single page header banner

दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन

admin admin
बिहिबार, आश्विन 30, 2079
Social buttons loaded
समाचार सारांश
  • असार १६ काठमाण्डौ ।
  • नेपाल राष्ट्रिय मण्डली परिषद NCFN, नेपाल ख्रीष्टिय समाज NCS र राष्ट्रिय ख्रीष्टियान महाँसघ FNCN को पहलमा आज NCF को केन्द्रीय कार्यालय कुसुन्ती, ललितपुरमा सामाजिक एकता पार्टी र आमुल परिवर्तन मशिहा पार्टीका पदाधिकारीहरूबिच वार्ताको लागि सहजीकरण भेटघाट सम्पन्न भएको छ।

असार १६ काठमाण्डौ । नेपाल राष्ट्रिय मण्डली परिषद NCFN, नेपाल ख्रीष्टिय समाज NCS र राष्ट्रिय ख्रीष्टियान महाँसघ FNCN को पहलमा आज NCF को केन्द्रीय कार्यालय कुसुन्ती, ललितपुरमा सामाजिक एकता पार्टी र आमुल परिवर्तन मशिहा पार्टीका पदाधिकारीहरूबिच वार्ताको लागि सहजीकरण भेटघाट सम्पन्न भएको छ।

भेटघाटमा NCF का अध्यक्ष रेभ हनोक तामाङ, NCS का अध्यक्ष रेभ ओम प्रकाश सुब्बा र NCF महासचिव रेभ शेरबहादुर एसीले “संभव छ” भन्ने मुख्य बिचारमा आधारित भएर दुबै दलका पदाधिकारीहरूलाई एकता वा गठबन्धनको संभावनाहरू खोजी गरी आउने चुनावमा उल्लेख्य परिणाम निकाल्न उत्साह र सुझाव दिनुभएको थियो।

सामाजिक एकता पार्टीको तर्फबाट अध्यक्ष सीबी गहतराज, उपाध्यक्ष प्रेम कार्की, उपाध्यक्ष अष्टमाया लामा, उपाध्यक्ष ख्रीष्टभक्त महर्जन र सहमहासचिव मुरारी प्रसाद पाण्डे सहभागी हुनुहुन्थ्यो भने आमूल परिवर्तन मशिहा पार्टीका तर्फबाट अध्यक्ष भरत गिरी, उपाध्यक्ष डिल्ली चौलागाईं, कोषाध्यक्ष सोम नर्वु शेर्पा, उपमहासचिव पासाङ तामाङ लगायतका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

वार्ता सहजीकरण गर्नको लागि आमूल परिवर्तन मशिह पार्टीको तर्फबाट उपमहासचिव पासाङ तामाङको नेतृत्वमा समिति बनेको जानकारी आएपछि सामाजिक एकता पार्टीले पनि आजै भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकद्वारा सहमहासचिव मुरारी प्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिमा उपमहासचिवद्वय सुभाष न्यौपाने र देबेन्द्र सिं डंगोल रहनुभएको छ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम