
  • डा.

काठमाडौं, जेठ २० — संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् (UNNCC) ले नेशनल चर्चेज फेलोशिप अफ नेपाल (NCFN) का नवनिर्वाचित अध्यक्ष पा. डा. किरण कुमार दाससहित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । परिषद्का केन्द्रीय अध्यक्ष डा. सुन्दर बहादुर थापा र केन्द्रीय संयोजक पा. भव बहादुर घलेद्वारा जारी संयुक्त शुभकामना सन्देशमा NCFN को नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संस्थाको आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ, “NCFN का नव निर्वाचित अध्यक्ष पा. डा. किरण कुमार दास लगायत सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको नेतृत्व तथा कार्यकालमा NCFN अझ विकसित, उन्नत र सुदृढ बन्न सकोस्। साथै नेपाली चर्चको एकता अझ सशक्त, प्रभावकारी र बलियो हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।”

UNNCC ले नयाँ नेतृत्वको कार्यकालमा NCFN ले नेपाली चर्च समुदायको साझा आवाजलाई अझ प्रभावकारी रूपमा अघि बढाउने तथा चर्चहरूबीचको एकता, सहकार्य र समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

UNNCC ले नवनिर्वाचित नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली चर्चको एकता, सुदृढता र साझा सेवाको यात्रामा निरन्तर सहकार्य र समर्थन रहने प्रतिबद्धता समेत जनाएको छ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम