मानव जीवनको मुख्य समस्या के हो ?
- पा.
- प्रवजन शाही, संस्थापक, गुड न्युज नेपाल मानव जीवन सुख र दुःखको मेल हो ।
पा. प्रवजन शाही, संस्थापक, गुड न्युज नेपाल
मानव जीवन सुख र दुःखको मेल हो । यहाँ सुख पनि छ र दुःख पनि । तर हाम्रो जीवनको एउटा मूल समस्या पनि छ । त्यो मूल समस्या भनेको हाम्रो पाप र अधर्म नै हो । हाम्रो पाप र अधर्मका कारणले गर्दा हामीले जीवनमा प्रशस्तताको अनुभव गर्न सकिरहेका छैनौं । बाइबलले बताउँछ कि, ‘सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।’-रोमी ३:२३
हाम्रा दिनभरिका काम, बोलि र व्यवहारलाई विचार गर्ने हो भने हामीले चाल पाइहाल्छौं, कि कतिपय हाम्रा चालचलन र हाम्रा व्यवहार अति नै घिनलाग्दा, पापी र अधर्मले पूर्ण हुन्छन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म हामीले धेरै पाप गरी नै रहेका हुन सक्छौं । पाप सम्बन्धी मानिसको एउटा गलत धारणा के छ भन्दा ठूलै हत्या, हिंसा, चोरी, लुटपाट र व्यभिचार गर्नेले मात्र पाप गरेको हुन्छ । त्यो गलत धारणालाई हामी प्रत्येकले आफ्नो मन मस्तिष्कबाट पूर्णरुपमा हटाउनु जरुरी छ । कतिपटक हामीले कसैलाई बोलिद्वारा होच्याउन पुग्छौं, अरुको मन दुख्ने गरी तीखो शब्दका वाणको प्रयोग गरी हृदयमा प्रहार गछौं, कतिलाई रुवाउँछौं, कतिको विरुद्धमा झुटो कुराहरु बोल्छौं, कतिको पछाडि कुरा काट्ने गछौ, त्यति मात्र होइन हामीले हाँसोमजाक गर्दा पनि पापकै साहारा लिएका हुन्छौं । हाँसीमजाक गर्नु आफैमा पाप होइन, तर हाँसी मजाकको नाममा अर्को व्यक्तिलाई रुवाउनु उसको मन दुखाउनुचाहिँ अवश्य नै पाप हो । यतिमात्र नभै पवित्र शास्त्र बाइबलमा त नराम्रो काम गर्नुमात्रै पाप नभै नराम्रो सोच्नु पनि पाप हो भनिएको छ । यी सबै कामकुराको आडमा हामीले परमेश्वरले सृष्टि गर्नुभएको सुन्दर जीवनमा नै नसुहाउँदा पाप गरिरहेका हुन्छौं, जुनचाही हामी मानव जातिको मुख्य समस्या हो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?







