बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
- बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ ।
- भद्रपुर नगरपालिका वार्ड नं.
बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ ।
भद्रपुर नगरपालिका वार्ड नं. ३, ७, ८ र १० मा बसोबास गर्ने अति बिपन्न वर्गका ३४ घर परिवार निवासीलाई २५ केजीको १ बोरा मुन्सुली चामल, २ किलो मुसुरोको दाल र सन्फ्लावरको १ लिटर खाने तेल बितरण गरेको हो ।
राहत बितरण कार्यक्रमको अध्यक्ष फादर जगतबहादुर वाग्ले हुनुहुन्थ्यो, प्रमुख अतिथि भद्रपुर नगरपालिका उपप्रमुख श्री चन्द्रमाया श्रेष्ठ हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा भद्रपुर नं.पा. वार्ड नं. ८ का वडा अध्यक्ष श्री गौरव सुब्बा, भद्रपुर कार्य पालिका सदस्य श्री मूना खवास र नेकपा माओवादी नगर प्रमुख श्री शिवराज भण्डारी हुनुहुन्थो ।
उपस्थित अतिथिमध्ये कार्यक्रमका अध्यक्ष चर्चका फादर जगतबहादुर वाग्ले, प्रमुख अतिथि उपमेयर चन्द्रमाया श्रेष्ठ र वडा अध्यक्ष गौरव सुब्बाले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
यशैया ५३ अध्याय र नयाँ करार
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा







