single page header banner

विश्वास र विश्वासी : बाइबलिय अर्थ

admin admin
बिहिबार, आश्विन 30, 2079
Social buttons loaded
समाचार सारांश
  • पवित्र म.
  • भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो।

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।

पवित्र म. भण्डारी

बाइबलकै परिभाषामा परमेश्वरलाई पत्यार गर्नु र उहामा आफ्नो जीवनको सबै कुराको लागि भरोषा गर्नु विश्वास हो। किनकी यसरी लेखिएको छ 

अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

हिब्रू 11:1‭, ‬6 

हामी नेपाली ख्रीष्टका अनुयायीहरू एक आपसमा ख्रीष्टका विश्वासी भनेर चिनिन्छौं। यसको अर्थ हाम्रो पहिचान नै हामीले गरेको विश्वास हो भन्ने हामीलाई लाग्छ । त्यसो हो भने विश्वास भनेको के हो त? विशेष गरी बाइबलमा विश्वास शब्दले जनाउने अर्थ हामीले बुझ्यौं भने मात्र हामीले विश्वासी हुनु भनेको के हो जान्दछौं।

पुरानो करारमा हिब्रु शब्द Emunah लाई विश्वासको रूपमा उल्था गरिएको छ। Emunah को ठेट अर्थ समर्थन तथा सहायता हुन्छ। विश्वासको सार चाहिं परमेश्वरले मानिसलाई गर्नुहुने सहायता तथा समर्थन हो। त्यसैले विश्वास गर्नु भनेको त्यस नजरले परमेश्वरलाई हेर्दै उहाँमा हाम्रो लागि भएको समर्थन र सहायता देख्नु हो। 

नयाँ करारमा प्रयोग भएको शब्द pisteo विश्वास तथा भरोषा भनेर उल्था गर्न सकिन्छ। र यसको अर्थ पनि परमेश्वरलाई मान्नु र भरोषा गर्नु भन्ने अर्थ समेटिएको पाउँछौं ।

वर्तमान समयमा विचार गर्दा विश्वास गर्नु र भरोषा गर्नु मा फरक देख्न सकिन्छ । म विश्वास गर्छु भन्दा मैले बुझें, र पत्यार गरें भन्ने अर्थ वढि देखिन्छ भने मैले भरोसा गर्छु भन्दा हामीले जसमाथि भरोसा गरेका छौं त्यस व्यक्ति माथि आफ्नो महत्वपूर्ण काम वा पक्षलाई सुम्पेका छौं भन्ने अर्थ लाग्छ। बाइबलमा विश्वासलाई अर्थ लगाउने ग्रीक शब्द Pisteo शब्द भित्रै विश्वास गर्नु र भरोषा गर्नु दुवै अर्थ समेटिएको देखिन्छ।

यसरी बाइबलमा प्रयोग भएको शब्दहरूलाई केलाउँदा हामिलाई यो थाहा हुन्छ कि विश्वास गर्नु भनेको परमेश्वरसँग हाम्रोलागि भएको सहयोग प्रेम र अनुग्रहलाई देख्नु, मान्नु र स्विकार गर्नु भन्ने बुझिन्छ। त्यस्तै विश्वास गर्नु भनेको परमेश्वरलाई चिनेर बुझेर उहाँमा भरोषा राख्नु हो। 

तलका पदहरू ले विश्वासको महत्वलाई उजागार गर्दछन-

येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख। (मर्कूस 11:22 )

“तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर । (यूहन्‍ना 14:1 )

यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ। (प्रेरित 27:25 )

तर इसाई विश्वासमा विश्वास गर्नु नै सबै भन्दा महत्वपूर्ण विषय होइन हामीले के र को माथि के भनेर के को लागि विश्वास गर्छौं त्यसैले हाम्रो विश्वास सहि र गलत ठहर्छ। नयाँकरारमा हामीले परमेश्वरलाई विश्वास गर्नु र्पछ मात्र नभनेर हामीले विश्वस गर्नु पर्ने विषय पनि तोकि दिएको पाइन्छ। जस्तो तलको पदले उल्लेख गर्दछ कि येशू ख्रीष्ट परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भनि विश्वास गर्‍यौं भने मात्र हामीलाई अनन्त जीवन प्राप्त हुन्छ । येशू आफैले आफ्नो परिचय पुनरुत्थान र जीवन आफूमा छ र सो विश्वास गर्नु जरूरी छ भनि वताउनु भएको छ ।

येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌। तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌। (यूहन्‍ना 20:30‭-‬31)

येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?” तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्‍ट, परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” (यूहन्‍ना 11:25‭-‬27)

हाम्रो विश्वासको विषयवस्तु ख्रीष्ट येशू हुनुहुन्छ । येशू ख्रीष्टलाई आफ्नो विश्वासको विषय वस्तु बनाउंदा उहाँको मृत्यु र पुनरुत्थान सहित उहाँ हाम्रो प्रभु भनि स्विकार गर्नु सबै भन्दा महत्वपूर्ण हुन्छ। 

किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। (रोमी 10:9)

यस आधारमा येशू नै हाम्रो विश्वासको आधार हुनुहुन्छ । हामी नेपाली ख्रीष्ट का अनुयायीहरु विश्वासी हौं किन भने हामीले ख्रीष्ट लाई उहाको मृत्यु र पुनरुत्थान दुवैलाई स्विकार गरेका छौं र अनन्तजीवन को लागि उहाँमा नै भरोस गरेका छौं।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम