single page header banner

समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा

Pramodkhadka Pramodkhadka
शनिबार, श्रावण 26, 2082
Social buttons loaded
समाचार सारांश
  • समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन, किनकि यो विवाह नै होइन, यो विकृति हो, अप्राकृतिक कुरा हो, अनुत्पादक कुरा हो ।
  • यदि हामी चुपलागेर बस्यौँ भने, कान र आँखा छोपेर बस्यौँ भने, यस्तो विकृतिको विरूद्धमा को उठ्ने ।

समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन, किनकि यो विवाह नै होइन, यो विकृति हो, अप्राकृतिक कुरा हो, अनुत्पादक कुरा हो । यदि हामी चुपलागेर बस्यौँ भने, कान र आँखा छोपेर बस्यौँ भने, यस्तो विकृतिको विरूद्धमा को उठ्ने । यो देश बचाउन को खडा हुने ? भन्ने प्रश्न उब्जन्छ । यो प्राकृतिक नियम विरूद्धमा छ । एक सद्धे पुरूषले अर्को सद्धे पुरूषसँग विवाह गर्छु भन्दा, अफ्नो लिङ्ग काटेर स्त्री बन्छु भन्दा कति नसुहाउँदो हुन्छ । यो लज्जाको कुरा हो । कति आमाबुबा अमेरिका गए छोराछोरीसँग बस्न, तर त्यहाँको वातावरण देखेर नेपाल फर्केर आए । अर्का आमाबाबुको छोराले बिहा गरेर बुहारी ल्याउँछ भनेको त अर्को केटो पो बिहे गरेर ल्यायो । कस्तो अवस्था । यस्तो समस्या छाइसकेको छ गृहमन्त्रालयले परिपत्र जारी गरेर सबै पालिकाहरूमा समलिङ्गी विवाह दर्ता गर्दै गर्ने आदेश दिएको छ ।

सडकमा हिँड्दा पनि हामी लाज मान्नुपर्ने अवस्था भएको छ, उनीहरू त लजाउँदैनन् । यो देशलाई समलिङ्गीहरूको केन्द्र बनाउने, बाहिरका स्त्रीहरूले नेपालका स्त्रीहरूसँग विवाह गर्ने, बाहिरका पुरूषहरूले यहाँका पुश्रषहरूसँग विवाह गर्नेभएपछि, यस्तो हुँदैगएपछि उनीहरूले हक पनि माग्नेछन् । हामी सोझासाझा नेपालीहरू तर विदेशीहरू त चलाख हुन्छन् । भोलि हाम्रो राज्य नै हड्पेर हाम्रो धनसम्पत्ति सबै लुटेर लगे भने ? यसरी विदेशीहरूको संख्या हाम्रोभन्दा बढी भएर देश नै कब्जा गर्ने पो हुन् कि भन्ने डर छ । यहाँ सुरक्षाको पनि ख्याल गर्नुपर्नेरहेछ । सन्तान जन्मेन भने त जनशक्तिको पनि अभाव हुनेरहेछ । अहिले केही जवानहरू विदेशमुखी हुँदा, शहर बजारकेन्द्रित हुँदा त गाउँ घरमा झार उम्रेको छ । काम गर्ने मानिस छैनन् । भोलि सन्तानै जन्मिएनन् भने त कस्तो भयावह अवस्था होला ।

यो कुनै धार्मिक समुदाय वा समूहको मात्रै अभियान वा चासो होइन, तर सबैको चिन्ताको विषय हो । कहिले कहिँ मलाई लाग्छ, नेपाल त कतै थाहै नपाइकन धमिराले खाइसकेको गोलो जस्तो त बनिसकेको छैन ? यो धर्म संस्कृति र परिवारको विरूद्धमा छ । यसले त समाज र राष्ट्रकै भविष्यमा संकट ल्याउने सम्भावना म देख्दैछु । यदि समलिङ्गी सम्बन्धलाई विवाह दर्ताको हक दियो भने, भोलि विदेशका नागरिकहरू अएर यहाँ विवाह गरेर नागरिकताको हक खोज्नेछन् । सोझासाझा जनताहरू उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । अन्तराष्ट्रिय परिस्थिति पनि सहज छैन । यहाँ माननीय ज्युहरू हुनुहुन्छ, उच्च अहोदामा हुनुहुन्छ । निर्णायक निकायमा हुनुहुन्छ । यहाँहरूले यस विषयमा ख्याल गरिदिनुभएन भने यसले भयावह परिस्थिति ल्याउनेछ ।

यहाँ पैसा खन्याएर एलजिबिटि ल्याएर यहाँ जनसंख्या कम बनाउने षड्यन्त्र हुनसक्छ । श्रम, कृषि उत्पादनको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुनेछ, सुरक्षाको काम गर्ने जवानहरू हुनेछैनन् । सैन्य सुरक्षा कमजोर हुनेछ । सन्तान नै नजन्माए पछि त हाम्रो वंश नै समाप्त हुन्छ । मेरै छोराहरूको कुरा गर्दा, कतै उनीहरूले केटीसँग विवाह नगरेर दाजुभाइसँग, वा अर्को केटासँग वा टेबल कुर्सीसँग विवाह गर्छु भन्दा यो बाबुको मन कस्तो हुन्छ होला ? यो देशलाई कमजोर बनाएर उनीहरूले जे भन्छन् त्यही गर्नुपर्ने स्थिति जन्मन सक्छ । यदि हामी जुर्मुराएनौँ, तातेनौँ, यसको विरोध गरेनौँ भने देश स्वाहा समेत हुनसक्छ । यो गम्भीर मुद्दालाई माननीय ज्युहरूले संसदमा अवाज उठाउनुहुनेछ भन्ने अनुरोध र अशा राख्दछु ।

यी विचारहरू डा सुन्दर थापा ज्युले समलिङ्गी विवाह जस्तो गम्भीर मामिलामा सांसदहरूसँगका अन्तरक्रिया कार्यक्रमका क्रममा व्यक्त गर्नुभएका विचारहरू हुन् । लामो समयदेखि समाज र राष्ट्रमा सेवकका रूपमा परिचित उहाँ नागरिक सरोकार नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
Fragrance of beauty Shushila Ghimire
Fragrance of beauty Shushila Ghimire
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
बाइबलमा गधा
बाइबलमा गधा
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम