single page header banner

आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग

admin admin
बिहिबार, मंसिर 15, 2081
Social buttons loaded
समाचार सारांश
  • परमेश्वरले चाहानुभएकाे आराधना विषयक एकदीने आत्मिक सम्मेलन सम्पन्न भएकाे छ ।
  • थाहा नगरपालिका १२, मकवानपुर स्थित पवीत्र पर्वत उपासना गैरीगाउं मण्डली काे आयाेजनामा सम्पन्न उक्त सम्मेलनमा डुनामीस बाइबल विधालयका निर्देशक तथा चिरपरिचित बाइबल शिक्षक मुकेश तामाङ्गले सिकाउनुभएकाे थियाे ।

परमेश्वरले चाहानुभएकाे आराधना विषयक एकदीने आत्मिक सम्मेलन सम्पन्न भएकाे छ । थाहा नगरपालिका १२, मकवानपुर स्थित पवीत्र पर्वत उपासना गैरीगाउं मण्डली काे आयाेजनामा सम्पन्न उक्त सम्मेलनमा डुनामीस बाइबल विधालयका निर्देशक तथा चिरपरिचित बाइबल शिक्षक मुकेश तामाङ्गले सिकाउनुभएकाे थियाे ।

परमेश्वरले चाहानुभएकाे आराधना भन्ने विषयमा डेढ-डेढ घण्टाकाे दुई वटा सेसनमा सेमिनारलाई विभाजन गरिएकाे थियाे । दुवै सेसनमा शिक्षक तामाङ्गले आराधना के हाे ? आराधना किन गर्ने ? आराधना कहाँ गर्ने ? आराधना कहिले गर्ने ? आराधना कसरी गर्ने ? भन्ने जस्ता प्रश्नहरुकाे गहिराइ पुर्वक व्याख्या र विश्लेषण सहित सिकाउनु भयाे । सिकाउने क्रममा वहाले भन्नुभयाे ” शनिवार चर्चमा हामीले गाउने गित संगीत र प्रशंसा तथा प्रार्थना मात्र आराधना नभएर आराधना परमेश्वर सँग दैनन्दीन संगत गर्नु हो, आराधना हाम्रो जीवनशैली हो त्यसकारण वचन र आत्मा द्वारा गरिएको आराधना नै परमेश्वरले चाहानु भएकाे आराधना हो ।”

आराधनाकाे वुझाइमा भएका कमि कमजाेरीहरु निवारण गर्ने सन्दर्भमा याे सेमीनार अति प्रभाकारी भएकाे र यस्ता प्रकारका सेमिनारहरु निरन्तर गरिरहनुपर्ने अनुभूति गरेकाे सेमीनारका सहभागी तथा मण्डलीका अगुवा राजेश सुनारले वताउनुभयाे ।

करिव १०० जना विश्वासीहरुकाे सहभागीता रहेकाे सेमीनारमा सुरुकाे प्रार्थना पवित्र पर्वत उपासना मण्डलीका मुख्य पास्टर सुर्य दुतराजले गर्नुभएकाे थियाे, मण्डलीका एल्डर साेलाेमन तामाङ्गले सवै सहभागीहरु र काठ्माण्डाै देखि आउनुभएका सम्पुर्ण पाहुनाहरुलाइ स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । मण्डलीका अगुवा इसाहाक ले सेमिनारलाई आैपचारीक रुपमा सञ्चालन गर्नुभएकाे थियाे भने पास्टर सुर्य दुतराजले आउने पाँच वर्ष भित्र १००० जना नयाँ आत्माहरु जीत्ने लक्ष्य मण्डलीले राखेकाे र याे लक्ष हासिल गर्न र मण्डलीलाइ सच्चा आराधककाे रुपमा निर्माण गर्न सेमिनारले ठूलाे मद्दत पुगेकाे भन्दै प्रभावकारी रुपमा सिकाउनु भएकाेमा शिक्षक मुकेश ताकाङ्गलाइ धन्यवाद व्यक्त गर्नुभयाे र अन्तिम प्रार्थना गरेर सेमीनार समापन गर्नुभयाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
प्रभु भोजमा बन्देज  !?
प्रभु भोजमा बन्देज !?
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम